Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका […]

भूमि व्यवस्थापन आयोगको सदस्य पद महताले गरे अस्वीकार

९ फागुन, काठमाडौं । कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएका छन् । ‘लोकतन्त्र, राष्ट्रिय एकता र पार्टी एकतालाई बलियो बनाउँदै नेपाल […]

सुनको मूल्य तोलामा ८०० ले बढ्यो

९ फागुन, काठमाडौं  । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार रु. ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार रु. ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । […]

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

९ फागुन, हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । […]

प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका […]

प्रदेश १ : बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखद्वारा अस्वीकार

९ फागुन, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक […]

ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : विष्ट

९ फागुन, गुल्मी । पूर्वमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् । गुल्मी सदरमुकाम तम्घासमा युवा-विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेता विष्टले दुई तिहाइको अभिमतलाई प्रधानमन्त्री ओलीले समृद्धिका लागि नभइ आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरेको बताए । ‘निर्वाचनमा […]

ओली सरकारले जनतासँग माफी माग्नुपर्छ : पौडेल

९ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल आँधिखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका छन् । नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको र चुनावमा समृद्ध नेपाल बनाउने सपना […]

विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने

९ फागुन,काठमाडौं । जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ । सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा […]

मोरङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

९ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् । को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१-००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे […]

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

९ फागुन, वीरगञ्ज । बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वर्षीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ । किशोरी रुँदै गएर आमालाई भनेपछि […]

प्रदेश १ : सत्ता पक्षले आजको प्रदेशसभा बैठक पनि अवरुद्ध गर्ने

९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको […]

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

९ फागुन, काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा […]

श्रीमानविरुद्व उजुरी दिन आएकी महिला होटेलमा मृत फेला

९ फागुन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-७ स्थित नमस्कार होटेल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा शनिबार राति मृत फेला परेकी हुन् । […]

सुर्खेतमा बर्डफ्लु भित्रियो, कुखुरा र परेवा नष्ट

९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ […]

बाबुरामलाई ट्युमर भएको आशंका, उपचार गर्न दिल्ली जाँदै

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो […]

भारतबाट किनिएको कोरोनाविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं ल्याइँदै

९ फागुन, काठमाडौं । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ […]

धनुषाबाट अपहरित बालकको ७ घण्टाभित्रै उद्धार, बुवा र मामा पक्राउ

९ फागुन, जनकपुरधाम । धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि छन् । जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले […]

प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिँडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको […]

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

८ फागुन, पोखरा । कोरोनाकालमा सबै क्षेत्र ठप्प थिए । तर पृथ्वीचोकमा मोबाइल पसल गर्ने जीवन ढुंगानालाई भने लकडाउन अवधिभर फुर्सद नै भएन । लकडाउन भएको एकडेढ महिनादेखि स्मार्ट मोबाइल खोज्दै आउनेहरु बढेका थिए । उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, थुप्रै मोबाइल व्यवसायीलाई लकडाउन अवधिमा गर्न भ्याइनभ्याइ थियो । त्यो दबाव डिलर तथा […]

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

८ फागुन, काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ? शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले […]



from समाचार – Online Khabar https://ift.tt/3qHaBRs
via IFTTT
Powered by Blogger.