समाचार
२४ असार, काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो […]
२४ असार, पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ । कोभिड– १९ महामारीपछि पर्यटन क्षेत्र ठप्प छ । देशको प्रमुख पर्यटन केन्द्र मानिएको पोखराका व्यवसायीहरू बैङ्कको किस्ता र ब्याज तिर्ने अवधि नबढे […]
२४ असार, पर्वत । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे । […]
२४ असार, बुटवल । प्रदेश सरकार स्वामित्व लिनबाट पन्छिएपछि रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको लामो कसरतपछि स्थापना भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय हटेको छ । उद्योग वाणिज्य संघ, उद्योग संघलगायत जिल्लाका व्यवसायिक संस्थाहरुको सञ्जालले पहल गरेपछि २०७३ सालदेखि बुटवलमा कार्यालय सञ्चालनमा थियो । संघीयता कार्यान्वयनमा आउनुअघि नै यस क्षेत्रका उद्योगी व्यवसायीहरुले पहल गरी स्थापना भएको […]
२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ । बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको प्रदर्शनमा करिव २०० सहभागी थिए […]
२४ असार, काठमाडौं । नेकपाका युवा नेता ठाकुर गैरे तत्कालीन एमाले हुँदै हालको नेकपाको राजनीतिमा केपी ओलीका स्थायी प्रतिपक्ष हुन् । तर, अहिले ओलीलाई दुवै पदबाट हटाउन खोजिएका बेला गैरे भने यस्तो निर्णय केही नेता मात्रै रहेको कमिटीबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा उभिएका छन् । पछिल्लो समय पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एकताको […]
२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए । भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए […]
२४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]
२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको ६ स्थानमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलाउन समर्थकले सडकमा प्रदर्शन थालेका थिए । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको […]
२४ असार, काठमाडौं । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ […]
२४ असार, काठमाडौं । सरिता गिरीलाई उनी संलग्न समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त कारबाहीको पत्र बुधबार संसद सचिवालयमा पुगेको छ । कानुनी […]
२४ असार, विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २/२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला, ४ जना […]
२४ असार, विराटनगर । मोरङमा प्रहरीले मोटसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका – १० का २० वर्षका निमा तामाङ, बेलबारी नगरपालिका २ का २० वर्षका प्रितीमान भण्डारी र २२ वर्षका अभिषेक कट्टेल छन् । मोटरसाइकलको दाम २० हजार इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका निमाले […]
२४ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणका क्रममा सिराहामा २ जना, सप्तरीमा २ जना र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सिराहाको नवराजपुर नगरपालिका– ५ का २ जना, सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर […]
२४ असार, विराटनगर । मोरङमा प्रहरीले सामूहिक बलात्कारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले चार महिनाअघि १७ वर्षकी किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा उर्लाबारी नगरपालिका– ५ का ३० वर्षका प्रदीप खतिवडा र २१ वर्षका भेषराज आचार्यलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २७ फगुनमा दिउँसो करिब ३ […]
२४ असार, काठमाडौं । पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ । झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् । दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले […]
२४ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । बुधबार साँझ प्रधानमन्त्री केपी ओलीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको थियो । वीरगञ्जको घण्टाघर अगाडि रहेको विपी उद्यानबाट शुरु भएको प्रदर्शन घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु चोक, आदर्शनगर, घडिअर्वा, माइस्थान हुँदै घण्टाघर चोकमा आएर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी युवाले […]
२४ असार, काठमाडौं । भक्तपुरमा मास्क नलगाई घरबाहिर तथा बजारमा हिँड्ने ४८ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीले जानकारी दिए । गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।
२४ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि […]
२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएको भन्दै तत्काल मूल्य वृद्धि खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ । संघका अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा […]
२४ असार, सप्तरी । जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गर्न खोज्दा अर्काे पक्षले अवरोध गरेका छन् । तत्कालिन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने तयारी गरेका थिए । तर […]
from समाचार – Online Khabar https://ift.tt/38L92tS
via IFTTT






















