Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते तय […]

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

२२ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही […]

घरजग्गा धितोमा राख्ने बढे, असारयता १५ हजारको रोक्का

२२ असार, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ । सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर/जग्गा रोक्का भएका छन् । जग्गा रोक्का गर्नेहरुको संख्या देशभरका मालपोत कार्यालयहरुमा धेरै रहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि […]

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

२२ असार, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको […]

नेकपा नेता नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

२२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ […]

बालुवाटारमा ओली र प्रचण्डको सवाल-जवाफ

प्रधानमन्त्री : ६ जना बसेर के गर्न खोजेको ? प्रचण्ड : तपाईले पार्टी फुटाउन लाग्नुभयो । कसरी पार्टी जोगाउनु भनेर छलफल गरेका हौं । अनि तपाईँले पार्टीको विवादमा राष्ट्रपतिलाई चाहिँ किन मुछ्नुभएको ? प्रधानमन्त्री : (महाअभियोगतर्फ संकेत गर्दै) मलाई थाहा छ । प्रचण्ड : के थाहा छ ? जे मन लाग्यो त्यही भन्ने ? प्रधानमन्त्री […]

नेकपाको पौंठेजोरी : न सम्बन्ध, न पारपाचुके !

२१ असार, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध न प्रचण्ड-माधव पक्षले जित्ने, न त ओली पक्षले नै जित्ने, बराबरीको स्थितिमा आइपुगेको छ । गणितको हिसाबले प्रचण्ड-माधव समूह बलियो छ, तर, सरकारको चाबी आफूसँग भएकाले ओली पनि कमजोर छैनन् । प्रधानमन्त्री ओली आफूलाई पार्टीको बहुमतले हटाउने हो कि भन्ने डरमा छन् । प्रचण्ड माधव समूहचाँहि प्रधानमन्त्रीले अध्यादेश ल्याएर […]

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा […]

देउवा-नेम्वाङ भेटवार्ता : प्रधानमन्त्री ओलीलाई विशेष अधिवेशनको डर !

२१ असार, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरुले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे । असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रुपमा संसदीय दलका उपनेता सुवास […]

‘स्विमिङ पुल’ बन्नबाट बचेको रानीपोखरी

२१ असार, काठमाडौं । भक्तपुरका शिवनारायण मचामसी २०७५ फागुनको पहिलो हप्ता रानीपोखरी हेर्न आइपुगेका थिए । भक्तपुर नगरपालिकाले ‘रानीपोखरीमा पनि काम गर्नुपर्ने भयो’ भनेपछि भक्तपुरका पुराना पोखरीहरू मर्मतमा आफ्नो सिप देखाइसकेका उनी रानीपोखरी आइपुगेका थिए । त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको गहना भनिने रानीपोखरी त हेर्दै विरक्त लाग्दो थियो ।’ सँगै रहेका इन्जिनियरहरूले सोधे, […]

मेलम्चीको सुरुङमा हालियो पानी, धारामा कहिले आइपुग्छ ?

२१ असार, काठमाडौं । काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? वर्षौंदेखि यो प्रश्न झेल्दै आएका खानेपानी मन्त्रालयका अधिकारीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन नै गरेर आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको घोषणा गरे । त्यसअघि आइतबार विहान ९ बजेर ४५ मिनेट जाँदा मेलम्चीको सुरुङमा पानी भर्न सुरु गरिएको थियो । त्यसलाई सरकारी अधिकारीहरुले आयोजना निर्माणमा […]

संसदलाई प्रहार गर्दा ‘एमसीसी’मा धक्का !

२१ असार, काठमाडौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) माथि परेको छ । संसदको यही अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गरिनुपर्ने समयसीमा थियो । तर, प्रधानमन्त्री ओलीको हतारो निर्णयका कारण संसद अधिवेशन अन्त्य भएपछि अब एमसीसी सम्झौताको आयु समाप्त भएको छ । […]

भारतबाट आएको २१ औं दिनमा मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार एक गते भारतबाट नेपाल आएका थिए । नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भयो । परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो । तर २९ वर्षीय श्रीमान‍्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोराछोरीसहित बिरामी श्रीमान‍‍्लाई लिएर […]

अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न आग्रह

२१ असार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले कोरोना रोकथाममा प्रभवकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार संयुक्त अपिल जारी गर्दै उनीहरुले अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्तासँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमण पत्ता लगाउन […]

प्रदेश ५ मा थप २६ जनामा कोरोना संक्रमण

२१ असार, बुटवल । प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोेना भाइरस संक्रमितको संख्या ३ हजार ९ सय ६८ पुगेको छ । रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका २ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना र प्युठानका […]

निजगढ विमानस्थल जुरिचले बनाउला ?

२१ असार, काठमाडौं । गतवर्षको लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणमा इच्छा देखाएको स्विस कम्पनी जुरिच इन्टरनेसनल एजी (जेआईएजी) ले अझै विस्तृत व्यावसायिक प्रस्ताव बुझाएको छैन । नेपालको सबैभन्दा ठूलो विकास आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा आधा दर्जन कम्पनीले इच्छा देखाएका थिए । त्यसमध्ये नेपाल सरकारले जेआईएजीलाई छनोट गरेर विस्तृत व्यावसायिक प्रस्ताव मागेको थियो । […]

गुरु पूर्णिमामा गुरुको सम्मान (फोटो फिचर)

२१ असार, काठमाडौं । आज गुरुपूर्णिमा । गुरुहरुप्रति भक्तिभाव र सम्मान व्यक्त गर्दै मनाइएको छ । मानिसहरुले आज आफ्ना गुरुलाई भेट्ने, सम्मान प्रकट गर्ने, उपहार दिने र आशिर्वाद लिने गर्छन् । काठमाडौं बुढानीलकण्ठको बुढानीलकण्ठ वेद विद्याश्रममा पनि गुरु र शिष्य भेला भई गुरुपूर्णिमा मनाइएको छ । हेनुहोस् तस्वीरहरु

लागूऔषध गाँजासहित एक जना पक्राउ

२१ असार, वीरगञ्ज । बाराबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका– ८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासुदेव महतोलाई पक्राउ गरेको हो । अवैध लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार बिहान ४ बजे खटिएको प्रहरी टोलीले जितपुरसिमरा–१४ दुधौरा पुल नजिक सडकबाट उनलाई पक्राउ गरेको थियो । उनले […]

प्रदेश १ का नेकपा नेताको सुझाव- पार्टी फुटबाट बचाऔं

२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेकपामा उत्पन्न विवाद समाधान […]

प्रदेश २ मा थपिए ११५ जना कोरोना संक्रमित

२१ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, […]

मुस्लिम आयोग नाममात्रैको भयो, खारेज गरिदिए हुन्छ : अध्यक्ष अन्सारी

१८ असार, काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोगका अध्यक्ष अन्सारी र आयोगका सचिव शम्भुबहादुर खड्कासँग आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरेको थियो । छलफलमा अध्यक्ष अन्सारीले भने, ‘समुदायको लागि यो आयोग […]



from समाचार – Online Khabar https://ift.tt/3f4S4J7
via IFTTT
Powered by Blogger.