Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओलीको अराजनीतिक टिप्पणी : सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो

१९ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली […]

गण्डकी प्रदेशमा कांग्रेसले अविश्वास प्रस्तावबारे छलफल नगर्ने

१९ पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा विभाजित भएपछि गण्डकी प्रदेशसभामा दुबै समूहको संसदीय दलको बैठक पुस १३ गते बस्यो । ओली समूहको बैठकमा केन्द्रीय कार्यक्रमको बिफ्रिङ गर्दै प्रधानमन्त्री ओलीको कदमको स्वागत गर्ने र प्रदेश सरकारलाई बलियो बनाउने निर्णय गर्‍यो । प्रचण्ड– माधव समूहले संसद विघटनको कदमको भत्सना गर्ने र प्रदेश सरकारका […]

मासु नपकाएको निहुँमा श्रीमतीको हत्या, आत्महत्या देखाउने प्रयास !

१९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको श्रीमान सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो । दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई पनि बताउने गरेकी थिइन् । शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन […]

संसद विघटनविरुद्ध कांग्रेस आन्दोलित, वडा तहसम्मै प्रदर्शन गर्ने

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा […]

विराटनगरको श्रम कार्यालय तोडफोड

१९ पुस, विराटनगर । विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ । आइतबार सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका कार्यालय प्रमुख प्रेम सञ्जेलले बताए । थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । दुई […]

पर्सागढीमा विजयउत्सव मनाइयो (फोटो फिचर)

१९ पुस, वीरगञ्ज । आइतबार पर्साको पर्सागढीमा पर्सागढी विजयउत्सव भव्यताका साथ मनाइएको छ । १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो । सो युद्धमा विजय पाएको सम्झनामा साइक्लिङ पदयात्रा, विभिन्न साँस्कृतिक झाँकीको प्रदर्शनी तथा विजय ¥याली आयोजना गरिएको छ । पर्सागढी नगरपालिकाबाट निकालिएको ¥यालीमा नेपाली […]

नेकपा विभाजनको असर : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत […]

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । मुम्बईमा न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो । सीता यसअघि पनि उपचारका […]

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]

स्वयम्भुनाथ बचाउ मञ्चद्वारा विरोध प्रदर्शन

१९ पुस, काठमाडौं । कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सुचीकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भुनाथ संरचना बचाउ अभियान मञ्चले विरोध प्रदर्शन गरेको छ । मञ्चले आइतबार स्वयम्भु क्षेत्रमै पुगेर विरोधसभा गरेको हो । कार्यक्रमका वक्ताहरूले स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्रको घुमाउने माने र साङ्गे तोङकु समेत भत्काउन लागेको र त्यसलाई तत्काल रोक्नुपर्ने […]

प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

१९ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । ६४ प्रतिशत सांसदहरुको समर्थनप्राप्त प्रधानमन्त्रीले आफू चौतर्फी घेराबन्दीमा परेपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको भन्दै उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताए । यद्यपि यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन […]

सेवाग्राहीसँग घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त

१९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि […]

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]

प्रचण्ड-माधव समूहले प्रमुख सचेतकबाट राजभण्डारीलाई हटायो

१९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव समूहले संसदीय दलको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको प्रचण्ड– माधव समूहको संसदीय दलको बैठकले प्रमुख सचेतक राजभण्डारीलाई हटाउने निर्णय गरेको हो । राजभण्डारी ओली समूहका नेता हुन् । […]

बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

१९ पुस, काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका-३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२:४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । डा खनालका अनुसार ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार […]

सशस्त्र प्रहरीको २ नं. गण भवनको आईजीपी खनालद्वारा उद्घाटन

१९ पुस, झापा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापामा रहेको सशस्त्र प्रहरी बल¸ नेपाल नं. २ गण हेडक्वार्टर झापाको आइतबार कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार¸अनुशाशित¸ बफादार¸ नैतिकवान र व्यवसायिक भइ नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन […]

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

१९ पुस,काठमाडाैं । कास्कीको पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका-७ की ८२ वर्षीया महिलाको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा शनिबार राति पाैने ८ बजे मृत्यु भएको हो । उनीमा पुस १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै […]

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : संसद विघटन संविधानसम्मत्

१९ पुस, काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गरेको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति कार्यालयले यस्तो धारणा व्यक्त गरेको हो । ‘…सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिसका आधारमा सम्मानीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने […]



from समाचार – Online Khabar https://ift.tt/3oeX1DN
via IFTTT
Powered by Blogger.