Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

१७ चैत, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी-जोमसोम सडकमा […]

दाङमा सार्वजनिक यातायात सेवा ठप्प

१७ चैत, घोराही । दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् । उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई […]

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

१७ फागुन, सिमकोट । हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई […]

मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन सुझाव

१७ चैत, काठमाडौँ । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा […]

गोरखामा पनि माधव नेपाल पक्षको समानान्तर कमिटी

१७ चैत्र, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए । सचिवालय सदस्यहरुमा […]

दशरथ रंगशालामा उपाधि जित्दै सुखद बिदाइ, यस्तो रह्यो विराजको अन्तिम खेल

१७ चैत, काठमाडौं । खेल करिबर अन्त्यतिर थियो । नेपालले बंगलादेश विरुद्ध २-१ को अग्रता लिएको थियो र जित नजिक पुगेको थियो । यतिबेलासम्म नेपालले बंगलादेशसँग जित्दै त्रिदेशीय कपको उपाधि नजिक पुगेकाले नेपाली खेलाडी समर्थक सबै खुशी थिए । ८९औं मिनेटमा अर्को खुशी थपियो । नेपालकै सफल कप्तानको रुपमा रहेका विराज महर्जन त्रिदेव गुरुङलाई रिप्लेस […]

केपी ओलीले चलाए कारबाहीको डण्डा, के गर्छन् माधव नेपाल ?

१६ चैत, काठमाडौं । पार्टी कमिटीका अधिकारहरु आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि अनुशासनको कारबाही थालेका छन् । उनले २३ फागुनयता भएका एकलौटी निर्णय खारेज गर्नुपर्ने मागसहित समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका हुन् । पार्टीका वरिष्ठ नेता नेपालसँगै उपाध्यक्ष भीम […]

गोलको खडेरी तोड्दै नेपाल च्याम्पियन [ फोटो फिचर ]

१६ चैत, काठमाडौं । नेपालको सिनियर फुटबल टिमले १८ महिना लामो गोलको खडेरी तोड्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालमा भएको फाइनलमा चिर परिचित प्रतिस्पर्धी बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे । विशालको गोलका लागि  सन्जोगले  असिस्ट गरेका […]

२४ घण्टाभित्र स्पष्टीकरण दिन भुसाल र पाण्डेलाई निर्देशन

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् । ७ चैतमा ओली पक्षीय नेताहरु मात्र […]

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई क्‍याबिनेटको निर्णय झिकाउने आदेश

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

१६ चैत, काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ । विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्त) […]

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

१६ चैत, काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । खेलमा नेपाल […]

काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने

१६ चैत, काठमाडौँ। काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने भएको छ । सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ । विभागले त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर […]

केपी ओलीको तानाशाहीविरुद्ध जुध्न आह्वान गर्छु : माधव नेपाल

१५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ […]

माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय […]

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो […]

प्रदूषित हावाले दम, खोकी र हृदयघात बढ्न सक्छ

हामीले सास फेर्ने हावामा विभिन्न घातक ग्याँस मिसिइरहेको छ । अव्यवस्थित शहरीकरण, मोटर–गाडीको अत्यधिक प्रयोग, विभिन्न उद्योग, कलकारखाना, धुलाम्य सडक यी सबै वायु प्रदूषणका कारखाना हुन् भन्दा फरक पर्दैन । यही कारण हाम्रा पुर्खाहरूले जस्तो हामीले स्वच्छ सास फेर्न पाएका छैनौं । आजभन्दा ४० वर्ष अगाडि प्रदूषणको तह अहिलेको जस्तो थिएन । किनकि, प्रदूषणको स्रोत […]

प्रदूषणले विस्तारै-विस्तारै मारिरहेको छ

केही दिनयता हामीकहाँ आँखाले प्रष्टै देख्ने र शरीरले तत्कालै महसूस गर्ने गरी प्रदूषण फैलिएको छ । हाम्रो शहर पहिल्यैदेखि धेरै प्रदूषित थियो, अहिले प्रष्ट महसूस भएको छ । यो विषयले महत्व नपाएको मात्र हो, हामीले आमाको पेटमा हुँदादेखि नै दूषित हावा लिइरहेका छौं । एक हप्तायता धेरै मानिसले आँखा पोल्ने, घाँटी खस्खसाउने, टाउको दुख्नेलगायत समस्या […]

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध ७ उजुरी

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । सोमबारसम्म चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् । चुडालविरुद्ध सरकारी […]

के बिमस्टेक बैठकमा उठ्ला म्यानमार नरसंहारको विषय ?

१६ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठक आगामी बिहीबार बस्दैछ । त्यसअघि बुधबार बिमस्टेकका उच्च अधिकारीहरूको बैठक बस्नेछ । बिमस्टेकको एक सदस्य मुलुक म्यानमारमा भइरहेको नरसंहारको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । भर्जुअल रूपमा आयोजना हुने बिमस्टेकको सातौं बैठकका लागि आयोजक […]

घुस दिने व्यक्तिविरुद्ध पनि भ्रष्टाचार मुद्दा

१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका- ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले झापाको गौरीगञ्ज […]



from समाचार – Online Khabar https://ift.tt/3rAKfQM
via IFTTT
Powered by Blogger.