Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

८ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ । प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा […]

मुक्तिनाथमा मन बहलाउँदा (फोटो फिचर)

परिवारसँग घुम्नुको एउटा आनन्द छ, सबैजना साथमा हुँदा मन ढुक्क हुन्छ । तर, यसका केही सीमा र सर्तहरु हुन्छन् । एक्लै घुमफिर गर्नुजस्तो स्वतन्त्रता हुँदैन । एक्लो यात्री बनेर घर छाड्दाको रमाइलो अर्कै हुन्छ । यस वर्ष कोरोना र त्यसपछि लगाइएको लकडाउनले कम्ता उकुस-मुकुस भएन । घरभित्रै बस्नुपर्ने कस्तो बाध्यता ? आर्थिक वा सामाजिकभन्दा पनि […]

कथा : बा, तपाईंको मोबाइल चल्यो !

‘हेर त बाबु, यो मोबाइल एकपटक के भएको रहेछ ?’ शिरमा अलि पुरानो ढाका टोपी, काँधमा गलबन्दी भिरेका अधबैंसे पुरुषले सोधे । मोबाइल पसलमै मोबाइल मर्मत गर्ने पनि सुबिधा छ । एकजना २०/२२ वर्षे केटा र एकजना केटी पसलको काउन्टरमा अग्लो स्टुलमा बसेर टाउको झुकाउँदै आ-आफ्नै मोबाइलमा व्यस्त थिए । पसलको दाहिने कुनामा सिसाले बारेर […]

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, अस्पताल नजिकै मञ्च

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति  […]

नेपाली शेक्सपियर बालकृष्ण सम

वालकृष्ण सम नेपाली साहित्य जगतका शेक्सपियर मानिन्छन् । शेक्सपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । वालकृषण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । तर सम नाटकमा मात्र सीमित थिएनन् । कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि उनले कीर्तिमानी रचनाहरु नेपाली साहित्यलाई प्रदान गरेका छन् । उनका नाटक विधाका रचनाका अतिरिक्त […]

महजोडीसँगको त्यो रात

म फुच्चे हुँदाको कुरा । ठूलोबुवाले क्यामेरा किनेका थिए । उनी क्यामेराको औधी सौखिन । त्योबेला क्यामेरा हुनु भनेको ठूलै कुरा नि । ठूलोबुवा याशिका म्याट क्यामेरा झुन्ड्याएर ठाँटसँग हिँडडुल गर्थे । जब-जब उनी क्यामेरा बोकेर निस्कन्थे, म उनको पछाडि लुखुर-लुखुर दौडन्थें । एउटा क्यामेरा हेर्न र छुने त्यो बाल-उत्सुकताले डोहोर्‍याउँदै यो बिन्दुसम्म ल्याइपुर्‍यायो । […]

‘सार्वजनिक स्थानमा जनतालाई रोक्न पाइन्न’

८ फागुन, काठमाडौं । कात्तिक २०७६ देखि तीन महिना ‘अकुपाई टुँडिखेल’ अभियान चल्यो । मानव साङ्गोले टुँडिखेल घेर्नेदेखि ‘जनताको डोजर’ लैजानसम्मका कार्यक्रम भए । त्यही दबावसँगै खुलामञ्च अतिक्रमण गर्ने गरी बनाइएका सटरहरुमा काठमाडौं महानगरपालिकाले ५ फागुनमा डोजर लगायो । त्यसयता गुमनाम जस्तै भएको ‘अकुपाई टुँडिखेल’ अभियान शुक्रबार ७ फागुनदेखि फेरि ब्यूँतिएको छ । प्रतिनिधिसभा विघटन […]

आशंकाले अत्यायो प्रचण्ड–माधव समूहलाई

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु । नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् । […]

प्रदेश प्रमुखबाट हटाइएका परियार भन्छन् : पदमुक्त गर्ने निर्णय अप्रत्यासित

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदमुक्त गर्ने निर्णय अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार मात्र परियारलाई पदमुक्त गरेकी थिइन् भने राजेश झा (राजेश अहिराज)लाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । अहिराजले शुक्रबार नै सपथ लिइसकेका छन् । प्रदेश प्रमुखबाट हटाइएका […]

साझा यातायातको अध्यक्ष पुनः दीक्षित, अधिकृत पुँजी ५ अर्ब पुग्यो

७ फागुन, काठमाडौं । साझा यातायातको अध्यक्षमा कनकमणि दीक्षित निर्वाचित भएका छन् । शुक्रबार भएको साधारणसभाले दिक्षितलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । दीक्षितसँगै बन्दना थापा पनि सर्वसम्मत सदस्य (महिला)मा चुनिइन् ।  सुशील प्याकुरेल र भुषण तुलाधर निर्वाचन जितेर सदस्यमा चुनिएका छन् । रुद्र पौडेल पराजित भएका छन् । साधारणसभाले लेखा सुपरीक्षण समिति पनि […]

