समाचार
१४ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए । उनले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए । […]
१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो […]
१४ चैत, रौतहट । क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै रौतहटका पत्रकारहरु आन्दोलित बनेका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ । महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए […]
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस भएपछि […]
१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले […]
१४ चैत, पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ जना साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, […]
१४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् […]
१४ चैत,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै […]
१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार […]
१४ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य गत मंगलबार एकै दिन १०५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुग्यो । यस कम्पनीको कारोबार रकम १२ करोड ५९ लाख रुपैयाँ नाघ्यो । बुधबार पनि प्रि–ओपनिङ सेसनमै साल्ट ट्रेडिङको सेयर मूल्य आकाशियो । जम्मा १५ मिनेट खुल्ने प्रि–ओपनिङ सेसनमै ५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य बुधबार […]
नेपाली साहित्य लेखन र गतिविधिमा २०५० को दशकदेखि सक्रिय गोपी सापकोटा बेलायत बस्न थालेपछि केही सुस्ताए । तर, अहिले उनी उपन्यास ‘काँचो कागज’ लिएर पाठकसामु आएका छन् । चितवनका सापकोटाले मानिसका काँचा रहर र साँचा सपनालाई कच्चा पदार्थ बनाएर आख्यान लेखेका हुन् । सरल भाषा, खुल्दुली जगाउने कथावस्तुले उपन्यास पठनीय बनेको छ । यसअघि उनका […]
१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश […]
१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई २-१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो । यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक […]
१४ चैत, काठमाडौं । पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ । इलाममा पनि कन्याम चिया बगानका कारण […]
काठमाडौं । पुष्प खड्का नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ पनि लोभलाग्दो छ । ‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक भूमिका निर्वाह गर्दै चलचित्रमा डेब्यू गरेका पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य भूमिका पाए । […]
जीवनका ४० वर्ष प्रमोद प्रधानले दौडधूपमै विताए । राष्ट्रिय समाचार समितिको पत्रकारको हैसियतमा सधैं व्यस्त ‘सेड्युल’मा रहे । त्यही रफ्तारबीच आफ्नो सिर्जनशील लेखनलाई जारी राखे । सुन्दा अचम्म लाग्छ, त्यही सक्रिय पत्रकारिताका बीच प्रमोदको नाममा ३२ थान पुस्तक प्रकाशित भए । एक वर्षदेखि सक्रिय पत्रकारिता छाडेका उनी कोरोनाकालदेखि ‘नेपाली यात्रा साहित्यको इतिहास’ लेख्न जोडतोडले लागेका […]
१४ चैत, वीरगञ्ज । ४ चैत २०७७ मा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ मा स्थानीय र प्रहरीबीच झडप भयो । तत्कालीन घटना जुनसुकै परिस्थितिले उत्पन्न भए पनि मूल जरो उद्योगबाट हुने ध्वनी प्रदूषण रहेको स्थानीयको भनाइ छ । उद्योगले उत्तर तर्फको जग्गामा गोदाम घर र आवास बनाउने भनेर काम गरेको तर ध्वनी प्रदूषण गर्ने मेसिन राखेको आरोप […]
१४ चैत, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी […]
१३ चैत, काठमाडौं । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले जोखिम मोलेर नेपाली बैंकहरूको पुँजी वृद्धिको योजना ल्याए । उनले आफ्नो कार्यकालको शुरुवातमै (५ वर्ष अघि) बैंक तथा वित्तीय संस्थाहरूका लागि चार गुणासम्म पुँजी वृद्धि गर्नैपर्ने बाध्यकारी व्यवस्था गरे । उनको त्यो नीति सफल पनि भयो । तर कार्यकालको उत्तरार्धमा उनले बनाएको बिग मर्जरको योजना भने […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३* फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् । २८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा […]
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको […]
from समाचार – Online Khabar https://ift.tt/3crycRH
via IFTTT





















