समाचार
१६ चैत, काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई ज्याकेट र टोपी दिएको छ । अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न सादा पोशाकका प्रहरीलाई पहिचानसहित खटाउन फ्लोरोसेन्ट ज्याकेट र टोपीको व्यवस्था मिलाएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि फ्लोरोसेन्ट […]
१६ चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको […]
१६ चैत, काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच […]
१६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार […]
१६ चैत, काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । […]
१६ चैत, काठमाडौं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य […]
१६ चैत, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३.५२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले ओरालो लागेर ४४९ दशमलव ९२ अंकमा झरेको छ । कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएन । दिनभर भएका ६४ हजार ५ […]
१६ चैत, फुङ्लिङ । नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा […]
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ । […]
१६ चैत, खोटाङ । दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो । […]
१६ चैत,बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान,संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो । जिल्ला कार्यालय सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत विभाजनकारी गतिविधिमा […]
१६ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूको भर्चुअल बैठक आगामी बिहीबार बस्दैछ । त्यसअघि बुधबार बिमस्टेकका उच्च अधिकारीहरूको बैठक बस्नेछ । बिमस्टेकको एक सदस्य मुलुक म्यानमारमा भइरहेको नरसंहारको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । भर्जुअल रूपमा आयोजना हुने बिमस्टेकको सातौं बैठकका लागि आयोजक […]
१६ चैत, गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा हुने वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि गस्ती बढाइएको छ । वडास्तरमा यसअघि नै गठन भइसकेको वन्यजन्तु चोरी शिकारी विरुद्धको इकाईले गस्ती बढाएको हो । चुमनुव्री गाउँपालिकाको प्रत्येक वडामा इकाई रहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप)ले जनाएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको चुम्चेत र छेकम्पारमा चुम श्याग्या […]
१६ चैत, काठमाडौं । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको छ । नेपालमा दुई दशकयता नयाँ भन्सार एजेन्ट थप हुन सकेको थिएन । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको […]
१६ चैत, काठमाडौं । प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार कसैले औपचारिक कार्यक्रम नराखे पनि वर्षेनि युवाहरु वनभोज खाँदै रमाइलो गर्न त्यहाँ पुग्छन् । आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि […]
१६ चैत, झापा । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् । मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए […]
१६ चैत, काठमाडौं । वायु प्रदूषण कम नभएपछि सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, […]
१५ चैत, काठमाडौं । हिजोआज विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । महामारी शुरु भएको करिब एक वर्षमै खोप विकास भई लगाउन पाउनुलाई धेरैले खुशीको रुपमा लिएका छन् । तर केही धनी देशबाहेक धेरैले खोप अभाव व्यहोरिरहेका छन् । नेपालमा १६ लाख ७३ हजारले लगाएपछि खोप अभावका कारण अभियान स्थगित भएको […]
१६ चैत, वालिङ । स्याङ्जामा सोमबार बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो […]
१६ चैत, काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । […]
१६ चैत, काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् । धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन […]
from समाचार – Online Khabar https://ift.tt/3ctVjuW
via IFTTT