समाचार
२४ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा […]
२४ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य […]
२३ असार, काठमाडौं । गत ३ चैतमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव आयो- मासिक ३० लाख भाडा तिर्नेगरी कमलादीस्थित काठमाडौं प्लाजामा महानगरका कार्यालयहरू राख्नुपर्यो ।’ प्रस्तावमा विभिन्न ठाउँमा छरिएर सेवा दिँदा सेवाग्राहीलाई सास्ती भएको र सबैतिरको जोड्दा अहिले पनि ३० लाख बारबरै घरभाडा खर्च भइरहेको तर्क पेश भएको थियो । प्लाजाको आधा भाग र जमिन […]
२३ असार, काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण […]
२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने लिखित सहमति गरेको छ । आरडीटी परीक्षण बन्द गर्न माग गर्दै १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग १२ बुँदे सहमति गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी बन्द […]
२३ असार, काठमाडौं । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए […]
२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]
२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले ‘समीक्षा बैठक’ गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र […]
२३ असार, विराटनगर । प्रदेश १ सरकारले प्रदेशमा ११ हजार प्रहरी दरबन्दी रहने गरी प्रदेश प्रहरी विधेयक संसदमा पेस गरेको छ । सरकारले पेस गरेको विधेयकमा अतिरिक्त दुईवटा वरिष्ठ पद रहने प्रस्ताव गरिएको छ । संघबाट समायोजन भएर आउने प्रहरीका लागि प्रहरी वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक पद थप गर्ने प्रस्ताव गरिएको छ […]
२३ असार, काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अत्यधिक देखिएको छ । बैंकहरुमा यतिबेला १ खर्ब ३१ अर्ब ६४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो चालु आर्थिक वर्षको सबैभन्दा धेरै भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्बको हाराहारीमा रहेको […]
२३ असार, बुटवल । रुपन्देहीका उद्योगीहरुले कोरोना महामारीपछिको आर्थिक संकटबाट उद्योगी–व्यवसायीलाई राहत दिन पुनःकर्जा कोष दुई खर्ब रुपैयाँको बनाउन माग गरेका छन् । तीन महिनासम्म उद्योग–व्यवसाय पूर्णरुपमा बन्द हुँदा थला परेका उद्योग–व्यवसायलाई पुर्ववत् सञ्चालनमा ल्याउन कम्तीमा दुई खर्ब रुपैयाँको पुनःकर्जा कोष चाहिनेरुपन्देही उद्योग संघको माग छ । सरकारले घोषणा गरेको सय अर्ब (एक खर्ब) रुपैयाको […]
२३ असार, पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् । ‘कोरोना रोकथाम, नियन्त्रण र […]
२३ असार, काठमाडौं । सरकारले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको दावी गरेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले संक्रमितमध्ये ८७ प्रतिशत पुरुष हुनु र १५ देखि ५४ वर्षका व्यक्ति हुनुले पनि केसहरु आयातीत नै भएको देखिने दावी गरे । ‘यदि समुदायमा गएको भए महिला–पुरुष समान रुपमा हुनुपर्थ्यो, […]
२३ असार, काठमाडौं । ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । ८/१० जनाको समूहले प्रदर्शन गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । प्रदर्शनमा सहभागीहरुले राजदूत यान्छीको तस्वीर र ‘गो ब्याक चाइना’ भन्ने प्ले कार्ड बोकेका थिए […]
२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए । […]
२३ असार, विराटनगर । प्रदेश १ मा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
२३ असार, काठमाडौं । सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको […]
२३ असार, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला […]
२३ असार, काठमाडौं । गत शनिबार प्रहरीले धान रोपाइँ बिथोलेको विरोधमा खोकनावासीले ललितपुर महानगरपालिकाको २१ नम्बर वडा कार्यालयमा ताला लगाएका छन् । जनसरोकार समिति, खोकनाले मंगलबार कार्यालयमा तालाबन्दी गरेको हो । वडाध्यक्षले प्रशासन समक्ष बाँकी क्षेत्रमा धान नरोप्ने सहमति गरेको र धान रोप्न गएकाहरूमाथि प्रहरीले दमन गरेको विरोधमा लगाइएको जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले बताए […]
२३ असार, काठमाडौं । बैङ्किङ कसुरका एक जना फरार अभियुक्तलाई केन्द्रीय कारागार चलान गरिएको छ । जिल्ला अदालत, भक्तपुरबाट दोषी ठहर भएका भुपेन्द्र गुराजुलाई कारागार चलान गरिएको हो । अदालतका तहसिलदार हिरा भुसालले अनलाइनखबरलाई बताएअनुसार ५० लाख जरिवाना र दुई महिना कैद सजाय भुक्तानका लागि उनलाई कारागार पठाइएको हो । महानगरीय प्रहरी परिसर, भक्तपुरले उनलाई […]
२३ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १२ जना र सल्यानका दुईजना रहेको सामाजिक […]
from समाचार – Online Khabar https://ift.tt/2CfcwIV
via IFTTT






















