समाचार
१९ माघ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै मत–मतान्तर चर्किंदो छ । त्यसैले असार २०७७को डेडलाइन नजिकिँदा पनि संसदबाट अनुमोदन हुने नहुने टुंगो छैन । एमसीसी परियोजना, अमेरिकाले नेपाललाई नियमित गर्ने सहयोगभन्दा भिन्न हो । करिब ५५ अर्ब अनुदान फर्काउने अवस्था आयो भने दुई देशको सम्वन्ध चिसिने मात्र होइन, अमेरिकाको […]
१९ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण आइनसकेको अनलाइनखबरलाई बताए ।
१९ माघ, काठमाडौं । उच्च अदालत पाटनले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने विभिन्न निर्णय झिकाउने आदेश दिएको छ । सरकारले अधिग्रहण गरिसकेको जग्गा व्यक्तिको नाममा फिर्ता दिने २०४७ जेठ १४, जेठ १७, साउन ८ र भदौ ३ गतेको मन्त्रिपरिषदको निर्णय प्रतिलिपिसहित झिकाउन उच्च अदालतले आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चार माध्यमले आफूहरुलाई यो गुट, त्यो गुटको भनेर अपमान गरेको गुनासो गरेका छन् । आइतबार नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पार्टीको कोही पनि नेता व्यक्तिका पिछलग्गु नभएको बताए । फरक विचार आउनु र त्यसमा छलफल […]
१९ माघ, काठमाडौं । भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको एक निजी स्कुलमा अध्ययरत ६ वर्षीया बालिका सुनिता (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, […]
१९ माघ, काठमाडौं । ठमेल ज्याठास्थित एक होटलको फ्ल्याट नै कब्जा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङ्गेको नाम लिएर फ्ल्याट कब्जा गरेको आरोपमा ३० वर्षीय र्याम्बो भनिने कोर्ते गुरुङ र ४५ वर्षीय टाँसी गुरुङ पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार […]
१९ माघ, विराटनगर । एमबीबीएस अध्ययनमा नोबल मेडिकल कलेज विराटनगरले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकले गुनासो गरेका छन् । कलेज प्रशासनले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने बताएपछि आन्दोलित बनेका अभिभावकले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस […]
१९ माघ, काठमाडौं । उखु किसान संघर्ष समिति सर्लाहीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । चिनी उद्योगीहरुबाट किसानको बक्यौता दिलाई दिन सरकार असक्षम रहेको आरोप लगाउँदै किसानहरुले चैत ४ गतेसम्म सबै रकम भुक्तानी नभए काठमाडौंमा रिले अनसन थाल्ने बताएका छन् । सर्लाहीमा शनिबार बसेको किसानहरुको बृहत बैठकले आन्दोलनका कार्यक्रम तय गरेको उखु किसान […]
१९ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताएका छन् । नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिने क्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए । ‘मैले भ्रष्टाचार गर्दिन र गर्न […]
१९, माघ, चितवन । ५० करोड रुपैयाँ रकम उठाउने लक्ष्यसहित चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सवको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २१ विधाका २१ जना ख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरेका थिए । उद्घाटनअघि […]
१९ माघ, विराटनगर । झापा विर्तामोडका २२ वर्षीय अभिषेक कटवालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विराटनगर– १० का २८ वर्षीय विजय कार्की र बुढीगंगा गाउँपालिका–४ बस्ने २२ वर्षीय अर्जुन भण्डारीलाई पक्राउ गरेको हो । मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर […]
१९ माघ, वीरगञ्ज । रिलायन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित प्रदुषित पानीले आसपासका क्षेत्रमा दुर्घन्ध फैलिएको भन्दै विरोध सुरु भएको छ । बाराको कलैया उपमहानगरपालिका २३ श्रीपुर स्थित उद्योगबाट निस्कने पानीले मानव स्थास्थ्य, पशु चौपायामा मात्रै नभएर बालीनालीमा समेत क्षति पुगेको स्थानीयको भनाइ छ । उद्योगबाट निस्केको दुर्घन्धित पानी सिधै नदीमा खसाउँदा आसपासका क्षेत्रमा […]
१९ माघ, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका करिव ३०० नेपालीले उद्दार गर्न आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । तर उनीहरुलाई चीनबाट ल्याएर कहाँ राख्ने भन्ने टुंगो लागेको छैन । यही कारण चार्टर विमानबाट गरिने भनिएको उद्दारसमेत पर धकेलिने देखिएको छ । वुहानबाट फर्काइने विद्यार्थीहरुलाई राख्ने ठाउँको खोजी भइरहेको स्वास्थ्य […]
१९ माघ, काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो […]
१९ माघ, काठमाडौं । सरकारले विद्यालय तहमा शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्य संरचना लागु गर्ने तयारी गरिरहँदा विभिन्न विषयका शिक्षक तथा प्राध्यापकहरुले नयाँ पाठ्य संरचनाको विरोध गरेका छन् । कम्प्युटर विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरु अध्यापनरत शिक्षक तथा प्राध्यापकहरुको संस्था कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले नयाँ पाठ्य संरचनाको विरुद्धमा प्रदेश […]
१९ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म कूल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । तर, ६ महिनासम्म आइपुग्दा मात्र ४ खर्ब ५६ अर्ब १९ करोड रुपैयाँ मात्र संकलन सम्भव भएको छ । यसवर्ष सरकारले राजस्व संकलनमा करिब ३५ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्छ । तर, […]
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा थप ७ जना मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार नेविसंघ तदर्थ समितिमा दुई उपसभापति र ५ महामन्त्री थप गरेका हुन् । आइतबार उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् । त्यस्तै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, […]
१९ माघ, काठमाडौं । ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएका विप्लव समूहका तत्कालीन उपत्यका ब्युरो इञ्चार्ज माइला लामासहित ३ जनालाई छाड्न पाटन उच्च अदालतले आदेश दिएको छ । तर, प्रहरीले तीनै जनालाई पुनः पक्राउ गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि […]
१९ माघ,काठमाडौं । सत्तारुढ नेकपाले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन पार्टीका सबै सदस्यहरुलाई एक दिनको तलब वा एक दिनको आम्दानी बराबरको सहयाग गर्न आग्रह गरेको छ । नेकपाले पार्टीका शुभेच्छुकहरुलाई दिल खोलेर सहयोग गर्न समेत अपिल गरेको छ । मदननगर बल्खुस्थित साबिक नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको ठाउँमा नेकपाको केन्द्रीय कार्यालय भवन बनाउने निर्णय यसअघिनै […]
१९ माघ, सप्तरी । सप्तरीको एक विद्यालयमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाने ६ दर्जनभन्दा बढी बालबालिका बिरामी परेका छन् । जिल्लाको सुरुङ्गा नगरपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हरिपुरमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाँदा ती बालबालिका बिरामी परेको स्थानीय रामनाथ साहले जानकारी दिए । उनले विद्यालयमा निर्माण गरिएको मूर्ती सेलाएपछि बालबालिकालाई श्रीपञ्चमकै दिन […]
१९ माघ, कैलाली । शनिबार कैलालीको अत्तरियामा मृत भेटिएकी युवतीको घटना अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले अत्तरियास्थित खाने पानी ट्याङ्की नजिकै मृत भेटिएकी २३ वर्षीया उर्मिला विष्ट कार्कीका श्रीमान् रमेश कार्कीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमान् सहित नन्द र सासू रहेको जिल्ला प्रहरी कार्यालय […]
from समाचार – Online Khabar https://ift.tt/2u3cqAr
via IFTTT