Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

छिमेकीको हत्या गरेर भागेका व्यक्ति २० बर्षपछि पक्राउ

१५ चैत, सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको […]

प्रदेश-२को प्रदेशसभा अधिवेशन चैत ३० गते

१५ चैत, धनुषा । प्रदेश नं–२ का प्रदेश प्रमुख डा.राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा.अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

प्रदेश १ का तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइने

१५ चैत, विराटनगर । प्रदेश नम्बर १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइँदैछ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार जनालाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन चार […]

पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि

१५ चैत, वीरगञ्ज । होली पर्वको चहलपहल शुरू भइसक्दा आइतबार पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६ जनामा संक्रमण देखिएको हो । १९ जनाको थ्रोट स्वाब नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वीरगञ्ज […]

चितवनमा तीन राउण्ड गोलीसहित युवक पक्राउ

१५ चैत, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय […]

किर्गिस्तान ओलम्पिक टिमसँग आर्मीको बराबरी

१५ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एएफसी कप प्लेअफ खेल्ने तयारीमा रहेको आर्मीले किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको हो । थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तान ओलम्पिक टिम फाइनल पुग्न असफल भएपछि आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो […]

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको औषधि बरामद

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अवैध औषधि बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ लाख १२ हजार रुपैयाँ बराबरको औषधि सशस्त्र प्रहरीको टोलीले आइतबार बरामद गरेको हो । बरामद औषधि ओरियन्स कम्पनीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको […]

थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

१५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार १०१ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ५३० […]

ओखरपौवा सिसडोलमा फोहोर विसर्जन गर्न स्थानीयको अवरोध

१५ चैत, काठमाडौँ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय […]

लागूऔषध ओसारपसारमा बालककाे प्रयाेग

१५ चैत, विराटनगर । लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई बालकसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारतीय नागरिक भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । दिलीपकुमारले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । […]

बाघको छालासहित एकजना पक्राउ

१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला […]

कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी

१५ चैत, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ । संसदको विधेयक अधिवेशन १७ पुसभित्र सुरु हुनुपर्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा संसद […]

विपक्षी दलहरु विकल्पहीन, प्रधानमन्त्रीसँग एकपछि अर्को विकल्प

१५ चैत । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि धेरैलाई लागेको थियो, अब कि प्रधानमन्त्री केपी शर्माले ओलीले ‘नैतिकताको आधार’मा राजीनामा दिन्छन्, कि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाइन्छ । तर एक महिना नाघिसक्दा पनि न ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए, न उनीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । अहिलेको राजनीतिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र […]

होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

१५ चैत, काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको छ । ‘उनीहरुलाई पनि भरेसम्ममा […]

म्यानमारमा सैनिक दमन अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भनेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए । […]

माधव नेपाल समूहको निष्कर्ष : विभाजन रोक्ने, समर्पण नगर्ने

१५ चैत, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले पार्टीभित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने भएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य एवम् सांसदहरुको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निष्कर्ष निकालेको हो । गएको ४–५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाकै म्याण्डेटअनुसार, पार्टीभित्रै अन्तरसंघर्ष गर्न समानान्तर कमिटी निर्माणको अभियान तीव्र पारिने […]

प्रदेश १ को संसद बैठक चैत २३ गते

१५ चैत, विराटनगर । नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ । गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ […]

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी […]

महाँकाल ट्याङ्कीबाट शुरु भयो काठमाडौंमा मेलम्चीको पानी वितरण

१५ चैत, काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त […]

मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

१५ चैत, पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको […]

कोरोना बिर्सिएर बसन्तपुरमा होली (फोटो फिचर)

१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् । […]



from समाचार – Online Khabar https://ift.tt/3tZceLI
via IFTTT
Powered by Blogger.