Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खरेल र बादे प्रजातन्त्र सेनानीबाट सम्मानित

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादे ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’बाट सम्मानित भएका छन् । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवम् कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले खरेल र बादेको निवासमै पुगेर सम्मान गरेका हुन् । उनीहरुलाई सम्मान गर्न नेता सिंह खरेलको निवास नयाँबानेश्वर र बादेको निवास बनेपा पुगेका थिए । खरेल र […]

कोरोना संक्रमित एक करोड २० लाख नाघे

२५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् । सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

वार्षिक र छात्रावास शुल्क नलिने कालिङपोङको एक स्कुलको घोषणा

२५ असार, काठमाडौं । नेपालमा निजी विद्यालयहरुले लकडाउनको अवधिको समेत शुल्क तिर्न भनेको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । तर भारतको कालिङपोङमा भने एउटा विद्यालयले यो वर्ष विद्यार्थीसँग बार्षिक शुल्क र चार महिनाको छात्रावास शुल्क नलिने घोषणा छ । कोभिड–१९ महामारीले पारेको प्रभावलाई मध्यनजर राख्दै अभिभावकलाई राहत दिने निर्णय गरिएको सेन्ट अगस्टिन्स स्कूलले जनाएको छ […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

२५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिनेसम्म भारतमा कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न […]

लकडाउनको फुर्सदमा त्रिभुवन विमानस्थलमा थपिए संरचना

२५ असार, काठमाडौं । लकडाउनका कारण उडान–अवतरणको चाप कम भएर मिलेको फुर्सदमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माण, स्तरोन्नति तथा विस्तारले तिब्रता पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउन अगाडि शुरु भएका केही परियोजनाको काम पूरा गर्न पर्याप्त समय लकडाउनले दिएको छ । लकडाउन शुरु हुनुभन्दाअघिको तुलनामा विमानस्थलको धावनमार्ग ३ सय […]

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए । आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘इलेक्ट्रोमेकानिकल […]

नदीहरूमा बहाव बढ्दो, एसएमएस पठाएर सतर्क रहन भनियो

२५ असार, काठमाडौं । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान छ । बिहीबार भने झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा,  महोत्तरी, सर्लाही र आसपास […]

अति भो भारतीय मिडियाको हर्कत !

२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ । सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन । भारतीय मिडियाका लागि तीन […]

सिन्धुपाल्चोक बाढी अपडेट : दुईको मृत्यु, १४ बेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ […]

सिन्धुपाल्चोकमा बाढीको बितण्डा, कम्तिमा १६ जना बेपत्ता

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए । बाह्रबिसे नगरपालिकाका मेयर […]

केपी ओलीका समर्थकलाई कोरोनाको जोखिम छैन ?

२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए । प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाै‌ँको संख्यामा […]

देउवाले भने- बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धार टोली परिचालन गरोस्

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर […]

खोटाङमा टोलटोलमा शिक्षक परिचालन गरेर पढाउने तयारी

२५ असार, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा […]

निवर्तमान आईजीपीले भने – सधैँ थकथकी लागि रहनेछ

२५ असार, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महामारीका कारण सबै योजना थाँती राख्नु परेकोमा सधैँ थकथकी लागि रहने बताएका छन् । प्रहरीमा सेवाको अन्तिम दिन बुधबार धन्यवाद सन्देश जारी गर्दै उनले संगठनको हितमा पाइला चाल्न नपाउँदै कोभिड–१९ (कोरोना) भाइरसको महामारीले गाँजेका कारण सबै योजना रोकिएको बताएका हुन् । यद्यपि, विषम परिस्थितिमा राष्ट्रले सुम्पिएको […]

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

२५ असार, कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो । बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको […]

ब्राजिलका राष्ट्रपतिले कोरोनाको भन्दै औषधि खाएको भिडियो भाइरल

२५ असार, काठमाडौं । बिभिन्न विवादमा पर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोनालाई निको पार्ने भन्दै एक औषधि खाएको भिडियो भाइरल भएको छ । कोरोनालाई सामान्य फ्लु भन्दै बेवास्ता गर्दै आएका बोल्सोनारो आफैं कोरोना संक्रमित भएका छन् । आफू कोरोना पोजेटिभ भएको जानकारी दिन आयोजित प्रेस ब्रिफिङको क्रममा मास्क निकालेर बोलेको भिडियो पनि भाइरल भएको […]

वर्षाका कारण सीमास्तम्भ ढल्यो

२४ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको छ ।” बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला […]

ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गए हार्वर्ड र एमआईटी विश्वविद्यालय

२५ असार, काठमाडौं । अनलाइन कक्षा लिने विदेशी विद्यार्थीहरुलाई उनीहरुकै देश फर्काउने अमेरिकी सरकारको निर्णयविरुद्ध हार्वर्ड र एमआईटी विश्वविद्यालय अदालत गएका छन् । अमेरिकी सरकारले इमिग्रेसनसम्बन्धी नयाँ नियम बनाएपछि विदेशका हजारौं विद्यार्थीहरुले अमेरिका छोड्नु पर्ने भएको छ । त्यसैले अमेरिकाका दुई प्रतिष्ठित विश्वविद्यालयहरुले सरकारविरुद्ध कानुनी लडाइँको बाटो रोजेका हुन् । ट्रम्प प्रशासनले हालै अमेरिकामा बसेर […]

‘सुरमा भोपाली’ नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन

२५ असार, काठमाडौं । सुरमा भोपाली नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ । जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् […]

डिसहोमको कथा : टक्करले जन्मियो, ठक्करले दरियो

२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्‍यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए । भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए […]



from समाचार – Online Khabar https://ift.tt/31ZV064
via IFTTT
Powered by Blogger.