समाचार
२० पुस, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र विश्लेषक पदको विज्ञापन खुलाएको छ । उसले सोमबार तीन वरिष्ठ अनुसन्धानकर्ता, चार सह–अनुसन्धानकर्ता र चार जना विश्लेषक पदका लागि आवेदन आह्वान गरेको हो । प्रतिष्ठानले ११ माघभित्रमा आवेदन दिनुपर्ने जनाएको छ । सबै पदको न्यूनतम योग्यता स्नातकोत्तर तह निर्धारण गरिएको छ । गत कात्तिकमा प्रतिठानले अनुसन्धानकर्ता […]
२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल […]
२० पुस, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]
२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका […]
२० पुस, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् । पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र […]
२० पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको […]
२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई […]
२० पुस, काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको […]
२० पुस, बागलुङ । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको […]
२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे […]
२० पुस, काठमाडौं । गत शुक्रबार पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा पेस भएको मेशनरी पार्टस् आयातको प्रज्ञापन पत्रमा वस्तुको दरबन्दी घोषणा गरिएअनुसारको मूल्यांकन (खरिद गरेको भनी दाबी गरेको मूल्य) १० सेन्टभन्दा तल थियो । जबकि उक्त वस्तुको भन्सार मूल्यांकन ४० सेन्टदेखि ५० सेन्ट हुनु पर्थ्यो । भन्सार एजेन्ट वा व्यवसायीको मिलोमतोमा भन्सारलाई झुक्याउने गरी भएको […]
२० पुस, काठमाडौं । शुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार विहान कारसँग ठोक्किएर १० वर्षको पोथी बाघ मर्यो । शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी […]
२० पुस, बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ । भूकम्पको धक्का बैतडीसहित दार्चुला र बझाङका […]
२० पुस, डोटी । बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ । समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले जानकारी दिइन् । सम्झौता पत्रमा पुजारी र पुरोहितहरुले बिवाह गराउँदा केटा र केटीको नागरिकता अथवा […]
२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको […]
२० पुस, काठमाडौं । नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल […]
२० पुस, काठमाडौं । रोजगारीका अवसर सिर्जना गर्न र युवालाई उद्यमी बनाउन बैंकहरुले विभिन्न शीर्षकमा सहुलियत ऋण उपलब्ध गराइरहेका छन् । शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था पनि गरेको छ । तर, सस्तो व्याजमा पाइने उद्यमशील कर्जाको पनि राम्रो उपयोग हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार […]
२० पुस, काठमाडौं । काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम बदली रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने । हाल पश्चिमी वायुमा विकसित भएको […]
२० पुस, काठमाडौं । डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू)मा विवादित र भ्रष्ट पदाधिकारीलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । केसीले आइतबार विज्ञप्ति जारी गरी आफूसँग विगतमा भएको सम्झौता बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताको आधारमा पदाधिकारी नियुक्ति गर्न पनि माग गरेका छन् । डा. केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको […]
२० पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् । सोमबारको बैठकमा सांगठनिकलगायतका […]
१९ पुस, काठमाडौं । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद […]
from समाचार – Online Khabar https://ift.tt/3o6UlIl
via IFTTT






















