समाचार
११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य केही सेना पछि हट्ने प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई मुलुकको सम्बन्ध अब सामान्यीकरणतर्फ […]
११ फागुन, चितवन । चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी […]
११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । काठमाडौं आयोजित संसद विघटनविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा पुर्याउने बताएका हुन् । ‘बालुवाटारबाट बालकोट जाने […]
११ फागुन, काठमाडौं । राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्ने तथा विदेशी मुद्राको व्यवभार रोक्ने उद्देश्यले २०२४ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान प्रा.लि. स्थापना भएको थियो । सोही वर्षको फागुन ११ गतेदेखि यसले व्यवसाय सुरु गरेको थियो । राष्ट्रिय बिमा […]
१० फागुन, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापा सोमबार युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसहितको टोली लिएर अम्बाथान पुगे । र, मेलम्ची खानेपानी आयोजनाको साढे २७ किलोमिटर लामो सुरुङमा पुनः पानी भर्न शुभारम्भ गरे । उनको दाबी छ, ‘अब काठमाडौंबासीले मेलम्चीको पानी उपयोग गर्न धेरै समय कुर्नु पर्दैन […]
१० फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार भेटवार्ता भएको छ । जबरालाई भेट्न सेनापति थापा दिउँसो सर्वोच्च अदालत पुगेका थिए । उनलाई जग्गाको विषयमा छलफल गर्न आफूहरुले नै बोलाएको अदालत प्रशासनले जनाएको छ । सर्वोच्चको हालको भवन रहेको स्थानदेखि पछाडि नयाँ भवन बन्दैछ । यसका लागि जग्गा प्राप्ति र टेण्डर […]
१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]
१० फागुन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि खर्च जुटाउन भन्दै रोकेको बैठकभत्ता, पारवाहनभत्ता सांसदहरुले लिएको पाइएको छ । कोरोना रोग नियन्त्रमा पहिलो पंक्तिमा रहेर काम गर्नेहरु बाहेकको सबै प्रकारका भत्ताहरु सरकारले बजेटमार्फत रोकेको थियो । तर, सांसदहरुले सरकारले रोकेको ६ महिनापछि भत्ता बापत ३५ लाख रुपैयाँ लिएका हुन् । […]
१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ । कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो । ‘हामीले प्रस्तावलाई स्वीकार गरेका छौं, दोस्रो मात्रा लगाउने बेलामा सूचना […]
१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताएका छन् । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो । ‘देश बनाउन लोकतान्त्रिक […]
१० फागुन, लमजुङ । लमजुङको एक जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो । शनिबारबाट सुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जंगलमा ठूलो आगलागी भएको थियो […]
१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए […]
१० फागुन, गुल्मी । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन […]
१० फागुन, काठमाडौं । सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि समस्या समाधान आयोगको कार्यालय ताहचलस्थित गरीवी निवारण कोषको कार्यालय रहेकै भवनमा छ । सोमबार दिउँसो आयोग परिसरमा ठूलो संख्यामा युवाहरु घाम तापिरहेका थिए । सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न गठित आयोगमा किसानको भीड हुनुपर्नेमा कलेज पढिरहेका विद्यार्थीको भीड किन ? आयोगका एक […]
१० फागुन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ थियो । चेकजाँच गरिरहँदा प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटर अगाडि आयो, ट्राफिकले रोक्न संकेत गर्दागर्दै अघि बढ्यो । प्रत्यक्षदर्शी मुकुन्द घिमिरेका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गरे । त्यसक्रममा स्कुटर अनियन्त्रित भयो र […]
१० फागुन, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् । मुलुकको आर्थिक वृद्धि दर १० प्रतिशत भन्दा माथि पुर्याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उनले बताए । बुटवल उद्योग वाणिज्य […]
१० फागुन, काठमाडौं । विद्यार्थीका लागि डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते काठमाडौंमा हुने भएको छ । ‘डिजिटल लर्निङ डे’ को अवसरमा निमा एजुकेशन फाउन्डेसनले शैक्षिक संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउने […]
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् । ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका […]
१० फागुन, गुल्मी । नेकपा केपी ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरु भएको संकेत दिइसकेको दावी गरेका छन् । गुल्मीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर […]
१० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ६८१ जनाको नमुना परीक्षण गर्दा ४४ जना महिला र ८१ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको […]
१० फागुन, गुल्मी । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जा र प्रधानमन्त्री बन्ने खेलमा लाग्दा पार्टीमा समस्या आएको बताएका छन् । गुल्मीको तम्घासमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाए । उनले गलत बाटोबाट माधव […]
from समाचार – Online Khabar https://ift.tt/2MgCVvh
via IFTTT






















