समाचार
२५ असार, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले परीक्षार्थीलाई क्वारेन्टिनमा राखेर र कोरोना संक्रमण परीक्षण गराएर पोस्ट ग्र्याजुएटको अन्तिम परीक्षा सञ्चालन गर्ने भएको छ । आईओएमको परीक्षा नियन्त्रण महाशाखाले बिहीबार परीक्षामा सहभागी हुने विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न […]
२३ असार, काठमाडौं । सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार २३ मा बसेको मन्त्रिपरिषद् बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन समेत वार्ता टोली गठन गरेको छ । सरकारले स्वीकार गरेको कुल वैदेशिक ऋणमध्ये विश्व बैङ्कबाट ७२ अर्ब लिन लागिएको हो । जसमा रणनीतिक सडक सुधार आयोजना […]
२४ असार, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको […]
२५ असार, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले कोरोना भाइरसको सःशुल्क परीक्षण सुरु गरेको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले सःशुल्क पीसीआर परीक्षण गर्ने जानकारी गराएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन कुमार उपाध्यायद्वारा जारी सूचनामा प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख छ । […]
२५ असार, काठमाडौं । पर्साको ठोरीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यरातमा गाउँ छिरेको हात्तीले ठोरी गाउँपालिका–३ शिकारीबास क्षेत्रमा आतंक मच्चाएको हो । हात्तीले बुधबार राति स्थानीय शम्भु चौधरी र पल्टन चौधरीको घर भत्काउनुका साथै खाना पकाउने भाँडाकुँडा कुल्चिएर क्षति गरेको स्थानीय राजेन्द्र चौधरीले जानकारी दिए । हात्तीले घरमा […]
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ […]
२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन् । बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सारेका मानवतावादी विचार र […]
२५ असार, काठमाडौं । चितवनको नारायणगढ बजारमा रहेको औषधिको एक होलसेल पसलमा आगलागी भएको छ । शहिदचाेकस्थित हिमालयन बैङ्क पछाडि रहेकाे मेडिमिक्स इन्टरप्राइजेजमा बिहीबार आगलागी भएको हो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले भने, ‘अहिले दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कसरी लाग्यो भन्नेबार अहिले […]
२५ असार, कैलाली । बाजुराको साँफे–मार्तडी सडक खण्ड विगत ३ दिनदेखि अवरुद्ध भएको छ । बाजुराको बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोटद्वारी खण्ड बाढीले बगाउँदा आवतजावत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । ‘पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने […]
२५ असार, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा हुने गरेका प्रदर्शनको काउन्टरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी र युवाले बुटवलमा प्रदेश पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी केन्द्रमा दुई पक्षबीच विवाद चर्किँदै गएर विभाजनको खरता बढेको भन्दै एकताको लागि नेतृत्वलाई दबाब दिन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले बुटवलस्थित प्रदेश कार्यालयमा बिहीबार धर्ना […]
२५ असार, काठमाडौं । सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर शाक्य विरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ र ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता […]
२५ असार, विराटनगर । २०७६ कात्तिक १२ गतेसम्म सुनसरी तरहराका गणेश राईको दैनिकी ठिकठाक थियो । परिवार पाल्ने माध्यम एउटा पसल थियो । छोरा सन्तोषलाई कोरियन भाषा पढाइरहेका थिए । उनी श्रीमती विष्णुलाई पसलमा काम सघाउथे । १२ कात्तिक तिहार परेका कारण उनी घरबाट टेम्पोमा दिदीको घर लेटाङ पुगे । लेटाङबाट घर फर्कदा टेम्पोसँगै लडेका […]
२६ असार, पोखरा । उनी ८ कक्षामा पढ्दै थिइन् । एक दिन आफन्तको जाँदा उनको एक युवकसँग चिनजान भयो । उनी भर्खर १२ वर्ष लागेकी थिइन् तर, २१ वर्षको युवकसँग चिनजानमात्रै भएन, नजिकिइन् । उनीहरुबीच प्रेमसम्बन्ध रह्यो, त्यसबारे गाइँगुईं चल्न थाल्यो । उनीहरुको सम्बन्धबारे दुबैतिरका परिवारले चाल पाए । सानै उमेरमा बनेको सम्बन्धबारे आफन्त र […]
२५, असार, चितवन । भरतपुरमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन गरिएको महायज्ञमा घोषणा गरेको रकम संकलन हुन थालेको छ । हालै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले महायज्ञमा घोषणा गरेको एक करोड रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरे । यसअघि महायज्ञमा संकलन भएको नगद ७ करोड १४ लाख रुपैयाँ मूल समारोह समितिले […]
२५ असार, गुल्मी । गुल्मीमा २६५ जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आइसोलेसनबाट २२१ जना पुरुष र ४४ जना महिला रहेका डिस्चार्ज भएका हुन् । पछिल्लो तथ्याङ्कअनुसार डिढस्चार्ज हुनेहरुमा रेसुङ्गा नगरपालिकाबाट ४९ जना, रुरुक्षेत्र गाउँपालिकाबाट ३०, इस्मा गाउँपालिकाबाट ५७, मालिका गाउँपालिकाबाट १३ जना, चन्ऽकोट गाउँपालिकाबाट २१, मदाने गाउँपालिकाबाट […]
२५ असार, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसाय परिषद्मा आवद्ध नभएका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड १९) को परीक्षणमा खटाइएकोप्रति मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषद्मा दर्ता नभएका स्वास्थ्यकर्मीहरुलाई विभिन्न सरकारी, गैर सरकारी तथा निजी प्रयोगशालाहरुमा काममा लगाइएको पाइएको भन्दै मेलानले आवश्यक छानविन गरी कारबाही गर्न माग समेत गरेको छ […]
२५ असार, काठमाडौं । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए । पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका […]
२७ असार, काठमाडौं । निजी सवारीसाधन भाडामा प्रयोग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका श्यामबहादुर राई र फणिन्द्र पाण्डे छन् । काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अुनसार राईले आफ्नो स्कोरपियो गाडी भाडामा लिएर चर्को रकम लिइरहेको पाइएको थियो भने पाण्डले ग्राहक खोज्न सहयोग गरेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध कानुनी […]
२७ असार, काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पाना बिक्री गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ छन् । काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अनुसार चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध धर्मग्रन्थको बिक्री हुँदै […]
२७ असार, काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई)हुँ भनेर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका कृष्णराम गिरी छन् । काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अनुसार गिरीले अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको भनेर सर्वसाधारणलाई विश्वास दिलाइ १९ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई महागनरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले […]
२५ असार, सुर्खेत । सल्यानमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका –५ झारकाँडाका तिलक थापा रहेका छन् । कुमाख गाउँपालिका–५, नेटाबाट रुकुम चौरजहरी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका–४ सर्सुखोलामा दुर्घटना हुँदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमकान्त जोशीले […]
from समाचार – Online Khabar https://ift.tt/2CibSKz
via IFTTT






















