समाचार
२३ साउन, झापा । अपराध भएलगत्तै हुने सानो कमजोरीका कारण अभियुक्त भेट्न वर्षौं लाग्न सक्छ । कतिपय घटनामा प्रहरीलाई ढिलो सूचना पुग्दा अभियुक्त भारततिर छिर्छन् भने कहिलेकाहीँ अनुसन्धानको सुई सही दिशामा अघि नबढ्दा पनि अभियुक्त उम्कन्छन् । तर, अपराधमा संलग्नले जतिसुकै चतुर्याइँ गरे पनि कुनै न कुनै दिन अभियुक्त प्रहरीको फन्दामा परेरै छाड्छन् । जिल्ला […]
२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै […]
२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । […]
२३ साउन, धनगढी । कैलालीको लम्की चुहा नगरपालिका–६ प्रतापपुरकी भावना विष्ट शुक्रबार परिवारसँग भारतको मुम्बइबाट नेपाल आइपुगिन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको भयावह हुन थालेपछि उनी काखे बालक च्यापेर नेपाल आएको बताइन् । ‘हामी बसेको ठाउँमा धेरै संक्रमित थिए । बाहिर निस्किन पनि डर थियो । त्यसले आयौं’ उनले भनिन् । गाडीमा एउटा […]
२३ साउन, काठमाडौं । ललितपुर महानगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने बिहीबारसम्म ६६ जना संक्रमित छन् । काठमाडौं र तराईका जिल्लालाई हेर्ने हो भने उपत्यकामा संक्रमितको संख्या न्यून हो । परीक्षण नभएर वा व्यवस्थापन राम्रो भएर, संक्रमितको संख्या कम भएको हो कि ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ । कारण जे भए […]
२३ साउन, काठमाडौं । ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो । ‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो । उनी केहीबेर घोत्लिए । […]
२३ साउन, काठमाडौं । सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा […]
२३ साउन, पोखरा । आइसोलेसनमा रहेका सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले ‘हाललाई कोरोनामुक्त जिल्ला’ मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल म्याग्दीको आइसोलेसनमा रहेका ६ जनाको […]
२३ साउन, जनकपुरधाम । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिराहाको लहान नगरपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालका अनुसार शुक्रबार राति १२ बजेदेखि आगामी साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय भएको हो । यो […]
२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४/५ […]
२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका […]
२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो । यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा […]
२३ साउन, चितवन । चितवनमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–१ का ४६ वर्षीय एक पुरुष र ३८ वर्षीया एक महिला छन् । उनीहरु दुवै जना क्वारेन्टिन बाहिरका हुन् । भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष र महिला […]
साउन २३ गते, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैका दिनमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् । कोरोना भाइरस महामारीको रोकथाम तथा […]
२३ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार एकजना प्रहरी कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार १० जनामा संक्रमण पुष्टि भएको थियो । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा-५ का ५५ वर्षका पुरुष, हेटौंडा-८ का ४० वर्षका पुरुष, हेटौंडा-९ का ५८ वर्षका पुरुष, […]
२३ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) प्रभावित निजी विद्यालयलाई राहत वा सहुलियत दिने विषयमा सांसदहरूबीच राय बाझिएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा भाग लिँदै केही सांसदहरूले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले तलब नपाएको भन्दै उनीहरुलाई सरकारले राहत र सहुलियत दिनुपर्ने सुझाव दिए । केही सांसदले भने कोभिड–१९ […]
२३ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार अत्यधिक वर्षा भएको छ । अत्यकिध वर्षाका कारण स्थानीय खहरे खोलामा आकस्मिक बाढी आएको छ भने केही क्षेत्र डुवानमा परेका छन् । वीरेन्द्रनगरमा एक घण्टामै ९० मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । घण्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा […]
२३ साउन, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् । काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी […]
२३ साउन, जनकपुरधाम । प्रहरीको आचरणविरुद्ध काम गरेको भन्दै प्रदेश २ का एक जना प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् । प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुरधाम दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत असई सुरेश सहनी निलम्बनमा परेका हुन् । सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट […]
२३ साउन, काठमाडौं । यस वर्षको बी.पी. साहित्य सम्मान पुरस्कार साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले हरेक वर्ष बी.पी. जयन्तीको अवसरमा प्रदान गर्ने यो पुरस्कारको राशी एक लाख एक हजार नगद रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान […]
२३ साउन,बुटवल । बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको थ्रोट स्वाबको परीक्षण गर्दा बाँकेका ४९, बर्दिया र रुकुम पूर्वका एक–एक जना गरी ५१ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको […]
from समाचार – Online Khabar https://ift.tt/3kijuhP
via IFTTT






















