Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चिकित्सकीय लापरबाही : पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]

नियमन आयोगले विद्युत् प्राधिकरणलाई सोध्यो स्पष्टीकरण

१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले अनलाइनबाट महसुल भुक्तानी गर्दा थप सेवा शुल्क लिने निर्णयबारे नेपाल विद्युत् प्राधिकरणलाई स्पष्टीकरण सोधेको छ । आयोगले प्राधिकरणलाई पत्र लेख्दै १५ दिनभित्र अनलाइन भुक्तानीमा उपभोक्ताबाट थप शुल्क लिने गरी भएको निर्णयबारे स्पष्ट गर्न निर्देशन दिएको हो । विद्युत् नियमन ऐनको व्यवस्थाअनुसार प्राधिकरणले नियामक निकायको अनुमतिबिना आफैंले निर्णय गरेर […]

राष्ट्रियसभामा एमाले संसदीय दलको नेता प्याकुरेल

१३ चैत, काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी केन्द्रमा […]

विद्यालयमा कोरोनाको दोस्रो लहरको डर

१३ चैत, काठमाडौं । कोरोना संक्रमण फेरि फैलन सक्ने जोखिम रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने काम र व्यवसाय नगर्न सार्वजनिक अपिल गरेको छ । भिडभाड हुने स्थानमध्ये विद्यालय पनि एक हो । पुसदेखि अधिकांश विद्यालयले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठनपाठन गराइरहेका छन् । […]

सरकारबारे कांग्रेस लामो समय मौन बस्नुहुन्‍न : खाँड

१३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे । बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग […]

ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाए, कसरी हेर्ने नतिजा ?

१३ चैत, काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको […]

कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

१३ चैत, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा […]

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

१३ चैत, काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । […]

६ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

१३ चैत, बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो । […]

अटो रिक्सामा अवैध काठ ओसार्ने दुईजना पक्राउ

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज […]

सुशील रायको हत्यामा संलग्न भएको आरोपमा मामा-भान्जा पक्राउ

१३ चैत, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० का ३० वर्षीय युवक सुशील रायको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका भान्जा ४० वर्षीय अशोक झा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । पक्राउ परेका अशोक भारतीय […]

थप शिक्षक दरबन्दी माग्दै सिसडोलमा फोहोर फाल्न अवरोध

१३ चैत, काठमाडौं । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गरेका छन् । शुक्रबार बिहान फोहोर लिएर औखरपौवा गएका गाडीलाई उनीहरुले ठूलोखोलाको सडकमै रोकेका हुन् । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नुवाकोटका स्थानीय १६ वटा विद्यालयमा थप ५१ जना शिक्षक दरबन्दी माग्दै फोहोर फाल्न अवरोध गरिएको हो । ‘उहाँकहरुका […]

बिग मर्जरमा राष्ट्र बैंक नै मौन !

१३ चैत, काठमाडौं । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले जोखिम मोलेर नेपाली बैंकहरूको पुँजी वृद्धिको योजना ल्याए । उनले आफ्नो कार्यकालको शुरुवातमै (५ वर्ष अघि) बैंक तथा वित्तीय संस्थाहरूका लागि चार गुणासम्म पुँजी वृद्धि गर्नैपर्ने बाध्यकारी व्यवस्था गरे । उनको त्यो नीति सफल पनि भयो । तर कार्यकालको उत्तरार्धमा उनले बनाएको बिग मर्जरको योजना भने […]

अध्ययन भन्छ : राजनीतिक हिसाबले देश ‘गलत दिशातिर’

१३ चैत, काठमाडौं । राजनीतिक हिसाबले देश अहिले ‘गलत दिशातिर’ गइरहेको एक अध्ययनले देखाएको छ । गैरसरकारी संस्था ‘शेयरकास्ट इनिसिएटिभ’ ले गरेको ‘नेसनल ओपिनियन पोल २०२१’ मा ४४.३ प्रतिशत उत्तरदाताले देश गलत दिशातर्फ गएको बताएका छन् । २१.९ प्रतिशतले भने देश ‘सही दिशातिर’ गइरहेको उल्लेख गरेका छन् । २२.५ प्रतिशत न सही न गलत दिशातिर […]

नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ विरुद्ध मुद्दा दर्ता

१३ चैत, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो […]

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

१३ चैत, भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ […]

रुपाका किसानलाई दैलोमै सहुलियत कर्जा

१३ चैत, पोखरा । रुपा गाउँपालिकामा ३ वर्षअघिसम्म करिब २० वटा कृषि तथा पशुपन्क्षी फार्म थिए । १५ वटा जति कृषक समूह थिए । अहिले रुपामा २५५ कृषि तथा पशुपन्क्षी फार्म दर्ता भएर उत्पादन र बजारीकरण गरिरहेका छन् । ७३ कृषक समूहले व्यावसायिक कृषि कर्म गरिरहेका छन् । २० वटा कृषि सहकारी सञ्चालनमा आइसकेका छन् […]

नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु

१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार […]

गोरु काटेको अभियोगमा दुईजना पक्राउ

१३ चैत, कास्की ।गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डोटीमा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

१३ चैत, डोटी । भारतमा कोरोना भाइरस (कोभिड-१९) फेरि फैलिन लागेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले सार्वजनिक सूचना जारी गरेको छ । भारतमा संक्रमण र मृत्युदर बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित सूचना जारी गरेको हो । होलीलगायत यस क्षेत्रको महत्वपूर्ण चाड बिशु पर्व […]

संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे […]



from समाचार – Online Khabar https://ift.tt/3spVKMi
via IFTTT
Powered by Blogger.