Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । कास्कीका ४, ललितपुरका २, काठमाडौं, सिन्धुली, काभ्रे, धादिङ, स्याङ्जा र कञ्चनपुरका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् । पोखरा महानगरपालिका–३, कास्कीका ६५ वर्षीय पुरूषको आइतबार दिउँसो ४:३३ बजे पोखरा स्वास्थ्य विज्ञान […]

ट्रान्सपरेन्सीको प्रश्न : सरकारको अनुहारमा दाग छ, ऐना फुटाउने ?

१५ मंसिर, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइतबार नेपाली कागजमा दुईपन्ने प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।’ रोचक त के छ भने सरकारले अस्वीकार गर्ने बताएको ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले भ्रष्टाचारसम्बन्धी इन्डेक्समा नेपाललाई केही सकारात्मकरुपमा समेत प्रस्तुत गरेको छ । उदाहरणका लागि- […]

अस्पताल विवादले राइनासमा फाटो : मेयर र वडाध्यक्षले गरे छुट्टाछुट्टै शिलान्यास

१५ मंसिर, पोखरा । लमजुङको राइनास नगरपालिकाको २३ फागुन २०७३ मा बसेको बैठकले वडा नम्बर ६ को धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति निर्णय गर्‍यो । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइनसकेका कारण तत्कालीन कार्यकारी अधिकृत नुराराज कडरियाको अध्यक्षमा बसेको बैठकले धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने निर्णय गरेर पठायो । जिल्ला समन्वय समिति, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय हुँदै […]

विश्वराजलाई एआईजीमा बढुवा गर्न सिफारिस, आईजीपीमा प्रतिष्पर्धा अन्त्य

१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक […]

सांसदहरुको प्रश्न : प्रदेश मातहतमा किन चाहियो कारागार ?

१५ मंसिर, काठमाडौं । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल थियो । छलफलमा सांसदहरुले विधेयकमा रहेको संघीय र प्रादेशिक कारागारसम्बन्धी व्यवस्थामा प्रश्न उठाए । प्रस्तावित विधेयकमा संघीय सरकार र प्रदेश सरकार मातहत रहने गरी दुई किसिमको कारागारको परिकल्पना गरिएको छ । तर सांसदहरुले दुईथरि […]

सबै चिठीपत्र स्थायी कमिटीमा लैजाने प्रचण्ड पक्षको तयारी

१५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष […]

वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास

१५ मंसिर,बुटवल । रुपन्दहीको तिलोत्तमा–१७ स्थित वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ । सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सोमबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका छन् । १८ करोड ४४ लाख रुपैयाँको लागतमा अस्पताल भवन बन्न लागेको हो । तिलोत्तमा नगरपालिकामा यो दोस्रो १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भएको हो […]

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए । […]

चक्रपथ विस्तार गर्दा स्वयम्भूको कति क्षेत्र मिचिन्छ ?

१५ मंसिर, काठमाडौं । चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका क्रममा स्वयम्भू क्षेत्रभित्रका केही संरचना हटाउनपर्ने भएको छ । यसलाई सम्पदा प्रेमीहरुले ‘विश्वसम्पदा क्षेत्र अतिक्रमण गर्ने योजना’ भनेका छन् । सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रको सीमा छुट्याउने स्तम्भ, हातले घुमाउने माने, हजार मूर्तिसहतिको स्तुप (साङ्गे तोङ्कु) भत्काउने तयारी गरेपछि स्थानीयले विरोध थालेका छन् । विरोध […]

अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने तयारी

१५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ । अब नेपाल नागरिक […]

कैलालीमा ९ वर्षकी बालिका बलात्कृत

१५ मंसिर, कैलाली । कैलालीमा एक ९ वर्षकी बालिका बलात्कृत भएको घटना दुई महिनापछि सार्वजनिक भएको छ । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरेको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई शाहीले बालिकालाई बलात्कार गरेको उनका परिवारले आरोप लगाएका छन् । बलात्कारको आरोपमा पक्राउ परेका शाहीविरुद्ध […]

