समाचार
१० साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ […]
१० साउन, काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा […]
१० साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गरेका छन् । मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले शनिबार बनेपामा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको बताए । कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो […]
१० साउन, काठमाडौं । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका […]
१० साउ, काठमाडौं । वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको […]
१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् । संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् । ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले […]
१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार […]
१० साउन, काठमाडौं । तनहुँ राइपुरका सन्तोष भट्टराई रोजगारीको सिलसिलामा सन् २००३ मा मलेसिया पुगे । त्यतिबेला एड्भेन्चर उनको सपना थिएन, थियो त केवल पैसा कमाउने अभिलासा । सन्तोषले रोलर कोस्टरमा काम पाए । त्यहीँबाट उनलाई एड्भेन्चरको ज्ञान र रुची बढ्यो । केही वर्षको मलेसिया बसाईपछि उनी मकाउ हानिए । भर्खरै एड्भेन्चरको भुत चढेको बेला […]
१० साउन कैलाली । साथी कहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त अवेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोपिल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटियो । पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर छ । तर घटनाको […]
१० साउन, काठमाडौं । २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब ‘इको पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा शनिबार बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास गर्दै […]
१० साउन, काठमाडौं । सरकारले स्थानीय तहहरुलाई कुनै खालको सम्झौता गरेर सोझै कोरियामा कामदार नपठाउन सचेत गरएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार केही स्थानीय तहले सोझै कोरियाका कम्पनीसाग सम्झौता गरेर आफ्ना क्षेत्रका युवालाई कोरिया पठाउन तयारी गरिरहेका थिए । मन्त्रालयले त्यसरी वैध रुपमा कामदार कोरिया पठाउन नसकिने स्मरण गराउँदै सरकारी प्रक्रिया […]
१० साउन, रौतहट । परोहा नगरपालिका-८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र […]
१० साउन, काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिमा भएको विवाद सतहमा पुगेको चर्चासँगै नेपाल राष्ट्र बैंकले यो विषयमा चासो दिएको छ । सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच जागिर छोड्ने र छोडाउनेसम्मको विषयले चर्चा पाएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको […]
१० साउन, वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन वीरगञ्ज बजार क्षेत्र सुनसान छ । जरुरी कामले हिँडेका सर्वसाधरण बाहेक सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिएका छन् । भित्रि गल्लीहरुमा भने पसल व्यवसाय खुलेका छन् भने मानिसहरुको चहलपहल पनि देखिएको छ । […]
काठमाडौं । नयाँ राष्ट्रिय सुरक्षा कानुनलाई लिएर बेलायतले गत मंगलबार हङकङसँग भएको सुपुर्दगी सन्धि अनिश्चितकालका लागि निलम्बन गर्ने घोषणा गरेको थियो । र, हङकङको मुद्दाले चीन र बेलायतको सम्बन्धमा धेरै परिवर्तन भइरहेको देखिन्छ छ । यसअघि दुई मुलुकको सम्बन्ध यस्तो थएन । पछिल्लो दुई दशकमा मात्र दुई मुलुकको आर्थिक सम्बन्ध उल्लेख्य विस्तार भएको छ । […]
१० साउन, काठमाडौं । ‘टोटल एरोटिक आर्च रिप्लेसमेन्ट’ मुटुको अत्यन्तै जटिल शल्यक्रिया हो । विश्वमा यस्तो शल्यक्रिया गर्ने डाक्टरको संख्या औंलामा अटाउने छ । तीमध्येका एक हुन्- प्रोफेसर डा. मेड. मलखलाल श्रेष्ठ । उनी मुटु, कलेजो, फोक्सो र मिर्गौला प्रत्यारोपणका लागि विश्वप्रसिद्ध जर्मनीको हनोभर मेडिकल स्कुल -युनिभर्सिटी)को एरोटिक सर्जरी विभागका निर्देशक र कार्डियोथोरासिक ट्रान्सप्लान्ट एण्ड […]
१० साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब पुर्याउने निर्णय गरी तालुक मन्त्रालयमा सिफारिस गरेको हो । अब यो सिफारिसलाई मन्त्रालयले रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालय लैजानेछ । त्यसपछि मन्त्रिपरिषद् जानेछ । मन्त्रिपरिषद्बाट […]
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शनिबार दिउँसो १२ बजेर ५२ मिनेटको शुभसाइतमा पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो ।त्यसक्रममा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन […]
१० साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आइतबार पेशीमा चढ्ने सर्वोच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब […]
१० साउन, गोरखा । पहिरोका कारण थुनिएको गोरखाको धार्चे गाउँपालिका–७ लापुको मापुडाँडास्थित नौली खोलाको बहाव खुल्न थालेको छ । स्थानीय बिरवल गुरुङका अनुसार करिव दश बजेबाट खोला बग्न थालेको हो । ‘गएराति ११ बजेबाट खोला थुनिएर ताल भएको थियो,’ उनले भने, ‘केहीबेर अघिबाट मात्र बग्न थालेको होे ।’ मापुडाँडाको पहिरो झर्न भने नरोकिएको उनले बताए […]
१० साउन, काठमाडौं । गत मार्चमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) संक्रमणको ‘उच्च जोखिम समूह’ घोषणा गर्दै सचेत रहन आग्रह गरेको थियो । जसमा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिस पनि कोरोनाको जोखिम समूहमा थिए । सुर्तीजन्य सेवन प्रयोग गर्ने मानिसहरुलाई चेतावनी दिँदै डब्ल्यूएचओले भनेको थियो, ‘दीर्घरोगी र ६० वर्ष माथिका मानिस, जस्तै– सुर्तीजन्य […]
from समाचार – Online Khabar https://ift.tt/2EkrJt9
via IFTTT