समाचार
२२ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ । फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको जानकारी विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दिए । उनका अनुसार, फलफूल नेक्टर (फ्रुट नेक्टर) को पनि नयाँ मापदण्ड स्वीकृत गरिएको छ […]
२२ असार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । […]
२२ असार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको […]
२२ असार, काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय बानेश्वर सरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको […]
१९ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो । लमजुङको वेशीशहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, […]
२२ असार, काठमाडौं । उडुस, साङ्ला, मुसा, झिङ्गा, लामखुट्टेलगायतका जीवाणु नियन्त्रणका लागि नेपालमा पहिलो पटक व्यावसायिक काम थालेको कम्पनी हो, अरेन्ज बल प्रालि । विद्यानन्द झासहितका युवाहरू मिलेर पाँच वर्षअघि स्थापना भएको यो व्यवसाय यतिबेला कोभिड-१९ को असरले थला परेको छ । ७० प्रतिशत कारोबार हुने होटल-रेस्टुरेन्ट बन्द हुँदा व्यवसाय चौपट भएको कम्पनीका संस्थापकमध्येका एक […]
२२ असार, बुटवल । रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई […]
२२ असार, काठमाडौं । २० वर्षे उर्जाशील उमेरमा मिर्गौला फेल भएपछि बागलुङका श्रवणकुमार सुनारलाई बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ । स्नातक तहको पढाइ छाडेका उनी अहिले डायलासिसका लागि छट्पटाइरहेका छन् । उपचारकै लागि पाँच महिनाअघि काठमाडौं छिरेका हुन्, श्रवण । सुरुमा नि:शुल्क डायलासिस गराए पनि लकडाउनपछि उनले निकै हण्डर खानु परेको छ । […]
२१ असार, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय […]
२२ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ। यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरूसहित वार्ता गरेका ओली र प्रचण्ड सोमबार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी […]
२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । सोमबार खान छुटेकालाई मंगलबार खुवाइनेछ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो […]
२२ असार, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या […]
२२ असार, काठमाडौं । भारतको शिवसेना पार्टीले फरार अभियुक्त विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको छ । अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिका दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनीसमेत दिएको छ । उत्तर प्रदेशको भारतीय जनता पार्टीको आलोचना गर्ने क्रममा सोमबार शिवसेनाले यस्तो बताएको हो । […]
२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो । ९८ वर्षका घिसिङ राति शौचालयमा जाँदा बेहोस भएका थिए । मेडिकेयर अस्पतालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ। घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना […]
२१ असार, काठमाडौं । सरकारलाई प्रशासनिक खर्चसमेत धान्न धौ-धौ परेपछि चालु आर्थिक वर्षमा सरकारले करिब २ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । यस वर्ष यसरी उठेकै आन्तरिक ऋणबाट सरकारले आफ्नो प्रशासनिक खर्च समेत धान्दैछ । तर आगामी आर्थिक वर्ष २०७७/७८ मा भने तीनवटै तह (संघ, प्रदेश र स्थानीय)का सरकारले उठाउने आन्तरिक ऋण साधारण प्रकृतिका र […]
२२ असार, डोटी । जोरायल गाउँपालिकाले जेठ १९ गते क्वारेन्टिनमा बसेका नौ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालामा पठायो । १० दिनपछि सात जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई १४ दिन क्वारेन्टिनमा राखेपछि थप एक साता होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइयो । बाँकी तीन जनाको त्यसबेलासम्म पनि रिपोर्ट आएन । […]
२२ असार, काठमाडौं । श्रमिकबाट कल्याणकारी शुल्क उठाएर उनीहरूको हितका लागि काम गर्नुपर्ने वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायीहरू नै मनोनित भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई विज्ञका रूपमा […]
२२ असार, काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन […]
२२ असार, सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद […]
२२ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । ‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने […]
२२ असार, काठमाडौं । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा […]
from समाचार – Online Khabar https://ift.tt/2AyOxUp
via IFTTT






















