Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतको सहयोगमा इलाममा नवनिर्मित गुरुकुल भवनको उद्घाटन

२२ असार, काठमाडौं । भारतको आर्थिक सहयोगमा इलामको बारबोटेमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको भवन निर्माण भएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ३ करोड ११ लाख ३० हजार रुपैयाँको लगानीमा विद्यालयको चार तले भवन निर्माण भएको हो । भारतीय दूतावास र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले भिडियो कन्फरेन्समार्फत नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको […]

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि, हटाउने सहमति

२२ असार, रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ । नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा […]

फलफूलजन्य पेय पदार्थहरूको मापदण्ड निर्धारण

२२ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ । फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको जानकारी विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दिए । उनका अनुसार, फलफूल नेक्टर (फ्रुट नेक्टर) को पनि नयाँ मापदण्ड स्वीकृत गरिएको छ […]

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

२२ असार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । […]

बाघको छालासहित एक जना पक्राउ

२२ असार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई […]

अपराध महाशाखा वानेश्वर सर्‍यो

२२ असार, काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट वानेश्वर सरेको छ । नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय वानेश्वरमा सरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि वानेश्वरमा घर भाडामा लिइएको अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘वानेश्वरमा रहेको नेपाल कमर्स […]

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल […]

कोभिड १९ ले धर्मराए ‘स्टार्ट अप’ व्यवसाय

२२ असार, काठमाडौं । उडुस, साङ्ला, मुसा, झिङ्गा, लामखुट्टेलगायतका जीवाणु नियन्त्रणका लागि नेपालमा पहिलो पटक व्यावसायिक काम थालेको कम्पनी हो, अरेन्ज बल प्रालि । विद्यानन्द झासहितका युवाहरू मिलेर पाँच वर्षअघि स्थापना भएको यो व्यवसाय यतिबेला कोभिड-१९ को असरले थला परेको छ । ७० प्रतिशत कारोबार हुने होटल-रेस्टुरेन्ट बन्द हुँदा व्यवसाय चौपट भएको कम्पनीका संस्थापकमध्येका एक […]

साढे २२ केजी चरेससहित दुई जना पक्राउ

२२ असार, बुटवल । रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा गुल्मीको मदाने गाउँपालिका-७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई […]

नि:शुल्क डायलासिस नपाएर भौतारिँदै श्रवण

२२ असार, काठमाडौं । २० वर्षे उर्जाशील उमेरमा मिर्गौला फेल भएपछि बागलुङका श्रवणकुमार सुनारलाई बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ । स्नातक तहको पढाइ छाडेका उनी अहिले डायलासिसका लागि छट्पटाइरहेका छन् । उपचारकै लागि पाँच महिनाअघि काठमाडौं छिरेका हुन्, श्रवण । सुरुमा नि:शुल्क डायलासिस गराए पनि लकडाउनपछि उनले निकै हण्डर खानु परेको छ । […]

उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, को-को छन् नेतृत्वको दौडमा ?

२१ असार, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय […]

ओली-प्रचण्डबीच एक्लाएक्लै छलफल

२२ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ। यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरूसहित वार्ता गरेका ओली र प्रचण्ड सोमबार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी […]

भिटामिन ए खुवाउँदा मास्क र भाइजर (फोटो फिचर)

२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । सोमबार खान छुटेकालाई मंगलबार खुवाइनेछ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो […]

धनुषाकी ११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि

२२ असार, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या […]

विकास दुवे नेपालमा लुकेको शिवसेनाको दाबी

२२ असार, काठमाडौं । भारतको शिवसेना पार्टीले फरार अभियुक्त विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको छ । अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिका दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनीसमेत दिएको छ । उत्तर प्रदेशको भारतीय जनता पार्टीको आलोचना गर्ने क्रममा सोमबार शिवसेनाले यस्तो बताएको हो । […]

कुलमान घिसिङलाई पितृशोक

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो । ९८ वर्षका घिसिङ राति शौचालयमा जाँदा बेहोस भएका थिए । मेडिकेयर अस्पतालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना […]

तीन तहकै सरकारले आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गर्न नपाउने

२१ असार, काठमाडौं । सरकारलाई प्रशासनिक खर्चसमेत धान्न धौ-धौ परेपछि चालु आर्थिक वर्षमा सरकारले करिब २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । यस वर्ष यसरी उठेकै आन्तरिक ऋणबाट सरकारले आफ्नो प्रशासनिक खर्च समेत धान्दैछ । तर आगामी आर्थिक वर्ष २०७७/७८ मा भने तीनवटै तह (संघ, प्रदेश र स्थानीय)का सरकारले उठाउने आन्तरिक ऋण साधारण प्रकृतिका र […]

खोइ कोरोना परीक्षणको रिपोर्ट ? हरायो !

२२ असार, डोटी । जोरायल गाउँपालिकाले जेठ १९ गते क्वारेन्टिनमा बसेका नौ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालामा पठायो । १० दिनपछि सात जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई १४ दिन क्वारेन्टिनमा राखेपछि थप एक साता होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइयो । बाँकी तीन जनाको त्यसबेलासम्म पनि रिपोर्ट आएन । […]

श्रममन्त्रीले वैदेशिक रोजगार बोर्डमा ल्याए म्यानपावर र मेडिकल व्यवसायी

२२ असार, काठमाडौं । श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरूको हितका लागि काम गर्नुपर्ने वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायीहरू नै मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई विज्ञका रूपमा […]

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने

२२ असार, काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन […]

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना पुष्टि

२२ असार, सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद […]



from समाचार – Online Khabar https://ift.tt/3izJJiY
via IFTTT
Powered by Blogger.