Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सेयर बजारमा मौलाउँदो ‘इन्साइडर ट्रेडिङ’

११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् । कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ […]

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

११ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई […]

चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्ने

११ फागुन, काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले […]

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको […]

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

११ फागुन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी […]

सिराहामा बस दुर्घटना हुँदा १३ जना घाइते

११ फागुन, लहान । सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ । बिगि्रएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति […]

साम्य हुँदै भारत-चीन तनाव : सम्बन्ध पूर्ववत अवस्थामा फर्केला ?

११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य केही सेना पछि हट्ने प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई मुलुकको सम्बन्ध अब सामान्यीकरणतर्फ […]

नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीका पोल बाधक

११ फागुन, चितवन । चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी […]

प्रधानमन्त्रीले किन बोलाए सुरक्षा परिषद बैठक ?

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ । परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेका छन् । उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् । यद्यपि कतिपयले मुलुकको […]

केपी ओली र देउवालाई नख्खु पुर्‍याउँछौं : रवीन्द्र मिश्र

११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । काठमाडौं आयोजित संसद विघटनविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा पुर्‍याउने बताएका हुन् । ‘बालुवाटारबाट बालकोट जाने […]

राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश

११ फागुन, काठमाडौं । राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्ने तथा विदेशी मुद्राको व्यवभार रोक्ने उद्देश्यले २०२४ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान प्रा.लि. स्थापना भएको थियो । सोही वर्षको फागुन ११ गतेदेखि यसले व्यवसाय सुरु गरेको थियो । राष्ट्रिय बिमा […]

संसद विघटन : मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा

११ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो । सर्वोच्चले अब संसद […]

मेलम्ची उद्घाटनको हतारो

१० फागुन, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापा सोमबार युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसहितको टोली लिएर अम्बाथान पुगे । र, मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा पुनः पानी भर्न शुभारम्भ गरे । उनको दाबी छ, ‘अब काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न धेरै समय कुर्नु पर्दैन […]

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ । सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर […]

‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]

बजेटमा नलिनु भनेको ३५ लाख भत्ता सांसदले लिए

१० फागुन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि खर्च जुटाउन भन्दै रोकेको बैठकभत्ता, पारवाहनभत्ता सांसदहरुले लिएको पाइएको छ । कोरोना रोग नियन्त्रमा पहिलो पंक्तिमा रहेर काम गर्नेहरु बाहेकको सबै प्रकारका भत्ताहरु सरकारले बजेटमार्फत रोकेको थियो । तर, सांसदहरुले सरकारले रोकेको ६ महिनापछि भत्ता बापत ३५ लाख रुपैयाँ लिएका हुन् । […]

कोरोना खोपको दोस्रो मात्रा ८ हप्तामा दिइने

१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ । कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले  पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो । ‘हामीले प्रस्तावलाई स्वीकार गरेका छौं, दोस्रो मात्रा लगाउने बेलामा सूचना […]

संसद पुनर्स्थापना भए तमासाको राजनीति सुरु हुन्छ : प्रधानमन्त्री   

१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो । ‘देश बनाउन लोकतान्त्रिक […]

लमजुङको जंगलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा  

१० फागुन, लमजुङ । लमजुङको एक जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो । शनिबारबाट सुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जंगलमा ठूलो आगलागी भएको थियो […]

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा, रसुवागढी अझै अनिश्चित

१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए […]

गुल्मीमा ससुराका हत्या आरोपित ४२ वर्षीया महिला सार्वजनिक

१० फागुन, गुल्मी । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन […]



from समाचार – Online Khabar https://ift.tt/3aIFAHm
via IFTTT
Powered by Blogger.