Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : शंकर पोखरेल

२० पुस, चितवन । पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए । ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको […]

भिरबाट लडेर एकजनाको मृत्यु

२० पुस, सुर्खेत । रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी पुस […]

चरीबाघको छालासहित एकजना पक्राउ

२० पुस, काठमाडौं ।  केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरपालिका-७ धापासीबाट दुई थान चरीबाघको छालासहित आइतबार नियन्त्रणमा लिएको हो […]

हरिकृष्ण श्रीमान् ! हजुरले केपी ओलीको मुद्दा हेर्न मिल्छ ?

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनले आफ्नो महान्यायाधिवक्तामा हरिकृष्ण कार्कीलाई नियुक्त गरे । सरकारको कानुनी सल्लाहकार रहेकै बेला कार्की महान्यायाधिवक्ता कार्यालयबाट स्वाट्ट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । तिनै न्यायाधीश कार्की गत शुक्रबार प्रधानमन्त्री ओली विपक्षी रहेको संवैधानिक इजलासमा बसे । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धका १२ वटा […]

छोरी बलात्कारको आरोपमा १ जना पक्राउ

२० पुस, विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन् । बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन् । उनीमाथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप छ । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए […]

देशभर ३० हजार सहकारी, ७३ लाख मानिस आवद्ध

२० पुस, काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको […]

विप्लव समूहका दुई कार्यकर्ता कालिकोटबाट पक्राउ

२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका […]

‘न्यायाधीशले संविधानभित्रैबाट फैसला दिनुपर्छ, बाहिरबाट होइन’

२० पुस, काठमाडौं । संवैधानिक/कानूनी व्याख्याको प्रश्न उत्पन्न हुँदा न्यायपालिकाले संविधान/कानूनको अक्षरमात्रै हेर्दैन, विधायिकीको आशयसमेत हेर्छ । अहिले संसद विघटनसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । यस्तोबेला अदालतले ‘शाब्दिक व्याख्या’ बाट  समाधान निकाल्न सकेन भने ‘विधायिकी आशय’समेत हेरेर संविधानको ‘स्वर्णिम व्याख्या’ गर्नुपर्छ भन्ने कानूनी व्याख्याको विधिशास्त्रीय मान्यता छ । दोस्रो संविधानसभाले संविधान बनाउँदै गर्दा […]

माधव नेपालको अध्यक्षतामा पेरिसडाडाँमा स्थायी कमिटी बैठक

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष […]

संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

२० पुस, काठमाडौं । ‘प्रतिनिधि सभा विघटन भइसक्यो, अब मध्यावधि चुनाव नै एकमात्र विकल्प हो’ भन्दै गुटको भेला गरिरहेकामध्ये एक हुन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण दाहाल । तर, उनले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिको हैसियतमा प्राप्त संसदको गाडी भने अझै फिर्ता गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]

महाकाली सन्धिको बहस : भारतबाट ऊर्जासचिव फर्केपछि ओली उत्साहित

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चुनावको मितिसमेत घोषणा भएका बेला एकाएक ऊर्जा सचिव दिनेश घिमिरे अकस्मात भारत पुगे । भारतबाट फर्केर सचिव घिमिरेले भने, ‘पञ्चेश्वरका विभिन्न मुद्दामा नेपालले राख्दै आएका विभिन्न अडानमा भारत सरकार सहमत भएको छ, यो ऐतिहासिक ‘ब्रेक थ्रु’ हो ।’ गत साता भारतसँग महाकाली सन्धिअनुसार सिँचाइ […]

एनआरएनएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

२० पुस, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन […]

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२० पुस, काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् । सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा […]

सरकारको ‘थिंक ट्यांक’मा अनुसन्धानकर्ता र विश्लेषकलाई खुल्यो जागीर

२० पुस, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र विश्लेषक पदको विज्ञापन खुलाएको छ । उसले सोमबार तीन वरिष्ठ अनुसन्धानकर्ता, चार सह–अनुसन्धानकर्ता र चार जना विश्लेषक पदका लागि आवेदन आह्वान गरेको हो । प्रतिष्ठानले ११ माघभित्रमा आवेदन दिनुपर्ने जनाएको छ । सबै पदको न्यूनतम योग्यता स्नातकोत्तर तह निर्धारण गरिएको छ । गत कात्तिकमा प्रतिठानले अनुसन्धानकर्ता […]

त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस […]

गैंडाको खागसहित एकजना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल […]

लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल   

२० पुस, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]

कैलालीमा गैंडाको खागसहित एक जना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका […]

प्रदेशसभा पनि विघटन हुनसक्छ : मन्त्री तुम्बाहाङ्फे

२० पुस, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् । पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र […]

१०५ किलो गाँजासहित ७ जना पक्राउ

२० पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्‍ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको […]

सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो

२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई […]



from समाचार – Online Khabar https://ift.tt/2X9vcB2
via IFTTT
Powered by Blogger.