समाचार
७ फागुन, पोखरा । शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए । जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो […]
७ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ […]
७ माघ, गोरखा । प्रजातन्त्र दिवसको अवसरमा भएको लिगलिगे साइकल दौडको उपाधि लक्ष्मण मल्लले हात पारेका छन् । एपीएफका मल्लले ५२.९ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । नेपाली सेनाका हिमाल टमाटा उपबिजेता बनेका छन् । उनले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गरेका छन् […]
७ फागुन, काठमाडौं । देशभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ । बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि […]
७ फागुन, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीए संकायमा अध्ययनरत विद्यार्थीले शुक्रबार प्रदर्शन गरे । एक वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएकोमा २ वर्ष बितिसक्दा समेत भवन नबनाएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् । विरोधमा उत्रिएका विद्यार्थीले ‘हामी बाचा हैन, परिणाम चाहान्छौं’, ‘बीबीए भवन खोई ?’, बीबीए प्रशासनले हाम्रो भविष्य खायो […]
७ फागुन, काठमाडौं । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाले शुक्रबार नै सपथ लिएका छन् । तर […]
७ फागुन, काठमाडौं । एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् । एपीएफले शुक्रबार लिगकाे अन्तिम खेलमा आर्मीलाई ३-० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेकाे हाे । यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र […]
७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ३१ जना महिला र ६६ जना पुरुष गरी कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार २६३ जना पुगेको […]
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । […]
७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले प्रतिनिधिसभा पुन्स्थापना गर्न राय दिएकी छन् । शुक्रबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरेको बताइन् । नेपालको संविधानमा बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै उनले भनिन्, ‘यो […]
७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए । उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर […]
७ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् । शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’ प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन […]
७ फागुन, नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापनाको पक्षमा उभिएका नेताहरुलाई प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै व्यंग्य गरेका छन् । शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले आफूले कम्युनिस्ट पार्टीको शासन आएपछि रुन पनि पाइने छैन भनेको स्मरण गरे । ‘आज बल्ल साथीहरु ओलीको खिलापमा बोल्न सक्ने भएछन्’ उनले भने, ‘प्रचण्डको खिलापमा […]
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, […]
७ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए । मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने […]
७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका छन् ।
७ फागुन, काठमाडौं । नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन-माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो । चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको […]
७ फागुन, काठमाडौं । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो । […]
७ फागुन, काठमाडौं । नेपालको इतिहासमा पहिलोचोटि बृहत नागरिक आन्दोलनका तर्फबाट घोषणापत्र जारी भएको छ । शुक्रबार टुँडिखेलबाट घोषणा गरिएको यो नागरिक घोषणापत्र नागरिकहरुमा निहीत अधिकारको प्रयोग गरेर जारी गरिएको हो । नागरिक घोषणापत्रले आदिवासी, जनजाति, महिला, दलित, मधेसी, यौनिक अल्पसंख्यक जस्ता ऐतिहासिक रुपमा परित्यक्त एवं विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित […]
७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
७ फागुन, काठमाडौं । नेपालमा बुटिक र डिलक्स होटेलले समेत अब ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट, तारास्तरका होटेल र सबै स्तरका बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ । यसअघि विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो । डिलक्ट र बुटिक होटेलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन […]
from समाचार – Online Khabar https://ift.tt/3pA3aKA
via IFTTT





















