समाचार
२५ असार, विराटनगर । विराटनगरको पहिलो ठूलो लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको छ । २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो । लकडाउनका कारण व्यवसाय बन्द भएपछि असार ११ देखि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए । चीनको वुहानमा कोरोनाको संक्रमण फैलिएपछि होटलमा मन्दी सुरु भएको […]
२५ असार, सुर्खेत । सर्पले डसेर दैलेखमा एकजना युवकको मृत्यु भएको छ । नारायण नगरपालिका-२ कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई बुधबार राति २ बजे घरमै सुतिरहेका बेला सर्पले डसेको थियो । उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको बताइएको छ । उनको दैलेख अस्पतालमा उपचार […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]
२५ असार, कैलाली । कैलालीमा हत्या आरोपमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित भागेका छन् । इलाका प्रहरी कार्यालय फल्टुडेबाट बुधबार राति चुरे गाउँपालिका–६ भावरका २३ वर्षका गणेशबहादुर ऐर भागेका हुन् । उनी हजुरआमाको हत्या आरोपमा पक्राउ परेका थिए । खाना खाने बेला प्रहरीलाई झुक्काएर भागेका उनको खोजी भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम जबराले बताए […]
२५ असार, बुटवल । मर्मत नगरेको विरोधमा रुपन्देहीको तिलोत्तमामा पत्थरडाँडा–तिनाउ सडक खण्डको तीनधुरामा स्थानीयले सडकमा धान रोपाइँ गरेका छन् । खाल्डा परेर बर्षायाममा सडक हिलाम्य भएर आवतजावतमा समस्या परेपछि वडा नंं. १३ र १४ का स्थानीय बासिन्दाले रोपाइँ गरेर विरोध जनाएका हुन् । सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरुबाट सुनुवाई नभएपछि दवाव […]
२५ असार, काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका छन् । चीनका अरु मिडियाको तुलनामा ग्लोबल टाइम्सले अलि बढी आक्रमकता देखाउने गरेको छ । सो पत्रिकामा छापिएका सामग्रीहरुको अनुदित सारसंग्रह हामीले यहाँ प्रस्तुत गरेका छौं, जसबाट भारत […]
१५ असार, काठमाडौं । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष […]
२५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई उद्धारमा जुट्न अपिल गरेका छन् । सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले बिहीबार यस्तो आग्रह गरेका हुन् । ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा […]
२५ असार, वीरगञ्ज । आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ लिएको छ । वीरगञ्जकै १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । स्वास्थ्यकर्मीले लुगा फेर्ने बहानामा आफूलाई […]
२५ असार, काठमाडौं । कोरोना संक्रमित नेपाल वायु सेवा निगमका पाइलट र कर्मचारीहरुले आफूहरुलाई न्युनतम सुविधा पनि नभएको आइसोलेसनमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् । निगमका ४ पाइलटसहितका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुले च्यातिएका बेड, भत्किएका शौचालय प्रयोग गर्न आफूहरु बाध्य भएको बताए । उनीहरुले […]
भौगोलिक बनावटका कारणले प्रदेश नम्बर २ मा जलविद्युत उत्पादनको सम्भावना अत्यन्त न्यून छ । आर्थिक सर्भेक्षण २०७६/७७ अनुसार नेपालमा ग्रिड आबद्ध विद्युत क्षमता १,२३३ मेगावाट भए तापनि विडम्बनाको कुरो यसमा प्रदेश २ को कुनै योगदान छैन । यसरी सम्पूर्ण राष्ट्रको विद्युत उत्पादनमा सबैभन्दा बढी जनघनत्व रहेको प्रदेशको योगदान नदेखिँदा केही समसामयिक प्रश्नहरू उब्जिन्छन् । पाँच […]
२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादे ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’बाट सम्मानित भएका छन् । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवम् कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले खरेल र बादेको निवासमै पुगेर सम्मान गरेका हुन् । उनीहरुलाई सम्मान गर्न नेता सिंह खरेलको निवास नयाँबानेश्वर र बादेको निवास बनेपा पुगेका थिए । खरेल र […]
२५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् । सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]
२५ असार, काठमाडौं । नेपालमा निजी विद्यालयहरुले लकडाउनको अवधिको समेत शुल्क तिर्न भनेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । तर भारतको कालिङपोङमा भने एउटा विद्यालयले यो वर्ष विद्यार्थीसँग बार्षिक शुल्क र चार महिनाको छात्रावास शुल्क नलिने घोषणा छ । कोभिड–१९ महामारीले पारेको प्रभावलाई मध्यनजर राख्दै अभिभावकलाई राहत दिने निर्णय गरिएको सेन्ट अगस्टिन्स स्कूलले जनाएको छ […]
२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]
२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए । प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाैँको संख्यामा […]
२५ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर आफूले बोलेका कुराहरू तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ । भारतीय च्यानल टीभी ९ सँगको अन्तर्वार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न […]
२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न […]
२५ असार, काठमाडौं । लकडाउनका कारण उडान–अवतरणको चाप कम भएर मिलेको फुर्सदमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माण, स्तरोन्नति तथा विस्तारले तिब्रता पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउन अगाडि शुरु भएका केही परियोजनाको काम पूरा गर्न पर्याप्त समय लकडाउनले दिएको छ । लकडाउन शुरु हुनुभन्दाअघिको तुलनामा विमानस्थलको धावनमार्ग ३ सय […]
२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ । सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन । भारतीय मिडियाका लागि तीन […]
from समाचार – Online Khabar https://ift.tt/38DQSKx
via IFTTT






















