समाचार
२४ असार, बुटवल । बुटवल र प्युठानमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बुटवल–११ बुद्धनगरस्थित पक्की पुल मुनि पैदल हिँड्दै गर्दा मंगलबार साँझ ७ बजेतिर लडेर नदीमा बगेका अन्दाजी ६० वर्षका पुरुष बुधबार मध्यान्हसम्म फेला नपरेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता व्यक्तिको मंगलबार साँझदेखि रातिसम्म र बुधबार बिहानैदेखि १२ प्रहरीले खोजी गरेपनि […]
२४ असार, कैलाली । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७÷०७७ को बजेट पारित गर्ने रणनीति लिएको छ । बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले कार्यसूची तयार गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । तर प्रतिपक्षी दलको विरोधका […]
२४ असार, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । साथी शैलेश थापा क्षेत्रीलाई सरकारले आईजीपीमा नियुक्त गरेकोमा थापाले खुशी व्यक्त गरेका हुन् । नेपाल प्रहरीको २८ औं महानिरीक्षकको प्रमुख बन्ने दौडमा थापा र पाल थिए । सरकारले मंगलबार थापालाई आईजीपीमा बढुवा […]
२४ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि सात लाख ४२ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार […]
२४ असार, काठमाडौं । जेठसम्म आन्तरिकतर्फ कर संकलनमा समस्या भोगिरहेको सरकारलाई असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । १ असारपछि सरकारले लकडाउन केही खुकुलो पार्यो । त्यसपछि करदाताबाट समेत कर संकलन हुने क्रम बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार २२ असार (सोमबार)सम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भइसकेको छ । यसप्रकार […]
२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उनको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख […]
२४ असार, पर्वत । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे । […]
२४ असार, काठमाडौं । ईपीएस रोजगारी प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्न माग गर्दै उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु…’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी […]
२४ असार, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा […]
२४ असार, बुटवल । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किलोमिटर सडकखण्ड बुधबार (आज) देखि दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म बन्द हुने भएको हो । दिनमा दुईपटक चार–चार घण्टाका दरले ८ घण्टा उक्त सडक खण्डमा […]
२४ असार, काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् । सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति […]
२४ असार, काठमाडौं । नेकपाका युवा नेता ठाकुर गैरे तत्कालीन एमाले हुँदै हालको नेकपाको राजनीतिमा केपी ओलीका स्थायी प्रतिपक्ष हुन् । तर, अहिले ओलीलाई दुवै पदबाट हटाउन खोजिएका बेला गैरे भने यस्तो निर्णय केही नेता मात्रै रहेको कमिटीबाट होइन, केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने पक्षमा उभिएका छन् । पछिल्लो समय पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एकताको […]
२४ असार, काठमाडौं । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ […]
२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । […]
२४ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० मा एक पुरुषको शव भेटिएको छ । मैयादेवी कन्या कलेजको परिसर नजिकै भेटिएको शव भरतपुर–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको रहेको प्रहरीले जनाएको छ । गुरूङको हत्या गरेर बोराभित्र राखेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सोही आशंकाको आधारमा अनुसन्धान भइरहेको चितवनका प्रहरी […]
२४ असार, काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका […]
२४ असार, काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव […]
२३ असार, काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो । तर, कोरोनाको महामारीले गर्दा पर्यटन क्षेत्र नै ठप्प भएपछि यो लगानी संकटमा परेको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय स्तरीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थप […]
२४ असार, चितवन । गत जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविसकोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्यो । ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए […]
२३ असार, काठमाडौं । सरुवा भएर पनि रमाना नलिइ लामाे समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका […]
२४ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मतकार्य बजेट अभाव र बन्दाबन्दीले काम हुन नसकेपछि अधुरो रहन गएको छ । गत वर्ष माथिल्लो गढीको भित्री भागको मर्मतकार्य पूरा भएको र यस वर्ष बाहिरी भागको पर्खाल लगाउने काम तीन खण्डको एक खण्ड मात्र पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पासाङवटी शेर्पाले बताए । आगामी आर्थिक वर्ष २०७७/७८ […]
from समाचार – Online Khabar https://ift.tt/2VWMVLT
via IFTTT






















