समाचार
१५ चैत, काठमाडौं । हिजोआज विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । महामारी शुरु भएको करिब एक वर्षमै खोप विकास भई लगाउन पाउनुलाई धेरैले खुशीको रुपमा लिएका छन् । तर केही धनी देशबाहेक धेरैले खोप अभाव व्यहोरिरहेका छन् । नेपालमा १६ लाख ७३ हजारले लगाएपछि खोप अभावका कारण अभियान स्थगित भएको […]
१६ चैत, वालिङ । स्याङ्जामा सोमबार बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो […]
१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । […]
१६ चैत, काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् । धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन […]
१६ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला जिल्लाको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मारक्षा तालिम दिइएको हो । महिला तथा […]
१६ चैत, काठमाडौं । पूर्व सभासद् लक्ष्मी देवी भण्डारीको निधन भएको छ । ७१ वर्षीय भण्डारीको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी दोस्रो संविधान सभा (२०७०)मा समानुपातिकबाट नेपाली कांग्रेसका तर्फबाट सहभागी सदस्य हुन् । सभासद् भण्डारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका […]
१६ चैत, धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एक वृद्धको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी […]
१६ चैत, काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ […]
१६ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको […]
१६ चैत, काठमाडौं । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय […]
१७ चैत, काठमाडौं । होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ । आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो । कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई […]
१६ चैत, बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । […]
१६ चैत, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं. ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नं.का दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए […]
१६ चैत, काठमाडौं । सेयर बिक्री गरेको रकम भुक्तानी गर्न ब्रोकर कम्पनीहरुले आलटाल गरेका छन् । भुक्तानीमा आलटाल गरेको भन्दै ३७ नम्बर ब्रोकरविरुद्ध उजुरीसमेत परेको छ । नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा ‘टी प्लस टू’ लागू गरेको छ । सेयर कारोबारमा टि प्लस टू भनेको कारोबार भएको दुई दिनभित्रै राफसाफ गर्नु पर्ने नियम हो […]
१६ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । नेपाल एयरलाइन्सको […]
१६ चैत, काठमाडौं । २०७६ सालको संविधान दिवसको दिन घोषित विभूषणहरुमध्ये मानपदवीहरु यही चैत २७ गते प्रदान गरिने भएको छ । शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्नेछिन् । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गर्नेछन् । गृह मन्त्रालयको विभूषण शाखाकी शाखा अधिकृत राधा श्रेष्ठले कोरोना संक्रमणको जोखिमका […]
हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ । त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । […]
१६ चैत,काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्दैछ । फाइनल खेल साँझ ५:३० बजे सुरु हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य गोल गर्दै उपाधि जित्नेछ । अझ घरेलु टोली नेपाल गोल र उपाधि दुवैका लागि भोको छ । यसका दुई कारण छन् । नेपालको सिनियर […]
१६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना […]
१६ चैत, काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई […]
१६ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ देखि स्थानीय सरकारको कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसको तयारी गरेको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यसै साता काठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले यस्तो निर्णय गरेको हो । अहिले नेपाल सरकार र प्रदेश सरकार […]
from समाचार – Online Khabar https://ift.tt/3foQsgb
via IFTTT