समाचार
१७ चैत, काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर […]
१७ चैत, काठमाडौं । व्यक्ति/फर्म/कम्पनी/संस्थाहरुले नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं सरकारी बाँकी रकम उठाउनका लागि संघीय सरकारले स्थानीय सरकार गुहारेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं रकम नतिरेका व्यक्ति तथा संघसंस्थाहरुबाट लामो समयसम्म रकम उठाउन नसकेपछि संघीय सरकारले यसका लागि स्थानीय सरकार गुहारेको हो । महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम बुझाउन बाँकी व्यक्ति/फर्म/कम्पनी/संस्थाहरुको लगत स्थानीय […]
१७ चैत, काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ । सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन […]
१७ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’ ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित […]
१७ चैत, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ । खोप अभियानमा प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुरामा लगाएका छन् […]
१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न तत्परताका साथ कार्यान्वयन गर्न भन्दै ओलीले २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । पछिल्लो राजनीतिक परिस्थिति र अदालतको […]
१७ चैत, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिपर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो । दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको बताएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले कसैको राजनीतिक अभीष्ट पूरा गर्ने गरी फैसला गरेको […]
१७ चैत, काठमाडौं । जंगली अर्किडको अवैध व्यापारका कारण कतिपय प्रजातिका बहुमुल्य अर्किड लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा सरोकारबालाले जोड दिएका छन् । जंगली अर्किडको अवैध व्यापार र दीगो प्रयोगको बारेमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा उनीहरुले यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा जोड दिएका हुन् । प्रा.डा. बिजया […]
१७ चैत, काठमाडौं । दाङ, सुनसरी र जुम्लामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–३ पीसीओ चोकमा रा ६ प १४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–५ का २० वर्षीय गोविन्द पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका […]
१७ चैत, काठमाडौं । नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा […]
१७ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक मंगलबार बिहान ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार ती पुरुष सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री रहेका छन् । […]
१७ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ । […]
१७ चैत, काठमाडौँ । बरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो । उनको अन्यष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा […]
१७ चैत, काठमाडौं । कमसल गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दायर […]
१७ चैत, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका–३ मेहतीनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारतको नौबादा जिल्ला घर भएका ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच एकापसमा […]
१७ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर […]
१७ चैत, सुर्खेत । नेकपा एमालेले कर्णाल प्रदेशको कमिटी हेरफेर गरेको छ । प्रदेश कमिटी अध्यक्ष र सह-इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो । यसअघि प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका सल्यानका गुलावजंग शाहलाई सह-इन्चार्ज बनाएको छ भने सहइन्चार्ज रहेका गोरखबहादुर बोगटीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । बोगटीले कार्यकारी पद माग गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश […]
१७ चैत, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ । विभागलाई पटक–पटक मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन […]
१७ चैत, विराटनगर । सप्तकोसी नदीको बीच भागमा रहेको खुवालुङ ढुङ्गाको अध्ययनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ जाने भएका छन् । मंगलबार किराँत समुदायका अगुवा र प्राविधिक टोलीसहित मुख्यमन्त्री राई खुवालुङ जान लागेका हुन् । अध्ययन र छलफलका लागि मुख्यमन्त्री खुवालुङ जाने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । तमर, सुनकोसी […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो । प्रचण्डले उक्त फैसला […]
from समाचार – Online Khabar https://ift.tt/3cBfsz8
via IFTTT