Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नदीहरूमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

२५ असार, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ । बिहीबार भने झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा,  महोत्तरी, सर्लाही र आसपास […]

अति भो भारतीय मिडियाको हर्कत !

२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ । सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन । भारतीय मिडियाका लागि तीन […]

सिन्धुपाल्चोकमा बाढीको बितण्डा, कम्तिमा १६ जना बेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए । बाह्रबिसे नगरपालिकाका मेयर […]

देउवाले भने- बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस्

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर […]

खोटाङमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन थाल्ने तयारी

२५ असार, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा […]

निवर्तमान आईजीपीले भने – सधैँ थकथकी लागि रहनेछ

२५ असार, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महामारीका कारण सबै योजना थाँती राख्नु परेकोमा सधैँ थकथकी लागि रहने बताएका छन् । प्रहरीमा सेवाको अन्तिम दिन बुधबार धन्यवाद सन्देश जारी गर्दै उनले संगठनको हितमा पाइला चाल्न नपाउँदै कोभिड–१९ (कोरोना) भाइरसको महामारीले गाँजेका कारण सबै योजना रोकिएको बताएका हुन् । यद्यपि, विषम परिस्थितिमा राष्ट्रले सुम्पिएको […]

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

२५ असार, कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो । बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको […]

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

२५ असार, काठमाडौं । बिभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ । कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको […]

वर्षाका कारण सीमास्तम्भ ढल्यो

२४ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।” बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला […]

ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गए हार्वर्ड र एमआईटी विश्वविद्यालय

२५ असार, काठमाडौं । अनलाइन कक्षा लिने विदेशी विद्यार्थीहरुलाई उनीहरुकै देश फर्काउने अमेरिकी सरकारको निर्णयविरुद्ध हार्वर्ड र एमआईटी विश्वविद्यालय अदालत गएका छन् । अमेरिकी सरकारले इमिग्रेसनसम्बन्धी नयाँ नियम बनाएपछि विदेशका हजारौं विद्यार्थीहरुले अमेरिका छोड्नु पर्ने भएको छ । त्यसैले अमेरिकाका दुई प्रतिष्ठित विश्वविद्यालयहरुले सरकारविरुद्ध कानुनी लडाइँको बाटो रोजेका हुन् । ट्रम्प प्रशासनले हालै अमेरिकामा बसेर […]

‘सुरमा भोपाली’ नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन

२५ असार, काठमाडौं । सुरमा भोपाली नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् […]

डिसहोमको कथा : टक्करले जन्मियो, ठक्करले दरियो

२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्‍यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए । भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए […]

प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन किन रोक्नु ? बहुमतले कारबाही गर्नुस्

२४ असार, काठमाडौं । आन्तरिक विवाद समाधानको प्रयासमा  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि ‘वान अन वान’ वार्ता हुँदै आएको छ । तर बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड […]

बैंकको किस्ता तिर्न सकिएन हजुर, १५५ बसको चाबी लिनोस् !

२४ असार, पोखरा । पोखराका ८ निजी संस्थाले कोरोनाका कारण थला पारेको बताउँदै सरकारले राहत प्याकेज नल्याए बैंकमा तालाचाबी बुझाउने ३१ वैशाखमा चेतावनी दिएका थिए । तर, असार मसान्त नजिकिँदै जाँदा बैंकहरुले किस्ता र ब्याज बुझाउन ताकेता गर्न थाले । लकडाउन बिस्तारै खुकुलो हुँदै गएर अन्य क्षेत्र खुल्दै जान थाले पनि सरकारले ठोस निर्णय गर्न […]

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

२४ असार, काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो […]

पोखराका पर्यटन व्यवसायी भन्छन् : दुई वर्ष किस्ता तिर्न सक्दैनौं

२४ असार, पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ । कोभिड– १९ महामारीपछि पर्यटन क्षेत्र ठप्प छ । देशको प्रमुख पर्यटन केन्द्र मानिएको पोखराका व्यवसायीहरू बैङ्कको किस्ता र ब्याज तिर्ने अवधि नबढे […]

पहिरोले लग्यो विकासको खुसी, श्रीमती र छोराछोरीको मुख देख्न पाएनन्

२४ असार, पर्वत । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे । […]

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान रुपन्देहीबाट हट्ने निश्चित

२४ असार, बुटवल । प्रदेश सरकार स्वामित्व लिनबाट पन्छिएपछि रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको लामो कसरतपछि स्थापना भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय हटेको छ । उद्योग वाणिज्य संघ, उद्योग संघलगायत जिल्लाका व्यवसायिक संस्थाहरुको सञ्जालले पहल गरेपछि २०७३ सालदेखि बुटवलमा कार्यालय सञ्चालनमा थियो । संघीयता कार्यान्वयनमा आउनुअघि नै यस क्षेत्रका उद्योगी व्यवसायीहरुले पहल गरी स्थापना भएको […]

प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ । बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको प्रदर्शनमा करिव २०० सहभागी थिए […]

भक्तपुरमा कोरोना : संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन

२४ असार, काठमाडौं । वैशाख ३० गते भक्तपुरमा दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । २५ वर्षीया महिला र २७ वर्षीय पुरुष नै भक्तपुर जिल्लामा भेटिएका पहिलो संक्रमित थिए । आज असार २४ सम्म आइपुग्दा  भक्तपुरमा संक्रमितको सख्ंया ४५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४५ मध्ये ३० जना संक्रमित भक्तपुरका […]

‘लेनदेनले निकास दिँदैन, केन्द्रीय कमिटीको बैठक चाहियो’

२४ असार, काठमाडौं । नेकपाका युवा नेता ठाकुर गैरे तत्कालीन एमाले हुँदै हालको नेकपाको राजनीतिमा केपी ओलीका स्थायी प्रतिपक्ष हुन् । तर, अहिले ओलीलाई दुवै पदबाट हटाउन खोजिएका बेला गैरे भने यस्तो निर्णय केही नेता मात्रै रहेको कमिटीबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा उभिएका छन् । पछिल्लो समय पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एकताको […]



from समाचार – Online Khabar https://ift.tt/3gF36VP
via IFTTT
Powered by Blogger.