तिलक परियारलाई हटाएर पत्रकार अहिराजलाई प्रदेश प्रमुख बनाइयो, उपराष्ट्रपति र सभामुखद्वारा सपथ बहिस्कार

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी छिन् । प्रदेश प्रमुख बन्नुअघि नेकपाका नेता रहेका परियार ओली समूहमा नलागेका कारण उनलाई हटाइएको हो । परियारलाई हटाएलगत्तै शुक्रबार नै मधेस मिडिया हाउसका पत्रकार डा. राजेश अहिराजलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रदेश प्रमुखको सपथ ग्रहण गराएकी छन् […]

निर्वाचन आयोगप्रति प्रधानमन्त्री असन्तुष्ट

७ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ […]

बिहानै सत्ताको सभा, दिउँसो जनताको मार्च

७ फागुन, काठमाडौं । शुक्रबार दिउँसो टुँडिखेल मार्चलाई टुँडिखेल प्रवेश गर्न नदिइएपछि महाँकाल मन्दिर अगाडि उभिएर लेखक खगेन्द्र संग्रौलाले भने, ‘आज यो सभामा जति नागरिक सहभागी छन्, त्योभन्दा बढी सहभागिता प्रहरी भाइबहिनीको छ । जब तानाशाह डराउँछ, नागरिकका अगाडि आफूसँग भएको सबै शक्ति पठाउँछ । प्रहरी पठाउँछ, सेना पठाउँछ, तोप पठाउँछ ।’ लेखक संग्रौलाले २०६२/६३ […]

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् । कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो । छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका […]

संसद विघटनमा अब फैसला बाँकी, सर्वोच्चमा दुई महिना के–के भयो ?

७ फागुन, काठमाडौं । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यो विवाद अहिले न्यायालयमा छ । अहिले संसद विघटनलाई समर्थन गर्ने र विरोध गर्नेहरु मात्र होइन, आम सर्वसाधारण पनि न्यायालयले कस्तो फैसला गर्छ भनेर सर्वोच्च अदालततिर नजर लगाइरहेका छन् । संसद विघटनको दुई महिनाभन्दा बढी समय बित्दा सर्वोच्च अदालत […]

मासुको मूल्य बढ्यो, खाद्यान्न र तरकारीको भाउ के भयो ?

७ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारी र चामलको मूल्य केही घटेको पाइएको छ । व्यापारीहरुले एकलौटी रुपमा बढाएको चामलको भाउ प्रतिकिलो ५ रुपैयाँले घटेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । यस्तै हरियो तरकारीको भाउ कम्तिमा ४ देखि बढीमा ३५ रुपैयाँले प्रतिकिलो मै घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले […]

नेताहरुलाई देउवाको व्यंग्य : प्रचण्डको नाम लिन सक्दैनन् विचराहरु !

७ फागुन, नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् । शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा […]

जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै भिजन लुम्बिनीमा विवाद

७ फागुन, बुटवल । झण्डै एक हजार जना शेयर सदस्य रहेको रुपन्देहीको एउटा पब्लिक कम्पनीले करोडौं मूल्यको जग्गा खरिद गर्दा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ । बुटवलमा प्रधान कार्यालय रहेको भिजन लुम्बिनी पब्लिक कम्पनि लिमिटेडले चार करोड ७२ लाखमा ६ बिघा ५ कठ््ठा जग्गा जग्गा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै राजस्व अनुसन्धान कार्यालय […]

सबै विद्यालय खुले, स्वास्थ सुरक्षामा ध्यान छैन

७ फागुन, काठमाडौं । देशभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ । बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि […]

पोखरा–नेपालगञ्ज घुम्न जहाज चार्टर

७ फागुन, पोखरा । शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो […]

सीमा क्षेत्रमा भारतीय सवारीलाई तेल बिक्री गर्न कडाइ

७ फागुन काठमाडौं । भारतको गम्भीर आपत्तिपछि नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरेको छ । शुक्रबार सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने सीमा तोकेको हो । अब भारतीय ठूला सवारी साधनले एकपटकमा इन्धन ट्यांकीमा १०० सय […]



from समाचार – Online Khabar https://ift.tt/2Zvd1XE
via IFTTT
Powered by Blogger.