समाचार
९ फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित नेपाली दूताबासमै बसेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्योपचारका लागि आइतबार विहान नयाँदिल्ली गएका थिए । पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका उनलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको अहिले चिकित्सकहरुको आशंका छ । चिकित्सकहरूको सिफारिसमा […]
९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]
९ फागुन, काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेशप्रमुख राजेश अहिराजले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने बताए । आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका उनले एक सन्देश जारी गर्दै उनले शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गरेका छन् । प्रदेश २ […]
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]
९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]
९ फागुन, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई jर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । […]
९ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबारबाट पुनः परीक्षण थालिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि त्रुटि सच्याएर पुनः परीक्षण सुरू हुन लागेको हो । गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको थियो […]
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’ चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग […]
९ फागुन, विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नु पर्ने बताएका छन् । प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले रोक्नु पर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाए । ‘शासक पागल जस्तै हुनसक्छन्, […]
९ फागुन, काठमाडौं । आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली नागढुंगा (सिस्नेखोला–दहचोक) सुरुङमार्गको निर्माणस्थलमा पुगे । इन्द्रदह महोत्सवमा सहभागी भएर फर्किने क्रममा उनी नागढुंगा सुरुङको अवलोकनका लागि पुगेका थिए । उनले प्राविधिकहरुसँग मुख्य रुपमा सुरुङ निर्माणमा भएको प्रगतिबारे चासो राखेका थिए । ‘तोकिएको सयमैमै काम सक्नुहुन्छ नि ?,’ उनले विभागका अधिकारीलाई सोधेका थिए,‘समस्या पन्छाएर समयमै […]
९ फागुन, सप्तरी । देशमा बढिरहेको महिला हिंसा र बलात्कारविरुद्ध आइतबार सप्तरीमा प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघले सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो । मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला […]
९ फागुन, सप्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताएका छन् । आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । ‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वाेच्च अदालतले […]
९ फागुन, काठमाडौं । काठमाडौंको ठमेलबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ महाराजगञ्जका ४९ वर्षीय सुधिर श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध पुस २९ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको […]
९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित बसन्तपुर पुगेको थियो । विरोध प्रदर्शनको नेतृत्व स्थायी […]
९ फागुन, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज -३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अटोमा आउँदै गरेका मण्डलले बोकेको झोला चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो वीरगञ्ज-१६ रजतजयन्त्री चोकबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् । उनको बोकेको प्लास्टिकको झोलाभित्र नाइट्राभेट ट्याब्लेट १ […]
९ फागुन, काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। […]
९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा १९ दिनदेखि जारी नेपाल विद्यार्थी संघको अनशनसहितको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका डा. कोइरालाले सत्तारुढ नेकपाको विवादकै कारण निर्धारित मितिमा चुनाव हुन नसक्ने ठोकुवा गरेका हुन् । वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने […]
९ फागुन, जनकपुरधाम । प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे । […]
९ फागुन काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको तालिका सार्वजनिक गरेको छ । केन्द्रले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको मेनु सार्वजनिक गरेको हो । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगाका लागि ६ थरी खाजा सिफारिस […]
९ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । जसपाले आइतबार सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समिति र जसपा निकट भातृसंगठनहरूले रत्नपार्कमा संयुक्त प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, […]
९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी […]
from समाचार – Online Khabar https://ift.tt/37ATF7K
via IFTTT






















