Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२९३१ नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि

७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ३१ जना महिला र ६६ जना पुरुष गरी कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार २६३ जना पुगेको […]

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति आपत्तिजनक : नेपाली कांग्रेस

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । […]

प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरे : वरिष्ठ अधिवक्ता पाठक

७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले प्रतिनिधिसभा पुन्स्थापना गर्न राय दिएकी छन् । शुक्रबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको बताइन् । नेपालको संविधानमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै उनले भनिन्, ‘यो […]

सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍यो : प्रदीप पौडेल

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर […]

राष्ट्रपतिले संविधानको रक्षा गर्नुभएन : पूर्वराष्ट्रपति यादव

७ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् । शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’ प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन […]

केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, […]

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य

७ फागुन, काठमाडौं । नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन-माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो । चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको […]

इन्धनमा मूल्यवृद्धिको असर, बढ्यो हवाई भाडा

७ फागुन, काठमाडौं । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो । […]

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुटिक र डिलक्स होटेललाई पनि ‘स्टार’, साइनबोर्डमै संकेत राख्नुपर्ने

७ फागुन, काठमाडौं । नेपालमा बुटिक र डिलक्स होटेलले समेत अब ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट, तारास्तरका होटेल र सबै स्तरका बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ । यसअघि विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो । डिलक्ट र बुटिक होटेलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन […]

देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं : पौडेल

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले चाहँदैमा कांग्रेसले प्रदेश सरकार जोगाउने निर्णय नगर्ने बताएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छ । दुवै प्रदेशमा निर्णायक कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भने, ‘हामी प्रतिपक्षी हौं, […]

शैक्षिक सत्र पछाडि धकेलिँदा विदेश पढ्न जान समस्या

७ फागुन, काठमाडौं । चालु वर्षको शैक्षिक सत्र जेठमा सक्ने निर्णय आएसँगै विदेश पढ्न जाने विद्यार्थीहरु जान नपाउने सम्भावना बढेको छ । प्राय नेपाली विद्यार्थी अध्ययन गर्न जाने देशमा अंग्रेजी महिनाको जुन, जुलाई अर्थात चैत, वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ । नेपालमा कोभिड–१९ महामारीका कारण शैक्षिक सत्रको लामो अवधि विद्यालयहरु सञ्चालन हुन नसक्दा जेठ मसान्तमा […]

महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग

७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइएको घटनाप्रति बृहत नागरिक आन्दोलनले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा बिष्ट र अन्शु खनाललाई लक्षित गरी […]

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना सोही बिद्यालयमा ६ कक्षामा पढ्ने बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शिक्षकमाथि गत […]

संवैधानिक इजलासमा फेरि टिपेक्सको चर्चा

७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतमा शुक्रबार पनि संविधानमाथि टिपेक्सको विषय उठ्यो । बिहीबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानको धारा ७६ (७) को ‘वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा’ भन्ने शब्दलाई टिपेक्स लगाएर हेर्दा २०४७ सालको संविधानको धारा ५३ (४) जस्तो हुँदैन र भनी प्रश्न गरेका […]

संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह […]

भागरथी भट्टको शव परिवारले बुझ्यो

७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि […]

शेरधन राईलाई विपक्षी दलको जवाफ : प्रदेशसभा मुख्यमन्त्रीको वपौती होइन

७ फागुन, विराटनगर । मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रदेशसभा भङ्ग हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलका नेताहरुले आपत्ति जनाएका छन् । आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले बिहीबार प्रदेशसभा भङ्ग गर्ने चेतावनी दिएका थिए । मुख्यमन्त्रीको चेतावनीपछि प्रदेशसभा भङ्ग हुन्छ कि भन्ने आशंका पैदा भएको छ । नेपाली कांग्रेस प्रदेश १ […]

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

७ फागुन, काठमाडौं । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागीतामा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो । […]

प्रजातन्त्र दिवसमा तरुण दलले पाटन अस्पताललाई दियो स्वास्थ्य सामग्री

७ फागुन, काठमाडौं । नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज बिहान प्रतिष्ठानका रजिष्ट्रार डा. पारस आचार्यलाई दुई हजार पाँच सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् । […]



from समाचार – Online Khabar https://ift.tt/3dwFaWn
via IFTTT
Powered by Blogger.