Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् । डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका […]

१५ दिनमा काठमाडौंमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु, दोषी को ?

१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो । योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गत बिहीबार ग्वार्काेको […]

प्रतिनिधि सभा विघटनमा मूकदर्शक बने राष्ट्रिय सभाका समिति

१८ पुस, काठमाडौं । यसभन्दा पहिला प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय छन् । कुनै पनि समितिले प्रतिनिधिसभा विघटनको बारेमा बोलेका छैनन् । संकटको समयमा बोल्ने म्यान्डेट पाएको विधायन व्यवस्थापन समिति प्रतिनिधिसभा विघटन हुँदा मूकदर्शक बनेको छ । कुनै सहयोग र प्रायोजन […]

‘ओली समूहले दाबी नगरे सूर्यचिन्ह बहुमत पक्षले पाउने’

१७ पुस, काठमाडौं । केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष […]

संसद विघटनबारे ‘एमिकस क्युरी’ मा ओली पक्ष हावी ?

१७ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी ‘एमिकस क्युरी’मा वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारीलाई पठाउने निर्णय गरेको छ । केन्द्रीय नेपाल बार एसोसिएसनले भने वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनालीलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]

कोभिड व्यवस्थापनमा अब्बल गंगालाल अस्पताल

१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो । गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी […]

अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ?

१७ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो । शुक्रबार पहिलो दिन भएका कारण अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति लिनेको चाप देखिएन । पुनः […]

प्रधानमन्त्रीले बोले झूट !

१७ पुस, काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणासँगै फुटेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन् । प्रचण्ड–माधव समूहका प्रमुख नेताहरु निर्वाचन आयोग पुगेर बहुमत सदस्यको निर्णय मात्र जानकारी गराएनन्, आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओली समूहले पनि आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक राख्यो […]

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]

ठोरी घुम्न आउने पर्यटकको संख्यामा कमी

१७ पुस, वीरगञ्ज । अंग्रेजी नयाँ वर्षका दिन यसवर्ष ठोरी घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । नयाँ वर्षमा आन्तरिक तथा भारतीय पर्यटकहरुको बाक्लो चहलपहल रहने ठोरीको राईधारा, सुवर्णपुरको बाघमोर्चा क्षेत्रमा यसवर्ष पर्यटकको संख्यामा कमी आएको हो । विगतका वर्षहरुमा अंग्रेजी नयाँ वर्षको दिन ठोरीमा हजारौंको संख्यामा मानिसहरु वनभोज खान र घुमफिर गर्न आउने […]

रकम लेनदेन विवादमा नातेदारबाटै बालकको हत्या

१७ पुस, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकामा मृत अवस्थामा फेला परेका बालकको हत्या रकम लेनदेनका कारण हत्या भएको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ । बिदेह नगरपालिका– २ दुहबी निवासी जीवन राय अमातका ५ बर्षीय छोरा अभिनन्दनको शव ब्रम्हदेव राय अमातको भैंसी बाँध्ने […]

बैंकमा थुप्रियो पैसा, सरकारलाई आन्तरिक ऋण उठाउने अवसर

१७ पुस, काठमाडौं । सरकारले गत आर्थिक वर्षमा १ खर्ब ९३ अर्ब रुपैयाँ आन्तारिक ऋण उठाउँदा औसतमा ६.५ प्रतिशत ब्याजदर व्यहोर्नु परेको थियो । चालु आर्थिक वर्षको बजेटका लागि २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउनु पर्नेछ । यसमध्ये ५७ अर्ब पहिलो चौमासमा उठिसकेको छ । चालु आवको पहिलो चौमासमा अघिल्लो वर्षको तुलनामा २ […]

बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ : ओली

१७ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ । तर ओली समूहका […]

पार्टी एकताको सम्भावना जिवितै छ : वामदेव गौतम

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताएका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको […]

डोल्पाका २ जना कोरोना संक्रमित उपचारका लागि हेलिकप्टरबाट काठमाडौंमा

१७ पुस, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमित डोल्पाका एक वडाध्यक्ष र शिक्षकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । ठुलिभेरी नगरपालिका–२, डोल्पाका ६० वर्षीय वडाध्यक्ष र सरस्वती माध्यामिक विद्यालयमाका ५१ वर्षीय शिक्षकलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल जानकारी दिए । प्रजिअ ढकालका अनुसार संक्रमित दुबैजनाको अवस्था गम्भीर छ […]

संसद विघटनको विरोधमा माइतीघरमा घन्कियो च्याब्रुङ

१७ पुस, काठमाडौं । असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै काठमाडौं, माइतीघरमा विरोध प्रदर्शन भएको छ । संसद पुनस्र्थापनाको माग गर्दा बृहत नागरिक आन्दोलनले शुक्रबार च्याब्रुङ सहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसद तत्काल पुनस्र्थापना हुनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्रीको कदम विरुद्ध […]

रेलवेको सुरक्षार्थ खटियो सशस्त्र प्रहरी

१७ पुस, काठमाडौं । जनकपुर–जयनगर रेलवे सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि सरकारले सशस्त्र प्रहरीलाई सुरक्षार्थ खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा […]

अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

१७ पुस, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणले अन्तराष्ट्रिय सञ्चार माध्यममा निकै प्राथमिकता पायो । विश्वका प्रमुख समाचार एजेन्सीदेखि ठूला अखबारले सो समाचारलाई राम्रै स्थान दिए । केही समय अगाडि भएको चिनियाँ रक्षामन्त्रीको भ्रमणको समयमा भन्दा यसपटक बढी कभरेज भयो । चिनियाँ विदेश मन्त्रालयमा हुने नियमित पत्रकार सम्मलेनमा पनि […]

राष्ट्रपति देशको साझा बन्न सक्नु भएन : रावल

१७ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहका नेता भिम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् । प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति देशको साझा बन्न नसकेको बताए । ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नु पर्ने थियो,’ रावलले भने, ‘तर […]

राहदानीका पानामा राष्ट्रपति भवन र सिंहदरबारको चित्र

१७ पुस, काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ । पुस १५ गते बसेको मन्त्रिपरिषद बैठकले राहदानीका भित्री पानामा राख्ने तस्वीरलाई स्वीकृति दिएको हो । अब राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहनेछ भने पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्‍त्री पार्वत गुरुङले […]



from समाचार – Online Khabar https://ift.tt/3aY4djN
via IFTTT
Powered by Blogger.