Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ । केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पदमा […]

नेकपा नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मा अनुशासन आयोगलाई

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको सम्पत्तिको जिम्मा अनुशासन आयोगलाई दिने भएको छ । केन्द्रीय कमिटी बैठकमा नेताहरुले सम्पत्ति छानबिन आयोग गठनको माग गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगले नै सम्पत्ति छानबिन तथा अनुशासन पालना गराउने बताए । सम्पत्ति छानबिनको काम […]

सुनसरी दुर्घटना : मृतकको संख्या ५ पुग्यो

१९ माघ, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

नेकपा बैठकमा अब ओली र प्रचण्डका तस्वीर नराखिने

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् । केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर […]

कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ प्रहरी घाइते

१९ माघ, कैलाली । कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् । शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर चौधरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध पारेका थिए […]

नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । भर्खर प्रतिवेदन पास गरेको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई […]

चीनलाई घेर्ने शब्द राजनीतिक प्रतिवेदनबाट हट्छ : प्रचण्ड

१९ माघ,काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने शब्द फिर्ता लिएका छन् । राजनीतिक प्रतिवेदनमा उल्लेखित सो शब्दप्रति गोकुल बास्कोका, विष्णु रिमाललगायत प्रधानमन्त्री ओली पक्षधर नेताहरुले असहमति जनाउँदै यसले असंलग्न कुटनीतिमा असर गर्ने बताएका थिए । समूह १ का टोली नेता आनन्द पोखरेललगायत धेरै समूहका नेताले […]

नेकपा केन्द्रीय सदस्यलाई बालुवाटारमा प्रधानमन्त्रीले रात्रिभोज दिने

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि प्रचण्डले जवाफ दिएका हुन् । बिभिन्न १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्षको जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै संगठनात्मक प्रतिवेदन […]

युनिभर्सल मेडिकल कलेजको ‘लापरबाही’ले बालिकाको मृत्यु

१९ माघ, बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ८ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआएपछि उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेजपुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि भएन । सिकारु नर्सहरुले ओभरडोज […]

देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ : सभामुख सापकोटा

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाका लागि बधाई तथा शुभकामना कार्यक्रम राखेको थियो । यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य रहेका सापकोटाको प्रशंसा गर्दै केही सांसदले राष्ट्रियतामाथि खतरा देखिन थालेका बेला प्रतिनिधिसभाले राष्ट्रियताको विषयमा गम्भीर नेतृत्व पाएको बताएका थिए । राष्ट्रियतामाथिको खतराका रुपमा सांसदहरुले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी), […]

एमसीसीबारे सुझाव संकलन गर्न नेकपाले बनायो कार्यदल

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप […]

रघुवीर महासेठलाई नेकपा स्थायी कमिटीबाट हटाउन माग

१९ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । केन्द्रीय सदस्य श्रीप्रसाद साहले आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन माग गरेका हुन् । महासेठकै जिल्लावासी धनुषाका नेता साहले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई […]

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाको कार्यसूचीबाट हटाइयो

१९ माघ, काठमाडौं । राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ । विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको विधेयक आइतबारको बैठकबाट पारित गर्ने तयारी थियो । र समिति सभापति पर्शुराम मेघी गुरुङले समितिको प्रतिवेदन प्रस्ताव प्रस्तुत गर्ने र परीक्षाको विषय हटाएर पारित गर्ने योजना थियो । […]

सिराहाको सीमा क्षेत्रमा सुरक्षा पोस्ट राख्न भारतको अवरोध

१९ माघ, वीरगञ्ज ।  सिराहामा भारतीय सीमा सुरक्षा बल-एसएसबी)ले नेपाली भूमिमा सशस्त्र प्रहरीको डिउटी पोष्ट राख्न रोक लगाएको छ । भगवानपुर गाउँपालिका-४ ठाडीस्थित दशगजा नजिकै नेपाली भूमिमा सशस्त्र प्रहरीले बनाउन लागेको बोर्डर आउट पोस्ट (बीओपी) निर्माणमा उनीहरुले अवरोध गरेका हुन् । ९.१ मिटर दशगजा (नो म्यान्स ल्याण्ड)देखि झण्डै २५ मिटरको दुरीमा सशस्त्र प्रहरीले डिउटी पोष्ट […]

बलात्कार आरोप लागेका एसएसपी शौरभ राणाद्वारा आत्मसमर्पण

१९ माघ, काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो […]

होटलमा जम्दै, कर्ममा रम्दै युवराज

१९ माघ, काठमाडौं । एक महापुरुषले भनेका छन्, ‘यदि तपाईं जागिरे हुनुहुन्छ तर अफिस टाइमबारे मात्रै सोच्नुहुन्न भने सफलताले तपाईंलाई अवश्य पछ्याउनेछ ।’ यही भनाइसँग मिल्छ, युवराज श्रेष्ठको जीवन । कुनै समयमा रिसेप्सनिस्टको रुपमा जागिर खाने उनी अहिले काठमाडौंमा तीनवटा होटल चलाएर बसेका छन् । अझै थप्ने योजनामा छन् । होटल व्यवसायीहरुको छाता संगठन होटल […]

चीनबाट उद्धार गरिदिन माग गर्दै ३ सय बढी नेपालीको आवेदन

१९ माघ, काठमाडौं । चीनबाट उद्धार गरिदिन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले बतायो । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हुवे […]

महेन्द्रको शालिक भत्काउन माग ! आर्थिक प्रतिवेदन खोई ?

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा कतिपय केन्द्रीय सदस्यले राजा महेन्द्रको शालिक भत्काउनुपर्नेसम्मको माग गरे । केन्द्रीय नेताका कतिपय सुझावहरु रोचक खालका देखिए भने केही सुझाव गम्भीर प्रकृतिका रहे । कतिपय केन्द्रीय सदस्यले ‘ब्रतबन्धमा फजुल खर्च नगर्ने’ भन्ने आचारसंहिताको बुँदाप्रति व्यंग्य गरे । भौतिकवादी पार्टीले ‘ब्रतबन्ध’बारे आचारसंहिता बनाउन […]

राष्ट्रियसभामा फिटनेस सेन्टरमाथि प्रश्न – मापदण्ड के हो ?

१९ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकमा काठमाडौंमा खोलिएका फिटनेस सेन्टरमाथि प्रश्न उठेको छ । राष्ट्रियसभा सदस्य विमला पौडेल राईले आइतबारको बैठकको विशेष समयमा बोल्दै फिटनेस सेन्टरको मापदण्डमाथि प्रश्न उठाएकी हुन् । ‘यो फिटनेस सेन्टरहरु खोल्ने कसले हो, यसको रजिष्टेशन कहाँ हुन्छ, यसको मापदण्ड के हो ? कर्मचारीले कति पढेको हुनुपर्छ ?’ उनले प्रश्न गरिन् । […]

अध्यक्ष र महासचिवले जवाफ दिनुअघि नेकपा सचिवालय बैठक

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठक समापनअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालयमा छलफलपछि दुवै अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । सचिवालय सदस्यहरु केन्द्रीय कमिटी बैठकका समूहगत छलफलमा […]

सभामुखको बधाई कार्यक्रममा एमसीसीको चर्चा

१९ माघ, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिन कार्यक्रम राखेको थियो । बैठकमा भाग लिँदै सांसदहरुले सभामुख सापकोटालाई बधाई दिँदै एमसीसीको चर्चा गरे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसदले सक्षम नेतृत्व पाएको बताए । नेकपाका सांसद भीम रावलले एमसीसी इन्डो […]



from समाचार – Online Khabar https://ift.tt/2UflVqN
via IFTTT
Powered by Blogger.