Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

श्रममन्त्रीले वैदेशिक रोजगार बोर्डमा ल्याए म्यानपावर र मेडिकल व्यवसायी

२२ असार, काठमाडौं । श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरुको हितका लागि काम गर्नुपर्ने वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायीहरु नै मानोनित भएका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई विज्ञका […]

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित, अनलाइन कक्षा जारी रहने

२२ असार, काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन […]

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना पुष्टि

२२ असार, सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद […]

६ महिनापछि रसुवागढी नाका एकतर्फी सञ्चालनमा

२२ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । ‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने […]

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो भारत

२२ असार, काठमाडौं । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा […]

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

२२ असार, इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार […]

शुक्रबारदेखि तीन दिनसम्म बाढीको जोखिम, प्रदेश १ र २ बढी प्रभावित हुने

२२ असार, काठमाडौं । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ । बाढीबाट प्रदेश १ र २ को तराई […]

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

२२ असार, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेस […]

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

२२ असार, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा […]

योगमाया नारी स्रष्टा सम्मान तोया गुरुङलाई

२२ असार, काठमाडौं । नेपाल स्रष्टा समाजले प्रदान गर्ने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान घोषणा गरिएको छ । योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान ओखलढुंगाकी तोया गुरूङलाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान स्याङ्जाका उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने निर्णय गरिएको स्रष्टा समाजका अध्यक्ष विधान […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते तय […]

घरजग्गा धितो राख्ने बढे, असारयता १५ हजारको रोक्का

२२ असार, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ । सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर/जग्गा रोक्का भएका छन् । जग्गा रोक्का गर्नेहरुको संख्या देशभरका मालपोत कार्यालयहरुमा धेरै रहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि […]

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

२२ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही […]

नेकपा नेता नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

२२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ […]

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

२२ असार, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको […]

बालुवाटारमा ओली र प्रचण्डको सवाल-जवाफ

प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ? प्रचण्ड : तपाईले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउनु भनेर छलफल गरेका हौं । अनि तपाईँले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ? प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ । प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ? प्रधानमन्त्री […]

नेकपाको पौंठेजोरी : न सम्बन्ध, न पारपाचुके !

२१ असार, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध न प्रचण्ड-माधव पक्षले जित्ने, न त ओली पक्षले नै जित्ने, बराबरीको स्थितिमा आइपुगेको छ । गणितको हिसाबले प्रचण्ड-माधव समूह बलियो छ, तर, सरकारको चाबी आफूसँग भएकाले ओली पनि कमजोर छैनन् । प्रधानमन्त्री ओली आफूलाई पार्टीको बहुमतले हटाउने हो कि भन्ने डरमा छन् । प्रचण्ड माधव समूहचाँहि प्रधानमन्त्रीले अध्यादेश ल्याएर […]

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा […]

देउवा-नेम्वाङ भेटवार्ता : प्रधानमन्त्री ओलीलाई विशेष अधिवेशनको डर !

२१ असार, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरूले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे । असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रूपमा संसदीय दलका उपनेता सुवास […]

‘स्विमिङ पुल’ बन्नबाट बचेको रानीपोखरी

२१ असार, काठमाडौं । भक्तपुरका शिवनारायण मचामसी २०७५ फागुनको पहिलो हप्ता रानीपोखरी हेर्न आइपुगेका थिए । भक्तपुर नगरपालिकाले ‘रानीपोखरीमा पनि काम गर्नुपर्ने भयो’ भनेपछि भक्तपुरका पुराना पोखरीहरू मर्मतमा आफ्नो सिप देखाइसकेका उनी रानीपोखरी आइपुगेका थिए । त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको गहना भनिने रानीपोखरी त हेर्दै विरक्त लाग्दो थियो ।’ सँगै रहेका इन्जिनियरहरूले सोधे, […]

मेलम्चीको सुरुङमा हालियो पानी, धारामा कहिले आइपुग्छ ?

२१ असार, काठमाडौं । काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? वर्षौंदेखि यो प्रश्न झेल्दै आएका खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे । त्यसअघि आइतबार विहान ९ बजेर ४५ मिनेट जाँदा मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा […]



from समाचार – Online Khabar https://ift.tt/3f4nuzg
via IFTTT
Powered by Blogger.