समाचार
२४ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक र दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण देखिएको हो । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा […]
२४ असार, काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा १० वटा उडान–अवतरण भएका छन् । यी सबै चार्टर्ड उडान हुन् । अहिले विदेशमा अलपत्र नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले नेपाल ल्याइरहेका छन् । सो क्रममा बुधबार मात्र ६ वटा जहाजले ९ सय ५६ जना यात्रुलाई काठमाडौं ल्याएका छन् । बुधबार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५० जना नेपालीलाई […]
२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएको भन्दै तत्काल मूल्य वृद्धि खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ । संघका अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा […]
२४ असार, सप्तरी । जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गर्न खोज्दा अर्काे पक्षले अवरोध गरेका छन् । तत्कालिन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने तयारी गरेका थिए । तर […]
२४ असार, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल कम्युनिस्ट पार्टीभित्रै राजीनामा माग गरिएको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन गरिएको छ । भरतपुरको चौबिसकोठी क्षेत्रमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गर्दै केपी ओली नेतृत्वको सरकार पाँच वर्ष नै चल्नुपर्ने माग गरे । राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटोसहित प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले ‘सरकार ढाल्न पाइँदैन’, ‘पार्टी […]
२४ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघले आगामी शुक्रबार माइतीघर मण्डलामा तालाचावीसहित प्रदर्शन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले […]
२४ असार, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–८ मननपुरकी जैरुल नेसाको काखे बच्चा छ । श्रीमान वीरगञ्जमा अटो चलाउँछन् । कोरोना महामारीविरुद्ध ०७६ चैत ११ गतेबाट लकडाउन जारी भएपछि उनको आम्दानीको बाटो बन्द छ । अझैसम्म बजारमा अटो चलाउने वातावरण तयार भइसकेको छैन । घरमा उनको ४ वर्षको छोरा र १५ महिनाकी छोरी छन् । आम्दानीको […]
२४ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका– ५ भिस्वाका स्थानीयले हिलाम्य सडकमा धान रोपेर प्रदर्शन गरेका छन् । वर्षा शुरु भएसँगै भिस्वा बजार हुँदै वीरगञ्ज आउने सडकखण्ड हिलाम्य भएपछि धान रोपेर विरोध प्रदर्शन गरिएको स्थानीयले बताएका छन् । भिस्वा गाउँबाट भिस्वा बजार हुँदै जिल्ला सदरमुकाम वीरगञ्ज जाने सडक हिलाम्य भएर आवत जावत गर्न समस्या भएपछि […]
२४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो । सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको […]
२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको ६ स्थानमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलाउन समर्थकले सडकमा प्रदर्शन थालेका थिए । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको […]
२४ असार, सुर्खेत । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) सुर्खेतले पार्टीभित्रको अन्तरसंघर्षका विषयमा कुनै प्रकारका प्रदर्शन, भेला तथा जुलुस नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी केन्द्रमा देखिएको विवादको विषयमा कसैको पनि पक्ष र विपक्षमा प्रदर्शन र भेला नगर्न र नगराउन नेकपा सुर्खेतले बुधबार निर्देशन दिएको हो । जिल्ला सचिव कृष्ण जिसीले विज्ञप्ति जारी गर्दै […]
२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना […]
२४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन समापनको अवसरमा परिषदले नौ जना स्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिकलाई पुरस्कृत गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमबाट भर्खरै सेवा निवृत्त प्रा.डा. जीवनबहादुर शेरचनलाई हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्डबाट वरिष्ठ नेत्र सर्जन डा. सन्तुक […]
२४ असार, काठमाडौं । भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले […]
२४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]
२४ असार, डोटी । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक किशोरीलाई श्रीमान् र ससुराले कुटपिट गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ । प्राप्त विवरणअनुसार मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार भारतको पुनामै बस्दै आएको छ । […]
२४ असार, काठमाडौँ । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार […]
२४ असार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छन् । बुधबार समितिमा […]
२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका […]
२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए । भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए […]
२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार […]
from समाचार – Online Khabar https://ift.tt/3gIf417
via IFTTT






















