समाचार
१३ चैत, काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ । दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको […]
१३ चैत, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ । शुक्रबार बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको छ । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर ४८ वटासम्म बस ल्याउन सक्नेछ । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दिक्षितका अनुसार सरकारले दिएको न्युनतम् मापदण्डको […]
१३ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, […]
१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको मृत्यु […]
१३ चैत, बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको बताएका छन् । सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताए । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन […]
१३ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् । ५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट […]
नेपालमा रहेका भूटानी शरणार्थीको क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थी अलपत्र छन् । शरणार्थी समस्या समाधान नहुँदै गत वर्षको डिसेम्बर १८ मा सो कार्यालय बन्द भएपछि स्वदेश र्फकन र तेस्रो मुुलुक पुनस्र्थापना पर्खिएर बसेका भूटानी शरणार्थी निकै कष्टमा छन् […]
१३ चैत, काठमौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो । पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ […]
१३ चैत, इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको […]
१३ चैत, गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ […]
१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला […]
१३ चैत, विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका […]
१२ चैत, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरेपनि म्याक्सलाई नै ठेक्का दिन लागिएको हो । प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव […]
१२ चैत, काठमाडौं । घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो । त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक […]
१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् । बिहीबार आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य (कुखुरा) गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताएका हुन् । स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन […]
१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् । पार्टी नेतृत्वले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईंले गर्नुभएका गतिविधिहरु […]
१२ चैत, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट बिहान उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् । सासूससुरा घरमा थिएनन्, कोठा पनि खुलै […]
१२ चैत, काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक […]
१२ चैत, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा […]
१२ चैत, वीरगञ्ज । ‘घरमा पुरुष छैनन्, महिला मात्रै छौं, दुई दिनदेखि दौडिएको-दौडिएकै छौं, तर नागरिकता नै बनेको छैन’ जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएकी वीरगञ्ज उदयपुर घुर्मीकी सोनुदेवीले गुनासो गरिन् । ‘अब त बन्छ कि भनेर दिनभरि उभिएर बस्नुपर्छ, तर रित्तो हात फर्कनुपर्छ’ उनले भनिन् । ‘नबन्ने हो भने आज बन्दैन भने पनि घर गएर […]
१२ चैत, काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् । थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, […]
from समाचार – Online Khabar https://ift.tt/2QxuTQg
via IFTTT






















