Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

श्रीराम सुगरको जग्गा बेच्न अलमल, रहिरह्यो उखु किसानको बक्यौता

२४ असार, काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ । श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ […]

हवाई क्षेत्र सुधारमा एडीबीले नेपाललाई दियो ६ अर्ब ऋण

२५ असार, काठमाडौं । हवाई क्षेत्र सुधार कार्यक्रमका लागि एसियाली विकास बैंक(एडीबी) ले नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच उक्त ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । यो ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक […]

राजदूत आचार्यको अमूर्त प्रतिक्रिया : बोल्नुपर्ने ठाउँमा बोलिएको छ

२६ असार, काठमाडौं । नेपालका विषयमा लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेका भारतीय मिडियामाथि सरकारले एक्सन लिनुपर्ने आवाज देशभित्र उठिरहेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतले यस विषयमा मौनता साँधेको भनेर असन्तुष्टि पनि तीब्र छ । अन्ततः भारतका लागि वयोवृद्ध नेपाली राजदूत निलाम्बर आचार्यले मुख खोलेका छन्, तर अमूर्त ढंगले । उनको छोटो र अमूर्त प्रतिक्रिया ट्विटरमा […]

सरिता गिरीको सांसद पद रिक्त, लिला सिटौलाको भाग्य खुल्यो

२५ असार,काठमाडौं । समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको हो । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले […]

सुनको भाउ अहिलेसम्मकै उच्च

२५ असार, काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी […]

‘एजुकेसन कन्सल्टेन्सीलाई टिक्नै गाह्रो, सरकारी सहयोग चाहियो’

२५ असार, काठमाडौं । विश्वब्यापी कोरोनाको संक्रमण र लकडाउनका एजुकेसन कन्सल्टेन्सीहरु धरासायी बनेका छन् । विद्यार्थीलाई भाषा सिकाउने र विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी र तीनका सञ्चालकहरु अहिले कामविहीन भएका छन् । नेपाल शैक्षिक परामर्श संघका निर्वतमान अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार देशभर करिब ४४ सय एजुकेसन कन्सल्टेन्सी छन् । त्यसमध्ये १४७३ शिक्षा मन्त्रालयमा दर्ता […]

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३० जना डिस्चार्ज

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का ११ जना संक्रमित थपिएका छन् । सर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक/एकजना जाजरकोट र दैलेखका […]

गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको कालीगण्डकी गाउँपालिकामा १ जना र मुसिकोट नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ । २६५ जना निको भएर घर […]

कोरोना महामारीले पर्सामा भाथा मेला प्रभावित

२५ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीले गर्दा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाथामा लाग्ने ‘साउने मेला’ प्रभावित हुने भएको छ । विशेष गरी साउनमा दुग्धेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) मा ठूलो मेला लाग्ने गर्दछ । विगतका वर्षमा साउन सुरु भएसँगै भाथामा मेला सुरु हुने गरेको थियो । नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट समेत हजारौंको संख्यामा […]

भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलासिस

२५ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो । अस्पतालको हेमोडायलासिस युनिट पूरै खाली गराएर उनको बिहीबार उनको मात्रै करिब साढे ३ घण्टा लगाएर डायलासिस गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले जानकारी दिए […]

आईजीपीलाई बधाई दिँदै गृहमन्त्रीले भने– मेरो पूर्ण साथ रहन्छ

२५ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम हुने विश्वास लिएको छु,’ गृहमन्त्रालयमा बिहीबार भएको भेटमा गृहमन्त्री थापाले भने, ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’ ट्राक रेकर्डका आधारमा योग्य देखेर नै जिम्मेवारी दिएको भन्दै गृहमन्त्री […]

२२ वर्षदेखि सञ्चालनमा रहेको विराटनगरको होटल जेनियल बन्द

२५ असार, विराटनगर । विराटनगरको पहिलो ठूलो लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको छ । २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो । लकडाउनका कारण व्यवसाय बन्द भएपछि असार ११ देखि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए । चीनको वुहानमा कोरोनाको संक्रमण फैलिएपछि होटलमा मन्दी सुरु भएको […]

अपडेट : सिन्धुपाल्चोक बाढीका ४ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाढीले बगाएर घाइते भएका चारजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । उद्धार गरी काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।  बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता […]

सर्पले डसेर दैलेखमा युवकको मृत्यु

२५ असार, सुर्खेत । सर्पले डसेर दैलेखमा एकजना युवकको मृत्यु भएको छ । नारायण नगरपालिका-२ कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई बुधबार राति २ बजे घरमै सुतिरहेका बेला सर्पले डसेको थियो । उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको बताइएको छ । उनको दैलेख अस्पतालमा उपचार […]

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने – बकवास बन्द गर

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा […]

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका […]

प्रहरीलाई झुक्याएर हतकडीसहित भागे हत्याका आरोपी

२५ असार, कैलाली । कैलालीमा हत्या आरोपमा पक्राउ परेका एक अभियुक्त हतकडीसहित भागेका छन् । इलाका प्रहरी कार्यालय फल्टुडेबाट बुधबार राति चुरे गाउँपालिका–६ भावरका २३ वर्षका गणेशबहादुर ऐर भागेका हुन् । उनी हजुरआमाको हत्या आरोपमा पक्राउ परेका थिए । खाना खाने बेला प्रहरीलाई झुक्काएर भागेका उनको खोजी भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम जबराले बताए […]

मर्मत नगरेको विरोधमा सडकमा रोपाइँ

२५ असार, बुटवल । मर्मत नगरेको विरोधमा रुपन्देहीको तिलोत्तमामा पत्थरडाँडा–तिनाउ सडक खण्डको तीनधुरामा स्थानीयले सडकमा धान रोपाइँ गरेका छन् । खाल्डा परेर बर्षायाममा सडक हिलाम्य भएर आवतजावतमा समस्या परेपछि वडा नंं. १३ र १४ का स्थानीय बासिन्दाले रोपाइँ गरेर विरोध जनाएका हुन् । सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरुबाट सुनुवाई नभएपछि दवाव […]

चिनियाँ मिडियाको टिप्पणी : भारतको प्रतिवाद गर्ने पहिलो मुलुक नेपाल

२५ असार, काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका छन् । चीनका अरु मिडियाको तुलनामा ग्लोबल टाइम्सले अलि बढी आक्रमकता देखाउने गरेको छ । सो पत्रिकामा छापिएका सामग्रीहरुको अनुदित सारसंग्रह हामीले यहाँ प्रस्तुत गरेका छौं, जसबाट भारत […]

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ११४९ पुग्यो

१५ असार, काठमाडौं । गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष […]

कार्यकर्तालाई उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन

२५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई उद्धारमा जुट्न अपिल गरेका छन् । सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले बिहीबार यस्तो आग्रह गरेका हुन् । ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा […]



from समाचार – Online Khabar https://ift.tt/3ff1rG6
via IFTTT
Powered by Blogger.