समाचार
२३ असार, कञ्चनपुर । सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन […]
२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले […]
२३ असार, काठमाडौं । पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु […]
२३ असार, काठमाडौं । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन […]
२३ असार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । […]
२३ असार, काठमाडौं । सेयर बजारमा प्राथमिक र दोस्रो गरेर २ वटा बजार हुन्छन् । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिनेछ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ । न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि […]
२३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक […]
२२ असार, काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरूबीच विश्वासको कतिसम्म संकट छ भन्ने ज्वलन्त उदाहरण आइतबारको एउटै ‘अफवाह’ पर्याप्त बन्यो । नेकपाभित्र फैलिएको शंकाको डढेलो सोमबार साँझसम्म पनि निभेको छैन । अझै यो शंकाको लपेटोले प्रचण्ड र माधव नेपाल पक्षलाई समेत छोएको छ । आइतबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र […]
२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]
२२ असर, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा दुई जना नयाँ सदस्य मनोनित गरे । वैदेशिक रोजगार विशेषज्ञ सदस्यका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायी नै मनोनित भएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक […]
२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित समय फागुनमै १४औं महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० साउनभित्र अन्तरिम संरचना समायोजन गरी कार्यतालिका बनाएको छ । त्यसपछि बल्ल महाधिवेशन केन्द्रित काम सुरु हुनेछ । तर कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा स्वयं केन्द्रीय सदस्य समेत विश्वस्त […]
२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन लागेको र त्यसमा नेपालका नेताहरू पनि लागेको अभिव्यक्ति दिएको एक हप्तापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भयो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालसँगको यो भेट प्रधानमन्त्री […]
२२ असार, धनगढी । २०७३ फागुन २६ मा कल्भर्ट निर्माणलाई लिएर भएको विवादमा भारतीय पक्षले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास–४ का गोविन्द गौतमको ज्यान गयो । सरकारले उनलाई शहीद घोषणा पनि गरिसकेको छ । तर कञ्चनपुरको सीमा क्षेत्रमा अहिलेसम्म भारतीय पक्षको ‘दादागिरी’ रोकिएको छैन । पछिल्लोपटक भारतीय पक्षले बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा पनि […]
२२ असार, काठमाडौं । सरकारले चरम विवादमा परेको भू–उपग्रह खरिद प्रक्रियालाई निरन्तरता दिने गरी भू–उपग्रह (स्याटेलाइट) नीति– २०७६ ल्याएको छ । नीति नबनाउँदै स्याटेलाइट खरिदमा हतारिएको सरकारले विवादित खरिद प्रक्रियालाई बाटो खोल्ने गरी असार २ गते नीति पारित गरेको हो । सरकारले सन् २०२२ सम्म नेपालको आफ्नै स्याटेलाइट हुने बताउँदै आएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार […]
२२ असार, काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको […]
२२ असार, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृतलाई सर्वोच्च अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय इश्वरबहादुर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक जग्गा […]
२२ असार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोशित बनेका छन् । आफूलाई प्रधानमन्त्री ओलीले ठगेको देउवाको गुनासो छ । आगामी महाधिवेशनका लागि छलफल गर्न सानेपामा जारी नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् । देउवाले बैठकमा दिएको जानकारीअनुसार असार १७ गते प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरुमा गर्ने नियुक्तिबारे […]
२२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश संसदीय दलले पार्टी एकतामा खलल पुग्ने किसिमको कुनै पनि काम नगर्न आग्रह गरेको छ । नेकपामा विवाद चर्कीरहेका बेला नेकपा सुदुरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले विज्ञप्तिमार्फत पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् । पार्टीमा देखिएको पछिल्लो विवादले पार्टी पंक्ति, नेता, कार्यकर्ता र […]
२२ असार, वीरगञ्ज । बाराको फेटामा ११ वर्षअघि भएको शिक्षक हत्याको घटनाका मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठा पक्राउ परेका हुन् । ०६६ वैशाख १७ गते साविकको गाविस फेटा–१ मा नेपाल राष्ट्रिय माविका शिक्षक प्रदीपकुमार तिमिल्सिनाको गोली हानी हत्या भएको थियो । घटनापछि फरार रहेका मुख्य अभियुक्त फेटा घर भई कलैया उपमहानगरपालिका –१८ बस्ने ४४ […]
२२ असार, काठमाडौं । चिकित्सक माथि भएको कुटपिटको विरोधमा रौतहटको गौरमा प्रदर्शन भएको छ । सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालले झापाको विर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि भएको कुटपिटको विरोधमा प्रदर्शन गरेको हो । अस्पतालमा उपचार गराउन आएका बिरामीका आफन्तलाई मास्क लगाउन र होहल्ला नगर्न अनुरोध गर्दा उनीहरुले उल्टै डा. झामाथि असार ११ गते […]
२२ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक पटक लकडाउन अवधीको शुल्क नउठाउन निर्देशन दिँदै आएको छ । अनलाइन कक्षा सुरु गर्दा निजी विद्यालयहरूले पनि विद्यार्थीलाई व्यस्त राख्न मात्रै कक्षा सञ्चालन गरिएको र शुल्क नलिने बताएका थिए । तर जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले भने सरकारको निर्देशन विपरीत लकडाउन अवधी र अनलाइन कक्षाको शुल्क […]
from समाचार – Online Khabar https://ift.tt/2ZGIoOF
via IFTTT






