भरतपुर अस्पतालमा ५० शैय्याको आकस्मिक भवनको शिलान्यास

१५ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा ५० शैय्याको सुविधा सम्पन्न आकस्मिक कक्ष भवन बन्ने भएको छ । करिब ९ करोडको लागतमा बन्ने भवनको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरे । अस्पतालको गुरुयोजना अनुसार नै अहिलेको ओपीडी भवनको अगाडि सडकसँग सटेको जग्गामा आकस्मिक कक्ष भवन बनाउन लागिएको हो । भवनमा […]

वरिष्ठ अधिवक्ता श्रेष्ठ न्यायपरिषद सदस्यमा नियुक्त

१५ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषदको सदस्यमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परिषदको सदस्यमा नियुक्त गरेकी  हुन् । न्यायाधीश नियुक्ति र आचरणसम्बन्धी अनुगमन गरी कारबाही गर्ने निकाय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय सरकारका कानुन, न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने वरिष्ठ […]

नेकपा नेता पुरीमाथि सुकुमबासीको जग्गा कब्जा गरेको आरोप

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका झापास्थित रतुवा नदीको पाता फर्काउने बताएका थिए । धार परिवर्तन भएपछि दमक नगरपालिका-१३, बालुवाटारमा रहेको रतुवा किनारको जग्गा कटानबाट त जोगियो तर, राजनीतिक पृष्ठभूमिका भू-माफियाबाट बच्न सकेन । संयोग कस्तो परेको छ भने प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै स्थानीय नेतामाथि जग्गा हत्याएको आरोप छ […]

दक्षिण एसियामा कोरोना : भारतमा बढी संक्रमित, अफगानिस्तानमा मृत्युदर बढी

१५ मंसिर, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिलेपनि सबैभन्दा बढी संक्रमित भएको मुलुक भारत हो भने सबैभन्दा कम भुटान । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण दक्षिण एसिया पनि नराम्ररी प्रभावित बन्न पुगेको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म ९४ लाख ३१ […]

कुनै पनि पालिका अस्‍पतालविहीन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

१५ मंसिर, चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् । सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दा स्वास्थ्यमन्त्री ढकाल चितवनमा अस्पताल भवन शिलान्यास गर्न पुगेका हुन् । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच […]

सालकको खपेटासहित २ जना पक्राउ

१५ मंसिर, काठमाडौं । काठमाडौंको मैतिदेवीबाट सालकको खपेटासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी नगरपालिका–४ का ३२ वर्षीय राम मिजार र सोही ठाउँका २७ वर्षीय नवराज मिजार रहेका छन् । गोप्य सूचनाको आधारमा सोमबार दिउँसो काठमाडौं महानगरपालिका–२९ स्थित मैतिदेवी पेट्रोल पम्प नजिकै गुडिरहेको बा.अ २ ज ६५७ नम्बरको भाडाको ट्याक्सी खानतलासी […]

डोटीमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तयारी

१५ मंसिर, डोटी । डोटी जिल्लामा इन्जिनियरिङ क्याम्पस स्थापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थाले प्रदेशस्तरीय आंगिक क्याम्पस अध्ययन गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । क्याम्पसको सम्भाव्यता अध्ययनका लागि सोमबार डोटी पुगेका संस्थानको टोलीले भौतिक पूर्वाधार, विद्यार्थीहरुको उपलब्धता, स्थानीयवासीहरुको प्रतिवद्धता र मानवीय स्रोतका उपलव्धताका विषयमा अध्ययन गरिरहेको टोलीका प्रमुख प्रा.डा. त्रिरत्न […]

रोटरी क्लबले बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्ने

१५ मंसिर, बुटवल । रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर सहित चारवटा परियोजना सुरु गरेको छ । क्लवले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना गर्न लागेको हो । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरका लागि यो […]

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

१५ मंसिर, काठमाडौं । कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक […]

पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुला गरिने

१५ मङ्सिर, काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले […]



from समाचार – Online Khabar https://ift.tt/3fT1HMr
via IFTTT
Powered by Blogger.