समाचार
२५ असार, काठमाडौं । १२ वैशाख २०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माण अन्तर्गत ५ लाख घर निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ […]
२५ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । क्षेत्रीले दिएको राजिनामा पनि बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैंक बोर्ड श्रोतका अनुसार उनले केहि साता पहिले नै पदबाट राजिनामा दिएका थिए । पेन्डिङमा रहेको राजिनामा बोर्र्डले बिहीबारमात्रै स्वीकृत गरेको बाेर्ड श्राेतले जानकारी दिएकाे छ […]
२५ असार,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् । आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी […]
२६ असार, काठमाडौं । भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ […]
२४ असार, काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ । श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ […]
२५ असार, काठमाडौं । हवाई क्षेत्र सुधार कार्यक्रमका लागि एसियाली विकास बैंक(एडीबी) ले नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच उक्त ऋण कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । यो ऋण सम्झौता खासगरी नीतिगत सुधारको क्षेत्रमा प्रयोग हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक […]
२६ असार, काठमाडौं । नेपालका विषयमा लगातार भ्रामक समाचार सम्प्रेषण गरिरहेका भारतीय मिडियामाथि सरकारले एक्सन लिनुपर्ने आवाज देशभित्र उठिरहेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतले यस विषयमा मौनता साँधेको भनेर असन्तुष्टि पनि तीब्र छ । अन्ततः भारतका लागि वयोवृद्ध नेपाली राजदूत निलाम्बर आचार्यले मुख खोलेका छन्, तर अमूर्त ढंगले । उनको छोटो र अमूर्त प्रतिक्रिया ट्विटरमा […]
२५ असार,काठमाडौं । समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको हो । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले […]
२५ असार, काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी […]
२५ असार, काठमाडौं । विश्वब्यापी कोरोनाको संक्रमण र लकडाउनका एजुकेसन कन्सल्टेन्सीहरु धरासायी बनेका छन् । विद्यार्थीलाई भाषा सिकाउने र विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी र तीनका सञ्चालकहरु अहिले कामविहीन भएका छन् । नेपाल शैक्षिक परामर्श संघका निर्वतमान अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार देशभर करिब ४४ सय एजुकेसन कन्सल्टेन्सी छन् । त्यसमध्ये १४७३ शिक्षा मन्त्रालयमा दर्ता […]
२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का ११ जना संक्रमित थपिएका छन् । सर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक/एकजना जाजरकोट र दैलेखका […]
२५ असार, काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार […]
२५ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको कालीगण्डकी गाउँपालिकामा १ जना र मुसिकोट नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ । २६५ जना निको भएर घर […]
२५ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीले गर्दा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाथामा लाग्ने ‘साउने मेला’ प्रभावित हुने भएको छ । विशेष गरी साउनमा दुग्धेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) मा ठूलो मेला लाग्ने गर्दछ । विगतका वर्षमा साउन सुरु भएसँगै भाथामा मेला सुरु हुने गरेको थियो । नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट समेत हजारौंको संख्यामा […]
२५ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो । अस्पतालको हेमोडायलासिस युनिट पूरै खाली गराएर उनको बिहीबार उनको मात्रै करिब साढे ३ घण्टा लगाएर डायलासिस गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले जानकारी दिए […]
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ, ठाउँठाउँमा अरनिको राजमार्ग कटानका कारण अवरुद्ध भएको छ, आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पुर्याएको छ । स्थानीय जम्बु खोलामा बाढी आउँदा बाह्रबिसे नगरपालिका–५ […]
२५ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम हुने विश्वास लिएको छु,’ गृहमन्त्रालयमा बिहीबार भएको भेटमा गृहमन्त्री थापाले भने, ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’ ट्राक रेकर्डका आधारमा योग्य देखेर नै जिम्मेवारी दिएको भन्दै गृहमन्त्री […]
२५ असार, विराटनगर । विराटनगरको पहिलो ठूलो लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको छ । २०५५ सालदेखि सञ्चालनमा रहेको जेनियल कोरोना महामारीका कारण बन्द भएको हो । लकडाउनका कारण व्यवसाय बन्द भएपछि असार ११ देखि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालक हरिभक्त सिटौलाले बताए । चीनको वुहानमा कोरोनाको संक्रमण फैलिएपछि होटलमा मन्दी सुरु भएको […]
२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाढीले बगाएर घाइते भएका चारजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । उद्धार गरी काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता […]
२५ असार, सुर्खेत । सर्पले डसेर दैलेखमा एकजना युवकको मृत्यु भएको छ । नारायण नगरपालिका-२ कुसाडाका २० वर्षीय ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई बुधबार राति २ बजे घरमै सुतिरहेका बेला सर्पले डसेको थियो । उनकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको बताइएको छ । उनको दैलेख अस्पतालमा उपचार […]
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा […]
from समाचार – Online Khabar https://ift.tt/2ZRMyTR
via IFTTT






















