समाचार
२३ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात […]
२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु परामर्शमा व्यस्त भएका छन् । यसैक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका […]
२३ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो । प्रकृति सेवा प्रतिष्ठान नेपालले नारायणी अस्पतालको सभा हलमा सोमबार सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा […]
२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]
२३ असार, झापा । मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावितहरुले लकडाउनको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको प्रति आपत्ति जनाएका छन् । सरकारले २४ जेठमा सार्वजनिक सूचना जारी गर्दै काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । तर, लकडाउनले सार्वजनिक यातायात पनि बन्द रहेको वेला सूचना जारी गरिनु विधिसम्मत नभएको बताउँदै प्रभावितहरुले […]
२३ असार, काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमतिसँगै उनीहरुले मंगलबार विहानबाट अनसन तोड्दैछन् । सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ । आरडीटी परीक्षण स्थगित गर्ने, […]
२३ असार, काठमाडौं । भारतसित सीमा क्षेत्रमा तनावपूर्ण रस्साकस्सी गरिरहेको चीनले अर्को सानो छिमेकी देश भुटानसँग पनि सीमा विवाद झिकेको भारती पक्षको आरोप छ । भारतलाई रणनीतिक दबाव दिने उद्देश्यले चीनले भुटानसँग नयाँ सीमा विवाद उब्जाएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । गत जूनको पहिलो साता ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी (जीसीएफ) भर्चुअल मिटिङ बसेको थियो । […]
२३ असार, काठमाडौं । सेयर बजारमा प्राथमिक र दोस्रो गरेर २ वटा बजार हुन्छन् । प्राथमिक बजारमा आवेदन दिएर सेयर खरिद गर्न सकिनेछ भने दोस्रो बजारमा ब्रोकर कार्यालयमार्फत सेयर किनबेच गर्न सकिन्छ । न्युनतम् मूल्यमा आवेदन दिइने भएकाले प्राथमिक बजारमा जोखिम कम हुन्छ । यद्यपि, आवेदन दिएर परेको सेयर पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि […]
२३ असार, काठमाडौं । निजी क्षेत्रले समेत अनुमति लिएर (लाइसेन्स प्राप्त गरेर) विद्युतको अन्तरदेशीय व्यापार गर्न पाउने प्रस्तावसहितको विधेयक संसदमा दर्ता भएको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘विद्युत सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो । हाल विद्युतको अन्तरदेशीय व्यापार सम्बन्धी कानुनी व्यवस्था छैन । संशोधन विधेयकमा यसलाई […]
काठमाडौं । चौंरी हाइड्रोपावर जलविद्युत आयोजना निर्माण शुरु भएको छ । ६ मेघावाट क्षमताको आयोजना २०७८ मंसिरमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण शुरु गरेको हो । चौंरी खोला काभ्रपलान्चोक र रामेछापको सिमा भएर बग्ने नदीमा चौरी हाइड्रोपावर प्रालिले विद्युत उत्पादन गर्न लागेको हो । आयोजनाको विद्युतगृहबाट बाँध निर्माण स्थलसम्म बाटो खन्ने काम भइरहेकाे आयोजना […]
२३ असार, डडेलधुरा । लगातारको वर्षासँगै आएको बाढीपहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । डडेल्धुरा जिल्लाका सात स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्मे तथा भासिँदै गएपछि सवारी साधन चल्ने अवस्था नभएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ । जिल्लाको बगरकोट–रुपाल, कोटेली–धनकाट, देवल–राजुल, कोरालखोला–रेल र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध […]
२३ असार, काठमाडौं । कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ । प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए । यसअघि कोरोना महामारीमा सरकारको […]
२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले […]
२३ असार, काठमाडौं । पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु […]
२३ असार, काठमाडौं । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो । समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन […]
२३ असार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । […]
२३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक […]
२२ असार, काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरूबीच विश्वासको कतिसम्म संकट छ भन्ने ज्वलन्त उदाहरण आइतबारको एउटै ‘अफवाह’ पर्याप्त बन्यो । नेकपाभित्र फैलिएको शंकाको डढेलो सोमबार साँझसम्म पनि निभेको छैन । अझै यो शंकाको लपेटोले प्रचण्ड र माधव नेपाल पक्षलाई समेत छोएको छ । आइतबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र […]
२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]
२२ असर, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा दुई जना नयाँ सदस्य मनोनित गरे । वैदेशिक रोजगार विशेषज्ञ सदस्यका रुपमा म्यानपावर व्यवसायी र विदेश जान मेडिकल गर्ने व्यवसायी नै मनोनित भएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र नेपाली स्वास्थ्य व्यवसायी […]
२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित समय फागुनमै १४औं महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० साउनभित्र अन्तरिम संरचना समायोजन गरी कार्यतालिका बनाएको छ । त्यसपछि बल्ल महाधिवेशन केन्द्रित काम सुरु हुनेछ । तर कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा स्वयं केन्द्रीय सदस्य समेत विश्वस्त […]
from समाचार – Online Khabar https://ift.tt/38xWLsx
via IFTTT






















