समाचार
१ फागुन, लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]
१ फागुन, कञ्चनपुर । नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ । कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने […]
१ फागुन, काठमाडौं । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान […]
१ फागुन, काठमाडौं । दक्षिण एसियामा १० मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तानमा र अर्को भूकम्प चीनको सिचुवानमा गएको हो । नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । यता अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ । ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन […]
३० माघ, काठमाडौं । शुक्रबार नागरिक अभियन्ताहरूले एकैदिन दुईवटा फरक-फरक आन्दोलन राखेका थिए । बिहान ११ बजे स्रष्टाहरूको साझा आन्दोलन तय गरिएको थियो । दिउँसो २ बजे बसन्तपुरदेखि सिंहदरबारसम्म महिला-मार्च राखिएको थियो । अन्ततः दुवै आन्दोलनको संगम बिन्दु ‘बसन्तपुर डबली’ बन्न पुग्यो । दिउँसो महिला टोली र साहित्यकारहरूको टोली बसन्तपुरमा मिसियो । डबलीबाट सिंहदरबारतर्फ लम्केको […]
३० माघ, काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ […]
३० माघ, काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक बढायो । भारतीय आयल कर्पोरेसनबाटै बढेर आएको नयाँ मूल्यअनुसार घाटा बढेकाले मूल्य समायोजन गरिएको निगमको दाबी छ । उपभोक्ताकालागि एक महिनामै दुई पटक मूल्य बढाएको निगमले यहीबीचमा आफ्ना शेयर सदस्यहरुलाई अर्बमा लाभांश बाँड्यो, बिक्रेताको कमिसन पनि बढाइदियो । पेट्रोलियम पदार्थ […]
३० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक संसद विघटनबारे सर्वोच्च अदालतको फैसला शिरोधार्य गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले ‘सदर गरे जनताले पनि सदरै मान्नु पर्ने’ देउवाको धारणा रहेको बुझिन्छ । देउवा स्वयंले दुई दशक पहिले गरेको संसद विघटनको […]
३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय महेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । आयुषको देब्रे कानमा […]
३० माघ, वीरगञ्ज । पर्साबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– २५ सिर्सिया बस्ने २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साहलाई पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित उनलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनी बिआर ५ एएफ ४६४७ […]
३० माघ, वीरगञ्ज । माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी […]
३० माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः […]
३० माघ, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुक्रबार १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । शुक्रबार देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा […]
३० माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी […]
३० माघ, काठमाडौं । बनेपा नगरपालिका वडा नं ५ र ७ को सिमानामा पर्ने तीनधारा क्षेत्रमा अतिक्रमणमा पर्न लागेको सार्वजनिक जग्गामा मन्दिरको संरचना भेटिएको छ । तीनधारामा खाली रहेको सार्वजनिक जग्गामा व्यक्तिले अतिक्रमण गरी टहरा बनाउन जग खन्दा मन्दिरको बसाह भेटिएपछि सो ठाउँमा नगरपालिका र पूरातत्व विभागले खोजी सुरु गरेको हो । एक साताअघि बसाह […]
३० माघ, रौतहट । रौतहटको गौरमा चक्कु प्रहारबाट दुई युवक घाइते भएका छन् । बिहीबार राति गौर नगरपालिका-७ सिसवा टोलमा चक्कु प्रहार हुँदा गौर-१ का सुरेश दास र अनिल दास घाइते भएका हुन् । महिलाको विषयमा विवाद हुदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । श्रीमान वैदेशिक रोजगारीमा रहेका ती महिलाले छिमेकी पुरुषले दुख दिएको […]
३० माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले विघटित प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने बताएका छन् । २०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने बताए । शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै गुरुङले सर्वोच्च अदालतले विघटनलाई […]
३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै महिला आवाजलाई ट्याउँ–ट्याउँको संज्ञा दिएको भन्दै अधिकारकर्मीहरूले विरोध गरेका छन् । प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलनद्वारा शुक्रबार काठमाडौंमा आयोजित महिला मार्च कार्यक्रमका वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको सम्मान गर्न नसकेको आरोप लगाएका हुन् । महिला मार्चपछि भद्रकालीमा आयोजित सभालाई सम्बोधन गर्दै लेखक डा. अर्चना थापाले भनिन्, […]
३० माघ, काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् । घटना भएको दोस्रो साता […]
३० माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको, तर सशक्त रुपमा सडकमा नआएको नेपाली कांग्रेसका केही नेताले धुलिखेलमा छुट्टै भेला राखेका छन् । डा.शेखर कोइरालाले केन्द्रीय कमिटीका आठ नेतासहित २७ माघमा धुलिखेलमा भेला राखेका छन् । योजनाबद्ध नभई आकस्मिक भनिएको त्यो भेलाले संसद् पुनर्स्थापना नभए कांग्रेसकै अस्तित्वमा संकट आउनसक्ने निष्कर्ष निकालेको छ । भेलामा सहभागी […]
३० माघ, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा […]
from समाचार – Online Khabar https://ift.tt/3ai2zci
via IFTTT





















