समाचार
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु । नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् । […]
७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदमुक्त गर्ने निर्णय अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार मात्र परियारलाई पदमुक्त गरेकी थिइन् भने राजेश झा (राजेश अहिराज)लाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । अहिराजले शुक्रबार नै सपथ लिइसकेका छन् । प्रदेश प्रमुखबाट हटाइएका […]
७ फागुन, काठमाडौं । साझा यातायातको अध्यक्षमा कनकमणि दीक्षित निर्वाचित भएका छन् । शुक्रबार भएको साधारणसभाले दिक्षितलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । दीक्षितसँगै बन्दना थापा पनि सर्वसम्मत सदस्य (महिला)मा चुनिइन् । सुशील प्याकुरेल र भुषण तुलाधर निर्वाचन जितेर सदस्यमा चुनिएका छन् । रुद्र पौडेल पराजित भएका छन् । साधारणसभाले लेखा सुपरीक्षण समिति पनि […]
७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छिन् । प्रदेश प्रमुख बन्नुअघि नेकपाका नेता रहेका परियार ओली समूहमा नलागेका कारण उनलाई हटाइएको हो । परियारलाई हटाएलगत्तै शुक्रबार नै मधेस मिडिया हाउसका पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रदेश प्रमुखको सपथ ग्रहण गराएकी छन् […]
७ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ […]
७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् । कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो । छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका […]
७ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारी र चामलको मूल्य केही घटेको पाइएको छ । व्यापारीहरुले एकलौटी रुपमा बढाएको चामलको भाउ प्रतिकिलो ५ रुपैयाँले घटेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । यस्तै हरियो तरकारीको भाउ कम्तिमा ४ देखि बढीमा ३५ रुपैयाँले प्रतिकिलो मै घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले […]
७ फागुन, नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् । शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा […]
७ फागुन, बुटवल । झण्डै एक हजार जना शेयर सदस्य रहेको रुपन्देहीको एउटा पब्लिक कम्पनीले करोडौं मूल्यको जग्गा खरिद गर्दा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ । बुटवलमा प्रधान कार्यालय रहेको भिजन लुम्बिनी पब्लिक कम्पनि लिमिटेडले चार करोड ७२ लाखमा ६ बिघा ५ कठ््ठा जग्गा जग्गा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै राजस्व अनुसन्धान कार्यालय […]
७ फागुन, काठमाडौं । देशभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ । बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि […]
७ फागुन, पोखरा । शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो […]
७ फागुन काठमाडौं । भारतको गम्भीर आपत्तिपछि नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरेको छ । शुक्रबार सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने सीमा तोकेको हो । अब भारतीय ठूला सवारी साधनले एकपटकमा इन्धन ट्यांकीमा १०० सय […]
७ फागुन, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीए संकायमा अध्ययनरत विद्यार्थीले शुक्रबार प्रदर्शन गरे । एक वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएकोमा २ वर्ष बितिसक्दा समेत भवन नबनाएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् । विरोधमा उत्रिएका विद्यार्थीले ‘हामी बाचा हैन, परिणाम चाहान्छौं’, ‘बीबीए भवन खोई ?’, बीबीए प्रशासनले हाम्रो भविष्य खायो […]
७ फागुन, काठमाडौं । एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् । एपीएफले शुक्रबार लिगकाे अन्तिम खेलमा आर्मीलाई ३-० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेकाे हाे । यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र […]
७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ३१ जना महिला र ६६ जना पुरुष गरी कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार २६३ जना पुगेको […]
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । […]
७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले प्रतिनिधिसभा पुन्स्थापना गर्न राय दिएकी छन् । शुक्रबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको बताइन् । नेपालको संविधानमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै उनले भनिन्, ‘यो […]
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर […]
७ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् । शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’ प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन […]
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, […]
७ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए । मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने […]
from समाचार – Online Khabar https://ift.tt/3qC5yC5
via IFTTT






















