Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

काठमाडौंमा हल्का पानी पर्‍यो, बुधबारसम्मै मौसम खराब रहने

२० पुस, काठमाडौं । काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने । हाल पश्चिमी वायुमा विकसित भएको […]

निर्वाचन आयोगको चिठी : प्रचण्डलाई ७ दिने म्याद, ओलीलाई जानकारी

१९ पुस, काठमाडौं । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद […]

विद्यालय खोल्ने सरकारको निर्णय, जीमखाना र सिनेमा हल पनि खुला

१९ पुस, काठमाडौं । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने भएको छ ।  विगत ९ महिनादेखि घरैमा बस्न बाध्य बालवालिकाहरू अब विद्यालय जान पाउने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने […]

‘संसद विघटन राजनीतिक विषय हो, अदालत प्रवेश गर्न मिल्दैन’

१९ पुस, काठमाडौं । सरकारले संसद विघटनको विषय राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नमिल्ने जिकिर गरेको छ । संसद विघटनसम्बन्धी रिटमा आइतबार महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो भन्दै राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको बताएका छन् । […]

राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, निर्वाचन अवधिमै विवाद मिलाउन पाइने

१९ पुस, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ । निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई नियमावलीबाट झिकिएको छ । अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको विवाद मिलाउन पाउने भएको छ । निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को (६) […]

ओलीको अराजनीतिक टिप्पणी : सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो

१९ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली […]

गण्डकी प्रदेशमा कांग्रेसले अविश्वास प्रस्तावबारे छलफल नगर्ने

१९ पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ समूहमा विभाजित भएपछि गण्डकी प्रदेशसभामा दुबै समूहको संसदीय दलको बैठक पुस १३ गते बस्यो । ओली समूहको बैठकमा केन्द्रीय कार्यक्रमको बिफ्रिङ गर्दै प्रधानमन्त्री ओलीको कदमको स्वागत गर्ने र प्रदेश सरकारलाई बलियो बनाउने निर्णय गर्‍यो । प्रचण्ड– माधव समूहले संसद विघटनको कदमको भत्सना गर्ने र प्रदेश सरकारका […]

मासु नपकाएको निहुँमा श्रीमतीको हत्या, आत्महत्या देखाउने प्रयास !

१९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको श्रीमान सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो । दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई पनि बताउने गरेकी थिइन् । शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन […]

संसद विघटनविरुद्ध कांग्रेस आन्दोलित, वडा तहसम्मै प्रदर्शन गर्ने

१९ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा […]

विराटनगरको श्रम कार्यालय तोडफोड

१९ पुस, विराटनगर । विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ । आइतबार सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका कार्यालय प्रमुख प्रेम सञ्जेलले बताए । थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । दुई […]

पर्सागढीमा विजयउत्सव मनाइयो (फोटो फिचर)

१९ पुस, वीरगञ्ज । आइतबार पर्साको पर्सागढीमा पर्सागढी विजयउत्सव भव्यताका साथ मनाइएको छ । १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो । सो युद्धमा विजय पाएको सम्झनामा साइक्लिङ पदयात्रा, विभिन्न साँस्कृतिक झाँकीको प्रदर्शनी तथा विजय ¥याली आयोजना गरिएको छ । पर्सागढी नगरपालिकाबाट निकालिएको ¥यालीमा नेपाली […]

नेकपा विभाजनको असर : गाउँपालिका उपाध्यक्षले नदिएको राजीनामा स्वीकृत

१९ पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय सरकारमा समेत देखिएको छ । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, पार्टीको दुई समूहमा लागेका छन् र, अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत भएको जानकारी दिएका छन् । उपाध्यक्ष विष्टले राजीनामा दिएको दाबी गर्दै शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले राजीनामा स्वीकृत […]

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै […]

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा […]

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]

प्रचण्ड पत्नी सीतालाई मुम्बई लैजाने तयारी

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भएको छ । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो । मुम्बईमा न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो । सीता यसअघि पनि उपचारका […]

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]

स्वयम्भुनाथ बचाउ मञ्चद्वारा विरोध प्रदर्शन

१९ पुस, काठमाडौं । कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सुचीकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भुनाथ संरचना बचाउ अभियान मञ्चले विरोध प्रदर्शन गरेको छ । मञ्चले आइतबार स्वयम्भु क्षेत्रमै पुगेर विरोधसभा गरेको हो । कार्यक्रमका वक्ताहरूले स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्रको घुमाउने माने र साङ्गे तोङकु समेत भत्काउन लागेको र त्यसलाई तत्काल रोक्नुपर्ने […]

प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

१९ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । ६४ प्रतिशत सांसदहरुको समर्थनप्राप्त प्रधानमन्त्रीले आफू चौतर्फी घेराबन्दीमा परेपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको भन्दै उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताए । यद्यपि यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन […]

सेवाग्राहीसँग घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त

१९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि […]

कर्णालीका किसानलाई सहकारीमार्फत व्याज अनुदान

१९ पुस, सुर्खेत । कर्णालीका साना किसानले अब सहकारीमार्फत् व्याज अनुदान पाउने भएका छन् । प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न सहकारीमार्फत व्याज अनुदान दिने भएका हो । व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति विपन्न कृषकहरुका लागि ५० हजारदेखि पाँच लाखसम्म ऋण प्रवाह […]



from समाचार – Online Khabar https://ift.tt/3naDove
via IFTTT
Powered by Blogger.