समाचार
२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा उनले आफ्नो महान्यायाधिवक्तामा हरिकृष्ण कार्कीलाई नियुक्त गरे । सरकारको कानुनी सल्लाहकार रहेकै बेला कार्की महान्यायाधिवक्ता कार्यालयबाट स्वाट्ट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । तिनै न्यायाधीश कार्की गत शुक्रबार प्रधानमन्त्री ओली विपक्षी रहेको संवैधानिक इजलासमा बसे । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धका १२ वटा […]
२० पुस, विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन् । बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन् । उनीमाथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप छ । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए […]
२० पुस, काठमाडौं । देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको […]
२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका […]
२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष […]
२० पुस, काठमाडौं । ‘प्रतिनिधि सभा विघटन भइसक्यो, अब मध्यावधि चुनाव नै एकमात्र विकल्प हो’ भन्दै गुटको भेला गरिरहेकामध्ये एक हुन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण दाहाल । तर, उनले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिको हैसियतमा प्राप्त संसदको गाडी भने अझै फिर्ता गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]
२० पुस, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का चार जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधान विपरीत नेतृत्वले विशेष अधिवेशन […]
२० पुस, काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् । सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा […]
२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चुनावको मितिसमेत घोषणा भएका बेला एकाएक ऊर्जा सचिव दिनेश घिमिरे अकस्मात भारत पुगे । भारतबाट फर्केर सचिव घिमिरेले भने, ‘पञ्चेश्वरका विभिन्न मुद्दामा नेपालले राख्दै आएका विभिन्न अडानमा भारत सरकार सहमत भएको छ, यो ऐतिहासिक ‘ब्रेक थ्रु’ हो ।’ गत साता भारतसँग महाकाली सन्धिअनुसार सिँचाइ […]
२० पुस, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धानकर्ता र विश्लेषक पदको विज्ञापन खुलाएको छ । उसले सोमबार तीन वरिष्ठ अनुसन्धानकर्ता, चार सह–अनुसन्धानकर्ता र चार जना विश्लेषक पदका लागि आवेदन आह्वान गरेको हो । प्रतिष्ठानले ११ माघभित्रमा आवेदन दिनुपर्ने जनाएको छ । सबै पदको न्यूनतम योग्यता स्नातकोत्तर तह निर्धारण गरिएको छ । गत कात्तिकमा प्रतिठानले अनुसन्धानकर्ता […]
२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस […]
२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल […]
२० पुस, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]
२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका […]
२० पुस, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् । पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र […]
२० पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको […]
२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई […]
२० पुस, काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको […]
२० पुस, बागलुङ । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुञ्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचारप्रसारको अभावकै कारण प्रकृतिको […]
२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे […]
२० पुस, काठमाडौं । गत शुक्रबार पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा पेस भएको मेशनरी पार्टस् आयातको प्रज्ञापन पत्रमा वस्तुको दरबन्दी घोषणा गरिएअनुसारको मूल्यांकन (खरिद गरेको भनी दाबी गरेको मूल्य) १० सेन्टभन्दा तल थियो । जबकि उक्त वस्तुको भन्सार मूल्यांकन ४० सेन्टदेखि ५० सेन्ट हुनु पर्थ्यो । भन्सार एजेन्ट वा व्यवसायीको मिलोमतोमा भन्सारलाई झुक्याउने गरी भएको […]
from समाचार – Online Khabar https://ift.tt/2XkXfxz
via IFTTT






















