Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डेढ वर्षअघि सरकारले रोकेकै विन्दुबाट बिजुली बस किन्ने प्रक्रिया थालिने

१० फागुन, काठमाडौं । डेढ वर्षअघि रोकिएकै विन्दुबाट साझा यातायातले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको छ । सरकारले खिचेको ३ अर्ब रकम फेरि साझालाई नै बस किन्न फिर्ता दिएपछि अब पुरानो बिन्दुबाटै प्रक्रिया अघि बढाउने साझा यातायातले बताएको छ । सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिए […]

दिल्लीमा डा. भट्टराईको स्वास्थ्य परीक्षण हुँदै

१० फागुन, नयाँदिल्ली । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ । प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने […]

कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु

१० फागुन, धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनलाई यही फागुन ३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको […]

कर्णालीमा किशोरी उमेरमै धेरै गर्भपतन

१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]

भारतमा कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक

१० फागुन, काठमाडौं । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ […]

उखु किसानको बक्यौता भुक्तानीमा फेरि गोलमाल

१० फागुन, काठमाडौं । उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ । किसानहरु सम्पर्कमा नआएका कारण उद्योगीले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारको छ तर किसान प्रतिनिधिहरुले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन् । चार वटा चिनी मिलबाट किसानले ८ करोड एक लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम […]

कर्णालीका मन्त्रीसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता कागजमै सीमित

१० फागुन, सुर्खेत । भदौ १ गतेदेखि लागु हुनेगरी गत साउन २७ गते कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । मुख्यमन्त्री शाहीले प्रदेश सरकारको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै विभागीय मन्त्रीहरूसँग करार सम्झौता गरेका थिए । सम्झौताको क्रममा मुख्यमन्त्रीले मन्त्रीहरुलाई भनेका थिए, ‘ढाइ वर्ष बित्यो तर, तपाईंहरुको काम सन्तोषजनक देखिएन । […]

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । कञ्चनपुरको वेदकोट–२ र ३ मा […]

उपचारका लागि दिल्ली पुगेका भट्टराईको बसाइ नेपाली दूताबासमा

९ फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित नेपाली दूताबासमै बसेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्योपचारका लागि आइतबार विहान नयाँदिल्ली गएका थिए । पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका उनलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको अहिले चिकित्सकहरुको आशंका छ । चिकित्सकहरूको सिफारिसमा […]

संसद विघटन : ओलीका तर्कहरुको मैझारो !

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतबाट फैसला आउने दिन नजिकिएको छ । शनिबार बिराटनगरमा सुवास नेम्वाङले गरेको भाषणलाई पत्याउने हो भने सर्वोच्चले फागुन ११ देखि १५ गतेको वीचमा फैसला सुनाउने छ । अदालतले फैसला सुनाउने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री केपी ओली अत्तालिएको कांग्रेस नेता रामचन्द्र पौडेलको दाबी छ । सप्तरी पुगेका कांग्रेस नेता पौडेलले आइतबार त्यहाँ […]

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । […]

शीरमा देश र मनमा मधेस राखेर काम थालेको छु : प्रदेश प्रमुख अहिराज

९ फागुन, काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेशप्रमुख राजेश अहिराजले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने बताए । आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका उनले एक सन्देश जारी गर्दै उनले शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गरेका छन् । प्रदेश २ […]

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]

मामाको बिहेमा आएका बालकको नालामा डुबेर मृत्यु

९ फागुन, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई jर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । […]

मेलम्ची सुरुङको पुनः परीक्षण भोलिबाट

९ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबारबाट पुनः परीक्षण थालिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि त्रुटि सच्याएर पुनः परीक्षण  सुरू हुन लागेको हो । गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फसेको थियो […]

विप्लवले वार्तामा आउँछु भन्दा केहीलाई छटपटी भयो : प्रधानमन्त्री

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’ चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग […]

शासक पागल जस्तै हुन सक्छन्, रोक्ने काम अदालतको हो : सिटौला

९ फागुन, विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नु पर्ने बताएका छन् । प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले रोक्नु पर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाए । ‘शासक पागल जस्तै हुनसक्छन्, […]

शेरधन राईले छेक्न सकेनन् अविश्वासको प्रस्ताव !

९ फागुन, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी आइतबार विहान मुख्यमन्त्री शेरधन राईको निवासमा पुगे । उनको निवासबाट प्रदेशसभा जाने क्रममा बाटोमा मुख्यमन्त्रीको निवास पर्छ, त्यही क्रममा उनी आफैं समय मागेर मुख्यमन्त्रीकहाँ पुगे । सभामुख भण्डारीले आइतबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभाको बैठक रोक्न नसक्ने जानकारी गराए । राईले भने आफूहरुले १६ जना […]

नागढुंगा पुगेर प्रधानमन्त्रीले सोधे-सुरुङ निर्माण समयमै सकिन्छ ?

९ फागुन, काठमाडौं । आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली नागढुंगा (सिस्नेखोला–दहचोक) सुरुङमार्गको निर्माणस्थलमा पुगे । इन्द्रदह महोत्सवमा सहभागी भएर फर्किने क्रममा उनी नागढुंगा सुरुङको अवलोकनका लागि पुगेका थिए । उनले प्राविधिकहरुसँग मुख्य रुपमा सुरुङ निर्माणमा भएको प्रगतिबारे चासो राखेका थिए । ‘तोकिएको सयमैमै काम सक्नुहुन्छ नि ?,’ उनले विभागका अधिकारीलाई सोधेका थिए,‘समस्या पन्छाएर समयमै […]

नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यहारिकरुपमा विभाजित भयो । तर, दुई महिना बितिसक्दा पनि नेकपा विभाजनले कानूनी मान्यता पाउन सकेको छैन । ४४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये करिब दुई तिहाई सदस्य आफूसँग रहेको प्रचण्ड–माधव पक्षको दाबी छ भने पार्टी […]



from समाचार – Online Khabar https://ift.tt/2ZCnKj1
via IFTTT
Powered by Blogger.