समाचार
२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे […]
२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ […]
२५ असार, काठमाडौं । कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर […]
२६ असार, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताएका छन् । पार्टीभित्रको पछिल्लो विवाद समाधानको प्रयासमा शीर्ष नेताहरुसँग वार्तामा बस्ने गरेका नेता शर्माले शुक्रबारको स्थायी कमिटी बैठकअघि सो कुरा बताएका हुन् । प्रचण्ड निकट नेता शर्माले ट्वीटरमा लेखेका छन्, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको […]
२६ असार, गुल्मी । गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष छन् । चार जना संक्रमित […]
२५ असार, काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]
२५ असार, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले भन्दै आएका थिए, नौ सदस्यीय सचिवालयले महत्वपूर्ण निर्णयहरु लिन सकेन, यस्तो सचिवालयको काम छैन, विघटन गरिदिए हुन्छ । सचिवालयबाट अन्तरविरोध हल हुन नसकेपछि गत असार ११ गतेदेखि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । आधा महिनासम्म बैठक बस्दा ४४ सदस्यीय स्थायी कमिटीले पनि कुनै निकास दिन […]
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण ५ जना गम्भीर घाइते भएका छन् । बाढीले २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ […]
२५ असार, काठमाडौं । विश्वब्यापी कोरोनाको संक्रमण र लकडाउनका एजुकेसन कन्सल्टेन्सीहरु धरासायी बनेका छन् । विद्यार्थीलाई भाषा सिकाउने र विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी र तीनका सञ्चालकहरु अहिले कामविहीन भएका छन् । नेपाल शैक्षिक परामर्श संघका निर्वतमान अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार देशभर करिब ४४ सय एजुकेसन कन्सल्टेन्सी छन् । त्यसमध्ये १४७३ शिक्षा मन्त्रालयमा दर्ता […]
२५ असार, काठमाडौं । नेकपा नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र बहुमत जुटाएर हटाउन खोजिए नेकपा त्यही दिनबाट फुट्ने र देशमा संवैधानिक संकट उत्पन्न हुने दाबी गरेका छन् । ओलीलाई हटाउने वैधानिक व्यवस्था समेत नरहेको उनको तर्क छ। अनलाइनखबरसँग कुरा गर्दै नेकपा केन्द्रीय सदस्य तथा सांसद अधिकारीले नेकपाको विधान र पार्टी एकताका बेलाको […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताहरुले पार्टी फुट्न नदिन निर्णायक पहल गर्ने भएका छन् । बिहीबार कृषि मन्त्रालयमा भएको अनौपचारिक छलफलमा अध्यक्ष केपी ओली र प्रचण्ड–माधव नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले पार्टी फुट्न नदिने संकल्प गरेका छन् । दुवै अध्यक्षलाई भेटेर पार्टी एकता कायम राख्न दबाब दिने […]
२५ असार, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले परीक्षार्थीलाई क्वारेन्टिनमा राखेर र कोरोना संक्रमण परीक्षण गराएर पोस्ट ग्र्याजुएटको अन्तिम परीक्षा सञ्चालन गर्ने भएको छ । आईओएमको परीक्षा नियन्त्रण महाशाखाले बिहीबार परीक्षामा सहभागी हुने विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न […]
२५ असार, काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार […]
२५ असार, काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, […]
२३ असार, काठमाडौं । सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार २३ मा बसेको मन्त्रिपरिषद् बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन समेत वार्ता टोली गठन गरेको छ । सरकारले स्वीकार गरेको कुल वैदेशिक ऋणमध्ये विश्व बैङ्कबाट ७२ अर्ब लिन लागिएको हो । जसमा रणनीतिक सडक सुधार आयोजना […]
२४ असार, काठमाडौं । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ । असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले भेटवार्ता गरेका छन् । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रचण्डसँग भेटवार्ताका लागि खुमलटार पुगेका थिए । त्यस्तै महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डसँग खुमलटारमा […]
२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो […]
२६ फागुन, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपालबारे लगातार अनर्गल प्रचारवाजी गर्दै आएका छन् । नेपालको बेइज्यत गर्ने सामग्री प्रसारण भएको भन्दै नेपालमा भारतीय न्युज च्यानलमाथि प्रतिबन्ध लगाइनुपर्ने आवाज उठेपछि सरकार दबावमा परेको छ । भारतीय मिडियामा आइरहेका नेपालविरोधी सामग्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोटिसमा लिएको […]
२५ असार, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले कोरोना भाइरसको सःशुल्क परीक्षण सुरु गरेको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले सःशुल्क पीसीआर परीक्षण गर्ने जानकारी गराएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन कुमार उपाध्यायद्वारा जारी सूचनामा प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख छ । […]
२५ असार, काठमाडौं । पर्साको ठोरीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यरातमा गाउँ छिरेको हात्तीले ठोरी गाउँपालिका–३ शिकारीबास क्षेत्रमा आतंक मच्चाएको हो । हात्तीले बुधबार राति स्थानीय शम्भु चौधरी र पल्टन चौधरीको घर भत्काउनुका साथै खाना पकाउने भाँडाकुँडा कुल्चिएर क्षति गरेको स्थानीय राजेन्द्र चौधरीले जानकारी दिए । हात्तीले घरमा […]
from समाचार – Online Khabar https://ift.tt/2ZePYRu
via IFTTT






















