समाचार
२३ असार, काठमाडौं । म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य बन्न अस्वीकार गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले गुरुङलाई आइतबार गुरुङसहित मेडिकल व्यवसायी कैलाश खड्कालाई सदस्य मनोनित गरेका थिए । तर, मनोनयनको पत्र बुझ्न नपाउँदै मन्त्री यादव र मनोनित व्यवसायीहरुको आलोचना भएको थियो । गुरुङले मंगलबार मन्त्रालयलाई एक […]
२३ असार, काठमाडौं । वीरगञ्जबाट लागूऔषध कोरेक्ससहित तीन जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउने क्रममा वीरगञ्ज महानगरपालिका–१९ बाट दुई जना भारतीय नगारिकसहित तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ४५ वर्षीय वीरेन्द्रकुमार, भारतको मोतिहारी पूर्वीचम्पारण बिहार पंटोका पञ्चायत–१ भलुवाहा बस्ने २१ […]
२३ असार,काठमाडौं । नेपाल आयल निगमको भण्डारण क्षमता विस्तार गर्न संसदीय उपसमितिले सरकारलाई सिफरिस गरेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तरगतको एक उपसमितिले गरेको स्थलगत अध्ययनपछि यस्तो सुझाव दिइएको हो । सांसद प्रकाश रसाइली ‘स्नेही’ संयोजकत्वको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा ‘कम्तीमा पनि तीन महिनाका लागि आवश्यक पर्ने भण्डारण […]
२३ असार, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी बढाउन संसदीय उपसमितिले सिफारिस गरेको छ । पुँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न गठिन प्रतिनिधिसभाको अर्थ समितिले गठन गरेको उपसमितिले चुक्ता पुँजी १० करोड पुर्याउन सिफारिस गरेको हो । हाल ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । उपसमितिले ५ गुणा बढाएर १० […]
२३ असार, वीरगञ्ज । सडकको विषयमा भएको विवादपछि झडप हुँदा पर्साको पोखरियामा ३ जना घाइते भएका छन् । पोखरिया नगरपालिका-७ रानीगञ्जमा मंगलबार बिहान भएको झडपमा उपभोक्ता समितिका अध्यक्ष रामायण राम, भन्टु राम र स्थानीय सञ्जुकुमारी राम घाइते भएका हुन् । सडक कतै ८ फिट र कतै १० फिट फराकिलो बनाइएको भन्दै स्थानीय सन्दीप राम र […]
२३ असार, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा राहत लिएर जानेहरुमाथि आक्रमण गर्ने आफ्ना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको छ । प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका- ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत राजमोका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरुमाथि आक्रमण गरेका थिए । […]
२३ असार, काठमाडौं । पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले लामो अध्ययन पछि मंगलबार समितिलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आईपीओ भर्न नदिन सिफारिस […]
२३ असार, काठमाडौं । समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले […]
२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूसँग भेटवार्ता तीव्र बनाएका बेला विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले ‘समीक्षा बैठक’ गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर र सन्तुलित राख्न नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । जसपाका नेता अध्यक्ष महन्थ ठाकुर र […]
२३ असार, गुल्मी । इस्मा गाउँपालिका-१ हस्तिचौरमा गएको पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार गरिएको छ । मुसिकोट नगरपालिका-२ की तारा कुमालको मंगलबार दिउँसो १ बजे हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले तारालाई फसेको देखेपछि उद्धार गरिएको स्थानीय कृषिराम अर्यालले बताए । पहिरोले बगाएको खेतबारीको […]
२३ असार, चितवन । नारायणी लिफ्ट सिञ्चाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिञ्चाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो । नारायणी लिफ्ट सिञ्चाइ खगेरी सिञ्चाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । […]
२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सउरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो । यद्यपि दुई अध्यक्षबीच कुनै ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् । ‘अध्यक्षबीचको छलफल भोलि पनि जारी […]
२३ असार, काठमाडौं । नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा प्याक्ट (ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने) विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ । सरकारले दुर्गम भनेर तोकेको २१ जिल्लामा प्याक्ट विक्रेता बन्न चाहनेहरूका लागि आवेदन खुल्ला गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । दुर्गम जिल्लामा विकास निर्माण कार्य तथा अन्य खपतका […]
२३ असार, काठमाडौं । चैत ११ मा लकडाउन भएपछि ‘फुडमान्डु’ का प्रवन्ध निर्देशक मनोहर अधिकारीलाई फस्टाउँदै गएको व्यवसाय चौपट हुने हो कि भन्ने पिरलो थियो । लकडाउनका कारण रेस्टुरेन्टहरू बन्द भएपछि उनको कारोबार तीन महिनासम्म ठप्प नै रह्यो । सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो गरेको छ । अधिकारीलाई चिन्ता थियो, लकडाउन खुकुलो भए […]
२३ असार, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति […]
२३ असार, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण बन्द गर्ने लिखित सहमति गरेको छ । आरडीटी परीक्षण बन्द गर्न माग गर्दै १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग १२ बुँदे सहमति गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी बन्द […]
२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]
२३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् । तर […]
२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन । असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै […]
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए । भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको थियो । ‘जनताको आवाज […]
२३ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात […]
from समाचार – Online Khabar https://ift.tt/3f6zaSn
via IFTTT





















