समाचार
२६ असार काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान अब अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रयोग गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताका लागि दशरथ रंशगाला मात्र रहेको र विदेशी टिमका लागि अभ्यासस्थलको रुपमा सेनाको मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ । सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको […]
२६ असार, काठमाडौं । बिहीबार बिहान समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर छिरे । र, दलको कार्यालयमा कार्यरत नरमान महर्जनसँग सरिता गिरीका बारेमा सोधपुछ गरे । गुप्तचरले महर्जनसँग सोधे, ‘सरिता गिरी समाजवादी पार्टीकी सांसद हुन्, पार्टी एकीकरण भएर अहिले जनता समाजवादी बनिसकेको छ, अब सरिता गिरीलाई कसरी कारवाही गर्न मिल्छ ?’ सरिता […]
२६ असार, काठमाडौं । नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ । पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले […]
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व […]
२६ असार, पाेखरा । म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे […]
२६ असार, काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् । आफूविरुद्ध सुरु गरिएको कारबाहीको विरोध गरिएको ट्वीटलाई आधार बनाएर प्रेसित विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरीको भनाइ छ । उनले भनेकी छन्, ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र […]
२६ असार, ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘त्यसदिन मसहित १५ जना घाइते भयौं’, महर्जन भन्छन्, ‘अल्का अस्पतालमा जाँच […]
२६ असार, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै […]
२६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले […]
२६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको हो । समितिको असार १७ को निर्णयपछि उपत्यकामा […]
२६ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले मास्क नलगाइ हिँडेको अभियोगमा ४५ जनालाई कारबाही गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड पालना नगरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । म्यादीका डीएसपी किरणजंग कुँवरका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गरिएको छ । जिल्ला […]
२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे […]
कोरोनाबाट थलिएको हाम्रो सिनेमा क्षेत्र अब कसरी गतिशील होला ? मानवीय संकट र मानसिक विचलनको यो घडीमा कस्तो सिनेमा खोजिएला ? छायांकनको बन्दोबस्ती, प्राविधिक जनशक्ति पुनःस्थापन, बजेट व्यवस्थापन, हल सञ्चालन कसरी होला ? एकातिर धीमा आवाजमा यिनै विषयमाथि विमर्श भइरहेको थियो । तर, अर्कोतिर उठेको कर्कस ध्वनीले एकाएक नेपाली सिनेमामा कोलाहल पैदा गरिदियो । यसको […]
२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ […]
२५ असार, काठमाडौं । कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर […]
२६ असार, काठमाडौं । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार […]
२५ असार, काठमाडौं । पछिल्लो १० दिन (असार १५ देखि २४ गतेसम्म) उपत्यकामा २६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १६७ जना उपत्यकामा बसोबास गर्दै आएका हुन् । बाँकी १२० जना विदेशबाट उद्धार गरिएका तथा उपचारको सिलसिलामा बाहिरी जिल्लाबाट आएका हुन् । उनीहरुमध्ये १२ जनाको त ठेगानासमेत खुलेको छैन । […]
२६ असार, बेनी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र […]
२६ असार, पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार […]
२६ असार, काठमाडौं । नेकपाका नेता जनार्दन शर्मा (प्रभाकर)ले पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताएका छन् । पार्टीभित्रको पछिल्लो विवाद समाधानको प्रयासमा शीर्ष नेताहरुसँग वार्तामा बस्ने गरेका नेता शर्माले शुक्रबारको स्थायी कमिटी बैठकअघि सो कुरा बताएका हुन् । प्रचण्ड निकट नेता शर्माले ट्वीटरमा लेखेका छन्, ‘आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको […]
२६ असार, गुल्मी । गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष छन् । चार जना संक्रमित […]
from समाचार – Online Khabar https://ift.tt/3iNMxJq
via IFTTT




















