समाचार
१० साउन, गोरखा । पहिरोका कारण थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडास्थित नौली खोलाको बहाव खुल्न थालेको छ । स्थानीय बिरवल गुरुङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो । ‘गएराति ११ बजेबाट खोला थुनिएर ताल भएको थियो,’ उनले भने, ‘केहीबेर अघिबाट मात्र बग्न थालेको होे ।’ मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए […]
१० साउन, काठमाडौं । गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए । सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य […]
१० साउन, काठमाडौं । बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय गैर सरकारी संस्था युनिसेफले बाढी प्रभावित नेपालसहित दक्षिण एसियाली देशका ४० लाखभन्दा बढी बालबालिकालाई तत्काल सहयोग आवश्यक रहेको बताएको छ । खासगरी नेपाल, बंगलादेश, भारत र भुटानमा विगत केही हप्तादेखिको अविरल वर्षाको कारण आएको बाढी तथा पहिरोबाट दशौं लाख बालबालिकाका साथै उनीहरूका परिवारहरू पनि प्रभावित भएको युनिसेफले […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई एक नम्बर बनाउने उद्घोष गर्दै आइरहेका छन् । बेरुजु, बजेट खर्च र कार्यसम्पादनको हिसाबले त्यस्तो देखिँदैन । देशमा कोरोना भित्रिएसँगै अग्रगामी निर्णयहरु गरेको र कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारमा प्रभावकारी भूमिका खेलेको गण्डकी प्रदेश सरकारको दाबी छ । सरकारले कोरोना कहरकै बीच ल्याएको नीति तथा कार्यक्रम र बजेट, कोरोना […]
६ अक्टोबर २०१९, बिहान साढे नौ बजे हाम्रो बस भर्सेलिज प्यालेस अगाडिको बस स्टेन्डमा रोकियो । बाहिर सिमसिम पानी परिरहेको थियो । पानीका कारण भर्सेलिजको घुमाइ प्रभावित हुन्छ कि भन्ने भयले मन थोरै चाउरिएको थियो । छाता निकालेर सबै ओर्लियौं । बिहानै स्टेन्डमा बसहरू खचाखच भइसकेको थियो । गेटबाहिर मान्छेहरू छाता र एफिल टावरका सोभेनियर […]
१० साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय विरबल गुरुङले बताए । ‘हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो,’ उनले भने, ‘माथि डाँडाबाट खसेको पहिरो गएर खोलामा थुप्रियो, राति दश बजेतिर लापु गाउँको मापु भन्ने […]
१० साउन, सप्तरी । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ । विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार […]
१० साउन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा केही समय यता विवाद बढ्न थालेको छ । साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारणसभा एवं पदाधिकारीहरुको चुनाव स्थगित भएपछि महासंघभित्रको विवादले थप उग्ररुप लिएको छ । चैत २८ भन्दा अगाडि नै गर्नुपर्ने महासंघको साधारणसभा जेठ दोस्रो साता हुँदै साउन […]
१० साउन, काठमाडौं । श्रीमती हत्यामा दोषी ठहर भएका रञ्जनकुमार कोइरालासम्बन्धी सर्वोच्चको फैसलामा सरकारले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ‘नैतिक संकट’मा परेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्ने आवाजसम्म उठ्न थालेको छ । सडक प्रदर्शनदेखि पूर्वप्रधानमन्त्री समेतले महाअभियोग लगाउनुपर्ने बताएका छन् । न्यायपालिकाको कार्यसम्पादनमा कार्यपालिकाले प्रश्न उठाएकाले मात्रै उनीमाथि यो संकट आइलागेको […]
१० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरको इमरजेन्सी वार्ड अगाडि एम्बुलेन्समै ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरका ठूला अस्पतालको लापरबाहीका कारण उपचार नपाएर एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना भाइरसको संक्रमणको आशंका गर्दै विराटनगरको नोबेल र कोशी अस्पतालले […]
१० साउन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत दमौली-डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग […]
१० साउन, गुल्मी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रविधिका कारण बीउ उत्पादनतर्फ आकर्षित भएका हुन् । जिल्लाको इस्मा गाउँपालिकाको चौरासी, मदानेको पुर्कोट […]
१० साउन, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले गरेका राम्रा कामको परिणाम जनताले देख्ने र महसुस गर्नेगरी देखिन थालेको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन, भैंसेपाटीस्थित मन्त्री निवास, मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शुक्रबार अवलोकन गरेपछि मानन्धरले आगामी वर्ष नेपालको […]
१० साउन, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । […]
१० साउन, वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख […]
१० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले […]
१० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा […]
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु […]
९ साउन, काठमाडौं । गत बुधबार राष्ट्रपतिको सचिवालयका स्वकीय उपसचिव हिरामणि आचार्यको फोन आयो, ‘शुक्रबार दिउँसो २ बजे मूलधारका १८/२० जना सम्पादकज्यूहरुसँग सम्मानीय राष्ट्रपतिज्यूले चिया खाँदै भेटघाट गर्ने कार्यक्रम बनेको छ ।’ राष्ट्रपतिले यसरी सम्पादकहरुलाई बोलाइसकेपछि त्यहाँ पक्कै पनि राष्ट्रका मूलभूत समस्याहरुबारे गम्भीर कुराकानी हुन्छ र राष्ट्राध्यक्षका विचार एवं अनुभूतिहरु आम पाठकसमक्ष पस्कन पाइन्छ भनेर […]
९ साउन, सप्तरी । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो । तर, २ साउनमा सप्तरीका ७२ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि […]
९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए । […]
from समाचार – Online Khabar https://ift.tt/2WVm7vR
via IFTTT