समाचार
१७ चैत, काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो । सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ […]
१७ चैत, डोटी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए । […]
१७ चैत, काठमाडौं ।ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्याएको योगदान सधैं स्मरणीय रहिरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् […]
१७ चैत, दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । ‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण […]
१७ चैत, काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । […]
१७ चैत, इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका-२ मा सोमबार एकजनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी […]
१७ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरावलोकनको निवेदन दिंदैछ । मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए। उनले भने, ‘पुनरावलोकनको निवेदन लिएर शीर्ष नेता नै सर्वोच्च जान सक्नुहुन्छ ।’ सर्वोच्च अदालतले गत […]
१७ चैत, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी-जोमसोम सडकमा […]
१७ चैत, घोराही । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई […]
१७ फागुन, सिमकोट । हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई […]
१७ चैत, काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा […]
१७ चैत्र, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए । सचिवालय सदस्यहरुमा […]
१७ चैत, काठमाडौं । खेल करिबर अन्त्यतिर थियो । नेपालले बंगलादेश विरुद्ध २-१ को अग्रता लिएको थियो र जित नजिक पुगेको थियो । यतिबेलासम्म नेपालले बंगलादेशसँग जित्दै त्रिदेशीय कपको उपाधि नजिक पुगेकाले नेपाली खेलाडी समर्थक सबै खुशी थिए । ८९औं मिनेटमा अर्को खुशी थपियो । नेपालकै सफल कप्तानको रुपमा रहेका विराज महर्जन त्रिदेव गुरुङलाई रिप्लेस […]
१७ चैत, बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए । यसैगरी […]
१६ चैत, काठमाडौं । पार्टी कमिटीका अधिकारहरु आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि अनुशासनको कारबाही थालेका छन् । उनले २३ फागुनयता भएका एकलौटी निर्णय खारेज गर्नुपर्ने मागसहित समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका हुन् । पार्टीका वरिष्ठ नेता नेपालसँगै उपाध्यक्ष भीम […]
१६ चैत, काठमाडौं । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि सन्जोगले असिस्ट गरेका […]
१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् । ७ चैतमा ओली पक्षीय नेताहरु मात्र […]
१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]
१६ चैत, काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ । विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा (संयुक्त) […]
१६ चैत, काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । खेलमा नेपाल […]
from समाचार – Online Khabar https://ift.tt/3m29w5r
via IFTTT